Articles
now browsing by category
Articles
को हो स्ट्राइकर क्यारमबोर्डको गोट्टी चलाउने ?

जनमत नै छैन, झट्ट हेर्दा अरू अधार पनि केही देखिँदैन, तथापि प्रचण्ड यसपालि मलाई प्रधानमन्त्री हुने इच्छा छ भन्दै हिँड्थे । यहाँसम्म कि यसपालि प्रधानमन्त्री हुने म नै हो समेत भन्थे ।
रवि लामिछानेको पार्टीको र रवि लामिछानेको समेत राजनीतिक वृत्तमा कुनै आधार नै बनेको छैन, तथापि रवि लामिछानेले प्रचण्डकै निर्वाचन क्षेत्रमा उठेर प्रचण्डलाई टार्गेट बनाए । र प्रचण्ड लुरुलुरु गोरखा गए । के प्रचण्ड रविको लोकप्रियतालाई मात्रै देखेर गोरखा गएका थिए त ?
सुरुमा रवि लामिछाने स्वयंले अहिले सदनलाई दर्बिलो प्रतिपक्ष जरुरत भएकाले आफ्नो पार्टी सरकारमा नजाने र प्रतिपक्ष भएर आवाज उठाउने अभिव्यक्ति मिडियामै दिएका थिए । अर्कोतिर पार्टीको विचारधारा के हुने भन्ने सवालमा केन्द्रीय तहका नेताहरूबाटै दुईथरीको कुरा आएपछि पार्टीको वैचारिक धारको विषयमा तत्काल नबोल्न लामिछानेले उर्दी नै जारी गर्नुपर्यो । पार्टीको वैचारिक धार टुंगो नलागेकै अवस्थामा लामिछानेले फेरी आफै विचार मिल्ने पार्टीसँग समन्वय गरेर सरकारमा जाने कुरा सार्वजनिक गरे । यहाँसम्म कि रवि लामिछाने त देउवाकोमा गृह मन्त्रालय दिनुपर्यो भनेर माग्नै पुगेका थिए अरे ।
गगन थापालाई आफ्नै गुटकाले समर्थन गरेनन् । के त्यो गगन मन नपरेर वा देउवा लोकप्रिय भएर होर ? या पैसाकै खेल मात्रै होर ?
गठबन्धनबाटै सरकार बनाउने भन्दै आएका देउवाले एक्कासि सभामुख, प्रधानमन्त्री र राष्ट्रपति तीनवटै मुख्य पदमा दावी कसरी गरे ? के यस्तो प्रस्तावमा प्रचण्ड मान्नेवाला छ भन्ने देउवालाई लागेको थियो र ? के देउवा यतिसम्म उल्लू छन् ?
विगतमा सभामुखले नमान्दिँदा एमसिसी सदनमा टेबुलै हुन सकेन । बल्लतल्ल टेबुल भएको पनि सिफारिस त भयो तर राष्ट्रपतिले अनुमोदन नगर्दिँदा किचलो भयो । एसपिपी योजना अमेरिकाले कार्यान्वयन आइसक्यो भनिरहेको छ । तथापि राष्ट्रिय सहमति हुन सकिरहेको छैन ।
यूक्रेन संकटले अन्तर्राष्ट्रिय वृत्तमा अमेरिकाको साख धूलिसाथ भएको मात्रै छैन, अमेरिकाको मुखुण्डोसमेत उत्रिएको छ । ‘रूस हाम्रो लागि तत्कालीन समस्या भए तापनि दीर्घकालीन समस्या चीन हो’ भन्ने बहाना झिकेर अमेरिका यूक्रेन संकटबाट भागिसकेको छ ।
अहिलेको सत्ता समीकरणमा देखिएको उलटपुलट राष्ट्रिय नेतृत्वको आत्मनिर्णयले किञ्चित् होइन । क्यारमबोर्डको गोट्टी चलाउने स्ट्राइकर त अरू नै कोही छ । आजलाई यत्ती…
राँके पिदार र मानव स्वास्थ्योपचार ।

