Koinch Chuplu
-
हर्षविभोर खोटाङ राखा : गुञ्जयमान शाँदारको भाका । Koinch Chuplu Episode 92
पुख्र्यौली थलोबाट बसाइँ सरेका खोटाङका पाका कोइँचहरुलाई नै थाहा छैन कुन गाउँबाट कसरी खोटाङ पुग्यौं ? तै पनि कोइँचपन उनीहरुको मनबाट उक्लेर गएको छैन । युवाहरुले कोइँचको महान चाड शाँदार पिदार मनाउन शुरु गरेकोमा खुशी छन् । देशविदेशमा बसेर अलिअलि जोहो गरेर स्थाइ साझा सामुदायिक भवन र शाँदार ग्योर स्थापना गरेका खोटाङ्गे कोइँचको अन्तरआत्मले के बोल्छ हेरौं कोइँच चुप्लु ।
Subscribe Channel: https://bit.ly/2AozRX0
#culturecalls #sunuwarorg #koinchchuplu -
उमेरले शताब्दी छिचोल्नै लाग्दा पनि अझै गर्लफ्रेन्डको सम्झना ताजै छ । Koinch Chuplu Episode 91
उमेरले शताब्दीको खुड्कीलो पार गर्ने समयसम्म पनि चिर्मालुका ९३ वर्षीय दिगर्च पोइँब आफ्ना दौंतारी र जुवारी खेलेका केटा तथा केटी साथीहरुको सम्झना गरिरहेका छन् । अभैm पनि रात छर्लाङ्गै कटाउँछन् नाचेर । उहिले ३ दिन ३ रात नाच्दा पनि केही हुन्थेन । उनीसँगको वैंश छँदाको रमाइलो कुराकानी ।
Subscribe Channel: https://bit.ly/2AozRX0
#culturecalls #sunuwarorg #koinchchuplu -
ख्योम्पातिचहरुको न्यायालय फोल पिदार | Koinch Chuplu Episode - 90
Subscribe Channel: https://bit.ly/2AozRX0
पोइँब, नाअ्सो र सम्पूर्ण क्लेम्तका ख्योम्पतिच परिवार ।
सत्यतथ्य, छलछाम वा झुट छुटाउने न्याय तथा सामाजिक साँस्कृतिक जीवन प्रणाली तथा आस्थाको केन्द्र तथा फोल ख्योम्पातीचहरुले हरेक वर्ष मंसिर पुर्णिमामा पिदार नाम्दार गर्ने गरिन्छ । यस वर्ष २०७७ को फोल पिदार महेश सुनुवारको घर वाच्खोलामा गरिएको हो । ख्योम्पातिचमा पनि पानाराच, मुलिचहरुले क्लेम्तका दाजुभाइहरु वीचमा, बेल्दीङ्गेले कुँबु बेलदिङ्गे दाजुभाइमा र खोअ्तुले ख्योम्पातिचहरुले खोतको दाजुभाइमा पालो प्रणाली अनुसार घरघरै घुमाएर फोल पिदार गर्ने गरिन्छ ।
विशेष धन्यवाद
महेशकुमार सुनुवार, वाच्खोला कुँबु ।
नेत्रबहादुर सुनुवार, वाच्खोला, कुँबु ।
विष्णुकुमार सुनुवार, क्लेम्त कुँबु ।
गौरब सुनुवार, वाच्खोला, कुँबु ।
देवकुमार सुनुवार, क्लेम्त, कुँबु ।
#culturecalls #sunuwarorg #koinchchuplu -
एकाविहानै जात्नादुमासँग जिस्कीँदाको मज्जा: पाँचमाने एका नागि | Koinch Chuplu Episode - 89
उहिले कोइँचको पुर्खाहरु ख्योम्पातिच, दासुच, दिगार्च लास्पाचहरुको गोठखर्क एकानागि पाँचपाने अहिले विस्मृति बनेको छ ।, इतिहास मेट्नको लागि मानिससको जीवनशैली मेटीदियो र अधिकार खोसेर अभावको सिर्जना गरिदियो भने अरु कुनै पनि अस्त्रशस्त्रको आवश्यकता पर्नेरहेन छ । कुँबुकाँस्थलीको यो शीर अब एकानागि कोइँचको पुख्र्यौली थलो भन्ने कुनै दसीप्रमाण छैन । अहिले यसको नाम शेर्पा हिल टप बनेको छ ।
Subscribe Channel: https://bit.ly/2AozRX0
Sunuwar language first television program
#culturecalls #sunuwarorg #koinchchuplu -
कोइँच किपटको पुर्वोत्तर किल्ला पिकेबाट कोइँच भूमिको अवलोकन | Koinch Chuplu Episode - 88
कोइँच किपटको पुर्वोत्तर किल्ला पिकेबाट कोइँच भूमिको अवलोकन ।