गर्मी र बर्षाको महिनाहरुमा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु सामान्य नै हो । गर्मी र बर्षामा छालासँग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्यधिक हुन्छ । सायद यसैले साउनको पहिलो दिनलाई “राँके पिदार (शरीरको पूजा)” चाडकै रुपमा मनाउने चलनको विकास भएको हुनुपर्दछ । । राँके पिदारलाई कसै कसैले लुतो फाल्ने रुपमा पनि लिने गरेको पाइन्छ । तर राँके पिदार र लुतो फाल्ने परम्परामा फरक छ । लुतो फाल्ने आ–आफ्नै खालका चलन रहेको पाइन्छ । कतै माटो दलेर नुहाएर लुतो फालिन्छ भने कतै भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा लुतोबाट छुटकारा पाइने जनविश्वाश छ । Read More
नजिकको देउता हेला : नोब्लाले झस्कायो ।

–कोइँचबु काःतिच
जब हामी (सुनुवार सेवा समाज सचिवालय समूह) कोइँच किपटीय मुखिया तथा पुर्व प्रधानपञ्च चन्द्रबहादुर सुनुवारको प्रस्तर सालिक अनवरनको लागि रामेछापको लिखुतामाकोशी १ सा्ब्ला कुपिन्डे पुगियो अनयसै फर्किँदा नोब्रा लेक हुँदै फर्किने सल्लाह भयो ।
कार्तिक ३० गते । जगमनेडाँडामा मुखिया चन्द्रबहादुरको सालिक अनुवरण बजार बसेको थियो । उहिले एकराते बजारको सम्झना गराउँथ्यो । सबै सहभागीहरु नाचगानमा स्वःस्फुर्त सहभागी थिए । तस्वीरमा भेटी चढीरहेकै थियो । अझै पनि मुखियाप्रति आस्था घटेको थिएन । वास्तवमा कोइँचको मुखिया अन्य मुखिया जस्ता शोसकी मुखिया थिएनन् । धेरैको सोँचाइ हुन्छ मुखिया भनेको रैती मारा हुन्छन् । तर वास्तममा मुखिया शब्दमा घोत्लिनु अलिकति न्याय हुन्छ होला । मुखिया चार किसिमको पाइन्छ १. थर मुखिया : तराइको विन, कुमाल, मगर (सुनेको) को थर मुखिया हुन्छ । २. मालअड्डा अर्थात् सरकार अफिसको मुखिया : सरकारी काम गर्ने मालअड्डामा मुखिया पद हुनेगर्छ अहिले यो पद खारेज भइसक्यो । ३. ठेकेदार वा छपेली मुखिया : अहिलेको पार्किङ शुल्क उठाउने वा बालुवा खनी निकाल्ने ठेकेदार जस्तै जग्गाको तिरो (कर) उठाउने छपेली मुखिया । यी मुखियाहरुमा जनताप्रति कुनै उत्तरदायित्व हुँदैन । काेइँच किपटमा आएर मुखिया बनेका अन्य जातिकाे मुखिया वा अन्य ठाउँका मुखिया । ४. किपटीय मुखिया : परापूर्वकालदेखि जंगल खोरिया फाँडेर मानिस बस्न लायक बनाउने आदिवासी पहिलो बासिन्दाको सुरक्षा र व्यवस्थापन गर्न समुहले चुनेको चक्रीय प्रणाली अनुसार नीति नियाम कार्यान्वयन गराउने किपटीय मुखिया । यस्ता मुखियाले नराम्राे जनता मारा काम गरे दाजुभाइ मिलेर मुखिया खाेसेर अरुलाइ सुम्पिने परम्परा छ । काेइँच किपटीय मुखिया निरंकुश र हैकमी बन्न पाउँदैनन् । उनीहरु माथि संस्कृति निरन्तरताकाे दायित्व पनि थपिएकाे हुन्छ । त्यसकाे अवशेष अझै प्लेत्तिमा शाँदार गर्दा गुठेर राँगा बस्नेतले बाँधी दिने चलन छ । चन्द्रबहादुर तीनै किपटीय मुखिया थिए । यसैले उनीमाथि गाउँलेको सम्मान देखिन्थ्यो ।
चिसो सिरेटो चल्दै थियो । जम्मा भए गाउँले दाजुभाइ नाचीरहेका थिए । सुनुवार सेवा समाजका उपाध्यक्ष र महासचिव कार्यक्रमबाट नोब्रा हुँदै फर्पु घरतिर लाग्नुभयो । त्यसरी उहाँहरुको आगमन र प्रस्थान २६ सय मिटर अग्लो नोब्राबाट भएपछि हामी (रणवीर सुनुवार, शोभा सुनुवार र मेरो) पनि त्यही बाटो समाउने कि भन्ने कुरा भयो । तर हामीसँग मोटरसाइकालको साथसाथै स्कुटर थियो । कच्ची भर्खरै खनेको लेकको बाटो । त्यसमाथि कोही मानिस नहिड्ने जंगलको ठाउँ । तर हामीलाई कोइँच किपटको दृश्यपान गर्नुथियो । उपाध्यक्ष अमृतले मंसिर १ गते विहानै अध्यक्षलाइ खबर गर्नुभयो “बाटो एकदम सही छ । एकघण्टामा फर्पु आइपुगिन्छ । मोटरसालकलमा चाहिँ एक दुइ ठाउँ कुपिण्डेबाट उकालो आउँदा नोब्रा निस्किनुभन्दा तल ओर्लिनुपर्छ तर स्कुटर चाहिँ के हुन्छ मलाइ अलिकति भेउ भएन ।” त्यसपछि हामीलाई जोश आयो । एकदुइ ठाउँ मात्रै हो भने बोकेर पनि स्कुटर कटाउँछौं । Read More
किल्लोको बोली र पिपलडाँडाको ओडार

–शोभा सुनुवार ‘जुलियट’
थिँःकाप पिपल डाँडा स्कुलको डिल । दारको रुख नजिकै एउटा ठूलो ओढार । ओढारबाट मान्छे आवाज जावात गर्न सजिलै सकिन्छ । बेला मौकामा केसरासी फिजाएर ओढारमाथि सिरिरी हावामा कावा खेल्नुको मज्जा नै बेग्लै । यही मौकामा इत्रिएर पिपलका पातहरु फेर फेर आवाज दिन्छन् । ओडारमाथि खुट्टा हल्लाउँदै उ पारि चुप्लु (ओखलढुङ्गा) को रागन, लेःति, जिलि, चप्लेटीका गरागरा र कान्लाकान्ला रमिता हेर्नु र मनमनै लिकु (लिखु नदी) को नागबेली बहव पच्छाउँदै ढाँडे, सिरिसे र थोलो मामाघरमा खेल्न पुग्नुको असिम आनन्द अविस्मरणीय लाग्छ । बिसाउँदै बिसाउँदै कानमा ठोकिन आउने लिखुको सुस्केरासँगै पाकेका पिपलका दानाले जिस्किएर टुक्क जिउमा हान्दा झसङ्ग तर्सिएर होसहवास उड्छ ।
आदिवासीको लागि हेरका खोलानाला, रुखविरुवा, ढुङ्गा, ओडार, पहारा हावा पानी नै देवीदेवता हुन् । यसैले हामी प्रकृतिपूजक हौं ।
चिँकुम (धोब्नी), सारौं (सारु) अनि तुँःतुकुर्मा (ढुँकुर) आएर ओडारमा विसाउँछन् । पखेटा फिजाउँछन । फट्फटाउँछन् । अनि खुट्ट तन्काउँदै उडेर जान्छन् । कहाँ पुग्छन् थाहा छैन । उनीहरुसँग उड्न पाए ? मनमा हातको पाताबाट पखेटा उम्रेको कल्पनामा चुर्लुम्म डुबेर दिन जान्छ । तर हरेक बिहानको सुर्यको किरणसँगै जहिल्यै त्यो ओढारमाथिको डिलमा बसेर यताउता गर्दै घुम्दै चोफ्ले (चिबे) खुब चिर्बिराउँछ । के बोल्छ के । बुझ्न सकिन्न । किल्लो (कल्चुडा) विहानै चिच्चाउँछ । हाम्रो घर ओढार नजिकै भएकोले घरभित्रैबाट चराको संवाद, विलौना सजिलै सुन्न सकिन्छ । म सुत्ने बार्दलीबाट सधैं सुन्छु । र, मनमा कुरा खेल्छ, यि चराचुरुङ्गीहरले के भनेका होलान् ? मनमा भएको कोतुहल सधैं मनमा दबाएर राख्न सक्दिन र एक दिन आमालाइ सोध्छु, ‘आमा त्यो किल्लो बिहानै किन कराएको ?’