फलमले फलम काट्छ भने जस्तो जाडोको समयमा जाडो ठाउँ नै जाने रहर हामीमा उधुमसँग चल्यो । कारण मंसीरे पुर्णिमामा फोल पिदार हुन्छ ख्योम्पातिच कोइँचको कुल पूजा । पुख्र्यौली थलोका कोइँच मात्रै होइन सारा सन्सारमा छरिएका सबै कोइँचले ४०६८ मिटरको चाइँ (संरक्षक कवाच) पिके चुचुरोलाई नसम्झी हुने भए पनि भुर्जुङ र पिके चाइँ भनेर तोर्म नै बनाएर फोल कासमा तारा लगामा राखेर पिदार गरिन्छ । हामी कोइँच चुप्लु इन्डिजिनिअस टेलिभिजनका टिम पनि ख्योम्पातिचको फोल पिदारमा आराधना गरेर मात्रै पुगेन र सन २०२१ जनवारी १ तारिका पिके चुचुरो पुगेर चाइँ पिदार गर्न पुग्यौं । पिकेमा पुग्दा जीउ नै आइस जस्तो भए पनि अरुणोदयमा हामी सुन जस्तौ सुनौलो मन लिएर उफ्रिन फुरुङ्ग भयौं । बाँकी तपाइँ आफैं दृश्यपान गर्नुहोस् ।
Subscribe Channel: https://bit.ly/2AozRX0
Sunuwar language first television program
#culturecalls #sunuwarorg #koinchchuplu -
आँगनको अरबौं सम्पत्तिबाट विमुख सुन्दर काेइँच वस्तीको कष्टकर जीवनशैली । Koinch Chuplu Episode 87
हरेक मानिसको केही न केही चाहना हुन्छ । केही गर्ने सोच हुन्छ । तर सोचे जस्तो कहाँ हुन्थ्यो र । गाउँघरको जीवन आफ्नै गाइबस्तु चराएर हाँसीखेली हिडेको वनजंगल बारीमा खरबौं सम्पत्ति हुँदा हुँदै पनि सुखसयलको लागि विदेश भौतरिनु परिरहेको छ । आफ्नै माटोमा अरबौं लगानी भइरहेको छ । तर त्यही भुमिका मुल बासिन्दा अवसर र जेन्तेन खानाको लागि उठीबास हुनुपरेको छ । यिनी जल्दाबल्दा समस्यामा आधारित भएर उहिले कसरी जीविकोपार्जन चल्थ्यो ? र अहिले कस्तो छ ? भन्ने विषयमा ल्याङल्याङ (रामेछाप) बुज, थिँकापका नन्द भाउजु खड्गमाया र कृष्णमाया सुनुवारसँग गरेका घतलाग्दा कुराकानी हेरौं ।
Subscribe Channel: https://bit.ly/2AozRX0
Sunuwar language first television program
#culturecalls #sunuwarorg #koinchchuplu -
कोइँच हेतामको कुल पुज । Koinch Chuplu Episode 86
आदिवासी काेइँच सुनुवारकाे पुर्ख्याैली थलाे अहिलेकाे सुनकाशी नदी वरिपरि हाे । यही सुनकाेसी र लिखुकाेशी दाेमानलाइ रमिता हेरेर उत्तरपूर्व फर्किएर उभिएकाे एउटा डाँडा छ डडुवा । हाे यही डडुवा डाँडा वरिपरिकाे थाँतथलाे नै हेताम काेइँचकाे पुर्ख्याैली थलाे हाे । जे जति हेताम छन् उनीहरु यहीँबाट छरिएका हुन् । तर अहिले डडुवामा हेताम छैनन् । मगर छन् । तै पनि हेतामहरुलेल ऋफ्नाे कुल भुलेका छैनन् । सिरहा गाेलवजार पुगेका हेताम काेइँचहरुकाे कुलूजा ।
Subscribe Channel: https://bit.ly/2AozRX0
Sunuwar language first television program
#culturecalls #sunuwarorg #koinchchuplu -
हाइड्राेपावरले लगायाे गाउँले उठीबास । Koinch Chuplu Episode 85
११ घर ब्लामिच सुनुवारकाे एतिहासिक शाँदार ग्याेर पुर्खा तथा प्रकृति पूजन स्थल बन्दा भएकाे छ । तर सरकार जनताकाे रगत पसिनामा हकदाबी गरेर सिमित फिरगीलाइ पाेस्दै छ । बिशेषगर दालतेलकाे व्यापारी दुगड समुहले विभिन्न पाँचवटा बैककाे लगानीमा ब्लामिचहरुकाे पुर्ख्याैली थलाे साेलुखुम्बुकाे ग्लाेलि हाल लिखुपिकेमा हाइड्राेपावर व्यापार शुरु गरेकाे हाे ।
Subscribe Channel: https://bit.ly/2AozRX0
Sunuwar language first television program
#culturecalls #sunuwarorg #koinchchuplu -
उसाेझा जनता खाडी, मलेसिया, काेरिया : धनी र नेताहरुले कमाउन आदिवासी जनजातिका पाखा पखेरा । Episode 84
Subscribe Channel: https://bit.ly/2AozRX0
साेझा जनताले कमाउने ठाउँ खाडी, मलेसिया, काेरिया : नेता किन्न सक्ने धनी र नेताहरुले कमाउने ठाउँ आदिवासी जनजाति र गरीब जनताहरुकै पाखा पखेरा ।
........................