‘छि छि आके तामी चैमी मार दुम्मा , ना दाब्शा ते जादिम्मे मुलै काका ब्लाक गोल्शा रेलो पा इप्शो बातेम छि गो दा मार पाङ माइ उने श्यादा दुम्ता आ दुखी कर्मा’ भन्दै सासुले छोरी बुहारीलाई बर्बराउने गरेको हो । सासु एकदम जाँगरे थिइ । घरको सबै काम उसैले गर्थि । अनि गोठको काम पनि भ्याउँथिन् । तर छोरी बुहारीहरु भने गोठमा घाम झुल्किँदासम्म सुत्थे । अनि आफुले आधा काम सक्दा पनि छोरी बुहारी मस्त सुतेको सुतेकै गरेको देखेर पुच्छर फिजाएर बर्बराउने गर्थि । यसरी बर्बराउँदै गोठ नजिकै गाईभैंसीहरुको लागि खोलाखोल्सा घाँस काट्दै जाँदा ओडारको ढिस्कोमाथि डालेघाँस काट्दा लडिन । र, त्यहीँ उनको प्राण गयो । पछि उनले किल्लोको जुनी लिइन । यसैले हरियो घाँस र पानी भएको ठाउँ र ओडारमा बास बस्ने विहान घामको झुल्कोमा बर्बराउने गरेको हो । यता उता हलाएर घुम्दै उसले गाली गरेको हो । भावाना सधै यो ओढार माथिको ढुङ्गा मा बिहानै आएर पोख्छ ।’
किल्लोले पनि कसरी कोइँच लोः बोलेको होला ? मनमा अति कौतुहल भयो । त्यही दिनदेखि बिहानै पिच्छे किल्लो बर्बराएको सुन्ने गरेँ । र, उसको बोलीसँग गोठमा सुतीरहेको छोरीबुहारीको कल्पना गर्छु ।
………..
किल्लो कराउँने वित्तिक्कै आमा थोलोच टंककुमारी सुनुवारबाट पुस्तान्तरण भएकोे त्यही मिथक मेरो मानसपटलमा चलचित्र जस्तै सलल बग्छ । मानौ आमाले काखमा लिएर मेरो कपाल सुम्सुमाउँदै किल्लोको मिथक सुनाइरहनुभएको छ । म उहाँको काखमा आनन्दले उँघ्दैछु । आदिवासीको लागि हेरका खोलानाला, रुखविरुवा, ढुङ्गा, ओडार, पहारा हावा पानी नै देवीदेवता हुन् । यसैले हामी प्रकृतिपूजक हौं ।
-लिखु तामाकाेशी १, कुपिण्डे ।।
गुइँदा

खात/सुअदेर

-काेइँचबु काःतिच (उकुसु)
क. कथासार
मानिसको भीड छ । लगामा डब्लाङ तोर्म राखिएको छ । पोइँबो ग्याँमिले पिदार नाम्दार विभिन्न देवता तथा पितृको पूजा गरेर विसाएका छन् । सबैभन्दा तल लिपेको भुइँमा धान त्यसमाथि नाङ्लो र नाङ्लो माथि फोल तोर्म छ । तोर्म माथि वल्लो सुर र पल्लो सुर पारेर सरामा बाँधेर झुण्डाएको बाँसको कप्टेरोमा दादर (उहिलेदेखि राखिएको ध्वाजापतका झुण्डाइएको छ । मकै राखेको बाँसको टोक्ले छ । त्यसमा अक्षता भरेर धतुर तोर्मसँगै राखिएको छ । पितृहरुलाई सागुन गरेको पातहरु खातका खात छन् । त्यसमा एउटा टापरीमा भएभरको खानाहरु राखिएको छ । कुलपुरोहितले अनुहारमा पुरै सेतो पिठो दलेका छन् ।
पोइँबोले विभिन्न किसिमको अनिष्ठाकारी आत्महरुलाई बोलाउँछ । नाअÞसोले ती अनिष्ठाकारी आत्महरुलाई फकाइ फकाइ नाम पुकार्दै खाना दिन्छ । अनि जुन घरमा फोल गरिएको छ त्यसघरका र एकै कुलका दाजुभाइहरुले पनि आफ्नो सबै नराम्रा कुराहरु हटेर जाओस् भन्दै नाम पुकार्दै त्यस टपरा चढाउँछन् ।