कुनै समय धुम्बे मुखे भनेपछि दाेलखा थर्किन्थ्याे । तर त्यही दाेलखा थर्काउने धुम्बेकाे गाउँमा कहाँ-कहाँबाट आएका फिरङ्गीले उसकै शाखा-सन्तान तथा नरनाता थर्काएर अरबाैं कुङ्गल्याउँदै छ । कसैलाइ चिन्ताकाे विषय भएकाे, बनेकाे छैन । खासमा चासाे राजनीतिक नेताहरुलाइ हुनुपर्ने हाे । जनताकाे सेवा गर्छु भन्दै एक कप रक्सी, एक छाक भात र एक सयकाे रिचार्जमा उनीहरुकाे सार्वभाैम साट्ने तिनीहरु नै थिए । तर छ त चिन्ता र पिरलाे त्यही गाउँमा दु:ख गरेर बस्ने आदिवासी जनजाति र गरीब जनताहरुलाइ मात्रै छ । सुनाैं, धुम्बेकाे बखान र एफपिक नगर्दा खिम्ती २ हाइड्राेपावरले बनाएकाे उनकै गाउँका साझा जनताकाे पिरलाे ।
Sunuwar language first television program
#culturecalls #sunuwarorg #koinchchuplu -
कोइँच लघुचलचित्र आम लाँ (Aam Laa) को प्रिमियर | Koinch Chuplu Episode - 83
Subscribe Channel: https://bit.ly/2AozRX0
माया आस्था र भरोसाको पर्याय : पाँच जना साथीहरुले विषम परिस्थितिको संघर्षपछि समातेको आआफ्नै बाटोको अन्तिम विकल्प ...
►Movie: Aam Laa
►Artist: Prashant Sunuwar, Ashok Sunuwar, Kaushila Sunuwar, Shristi Sunuwar, Netra Sunuwar (Lafe), Ingi Hopo Koinch Sunuwar, John Sunuwar, Voj Raj Sunuwar, Raj Kumar Sunuwar, Bal Bhadur Sunuwar, Sabita Sunuwar, Ghanshyam Sunuwar, Hindi Sunuwar, Dhukase Sunuwar, Sante Sunuwar, Pashupati Sunuwar, Maili Sunuwar, Janga Sunuwar, Ashok Ker Koinch, Raidp Sunuwar
►Child artists: Divyata Sunuwar, Sanju Sunuwar, Malin Sunuwar, Nikhil Sunuwar
►Subtitle: Durga Kumar Sunuwar
►Post-Production: Dacon Picture, Bagbajar
►Cinematographer: Pam Bahadur Sunuwar (Suraj), Aashish Sunuwar
►Editor: Kranti K.C.
►Producer: Reena Lata Shahi Sunuwar
►Script/Director: Aashish Sunuwar
Sunuwar language first television program
#culturecalls #sunuwarorg #koinchchuplu -
चार वर्षमै करोडपति : समयले साथ दिए नेपालमा पनि छ अवसर | Koinch Chuplu Episode - 82
माइली छोरीले सन्सार त्यागेपछि नेपाल खाल्डो छिरेका दम्पतिको काठमाडौंको सिल्भर जुब्ली बसाइले सम्पत्ती जोड्ने गोहो खासै पहिल्याउन सकेको थिएन । जेनतेन जीवन बाँचेको थियो । परिवार पालिएको थियो । साब्ला आहालेबाट छोराछोरीको राम्रो पढाइ लेखाइ गराउन अवसरको खोजीमा भौतरिएका ती दम्पत्तिलाई २०७२ सालपछि भने व्यक्तिगत आर्थिक उन्नतिप्रगतिको लागि कतै वाधाव्यवधान आएको छैन । ६ लाख बोकेर गाउँ छिरेका उनीहरुले ४ वर्षमै करोड सम्पत्ति जोडे । तर कसरी ? हेरौं कोइँच चुप्लु ।
Subscribe Channel: https://bit.ly/2AozRX0
Sunuwar language first television program
#culturecalls #sunuwarorg #koinchchuplu -
टेकबहादुर विष्णुमाया स्मृति भेटघाटमै सिमित भो साहित्य पुरस्कार वितरण | Episode 81
टेकबहादुर विष्णुमाया स्मृति भेटघाटमै सिमित भो साहित्य पुरस्कार वितरण |
Subscribe Channel: https://bit.ly/2AozRX0
Sunuwar language first television program
#culturecalls #sunuwarorg #koinchchuplu