कुलपुरोहितले अनिष्ठाकारी आत्मलाई तह लगाउने पामखासा खलमखासा खानारोल्बोलाई बोलाउँछ । पामखासा खलमखासाले सबै अनिष्ठाकारी आत्मलाई तरवार भाला लौरोले हान्दै खेदाउँछन् । ती अनिष्ठाकारी आत्मले राम्रा आत्महरुलाई पनि दुःख दिन्छन् । साथ लागेर छाड्दैनन् । यसैले कुलपुरोहितले मफाइ चुफाइ किकिलाई अगाडि लगाएर ती अनिष्ठाकारी आत्मबाट शुभगुण भएको आत्महरुलाई छुटाउँछ र लगामा लगेर राख्छ । पामखास र खानारोल्बोलाई पनि सुसेल्दै मफाइचुफाइको सहारामा खेदिपठाउँछ । उनीहरुकै पछिपछि सबै ग्रहादशा टपरामा मन्साएर सेतो पीठो दलेको कुलपुरोहित घरबाट धेरै पर दौडेर जान्छ । अरुले भने उसैको पछि पानी अक्षेता र खरानी हान्छन् । बाद्यवादन जोडजोडले बजाउँछन् । Read More
सम्झनाका फुलहरुका सालिन विद्रोह

–काःतिच
“जीवनको यो पछिल्लो दुई दशकमा समाज परिवर्तनका लागि चालिएका यात्रा र जीवन भोगाइको प्रतिबिम्ब नै प्रस्तुत कृति हो । लिपिबद्ध गर्दै प्रकाशनको अवस्थामा आइपुग्दा कवयित्रीका जीवन भोगाइ र समाज परिवर्तनका लागि खर्चिएका जुझारु समयको यथार्थ चित्रण पाइन्छ । दृष्टिकोणमा हुने फरक अर्को यथार्थ हो । समयक्रममा हुने समालोचनाले यो खाडल पक्कै भरिनेछ भन्ने मेरो विश्वास रहेको छ ।” इन्द्रमणि अधिकारीको भनाइले सम्झनाका फुलहरुको सार अनुभूत गर्न सकिन्छ ।
“जलजला देख्या छैन बयान खुबै सुनेको छु ।
यसैपाला घुम्न जाने धोको मैले गुनेको छु ।
आज मेरो सम्झनामा पहिलो फूल बनेका छन् यी हरफहरू । सम्झनाका फूलहरूमध्ये पहिलो फूलको पहिलो सेर यिनै हरफहरू मार्फत ढङ्ग नहुँदा नहुँदै पनि गजल कोर्ने रहर जागेको थियो र यिनै हरफहरूलाई ललित साहित्य परिषद् रोल्पाको साप्ताहिक कार्यक्रममा बाचन गरेकी थिएँ । नियम र परिधिबारे कुनै जानकारी नहुँदै गजलको नाम दिएका कारण पनि यी पङ्क्तिहरूलाई सधैँ सँगाल्न मन लाग्छ । जस्तो लेखेँ त्यस्तै वाचन गर्दा श्रोताहरूले केही नमिलेको महसुस गरेका थिए तर मलाई केही भनेका थिएनन् । पछि मलाई यो थाहा भयो कि मैले गजल भनेर पढेको सिर्जनाको फेद टुप्पो केही नमिलेको रहेछ । तृष्णा जाग्नु र व्यवहारमा उतार्नु संयोग हुँदो रहेछ । यसपछिका दिनमा मैले गजलहरू सुन्ने, लेख्ने प्रयास गरेँ र आज यो ‘सम्झनाका फूलहरू’ यहाँहरूको माझमा पस्कन सकेको छु ।” गजलकार तारादेवी सुनुवारले आफ्नो इमानदारिता पस्किनु भएको छ ।
उहाँले थप प्रष्ट पार्नु भएको छ, “पश्चिमाञ्चलको रोल्पाबाट फक्रिन सुरु भएका ‘सम्झनाका फूलहरू’ले पर्वतहुँदै काभ्रे र भक्तपुरमा प्रजनन गरी काठमाण्डौमा आयोजित टेक बहादुर विष्णुमाया सुनुवारको तेस्रो स्मृति दिवसको अवसरमा जन्म लिएको छ । कुनै पनि कुरालाई मनमा मात्रै राखेर बाहिर उजागर गरिएन भने सडेर, गलेर जान्छ । मैले लेख्ने हरेक सिर्जनाहरू चाहे कविता, मुक्तक, गजल या लेख नै किन नहोस् ती सबै मेरा आफ्नै कार्यक्षेत्रसँग सम्बन्धित रहने गरेका छन् । जीवनमा आफैले हिँडेका घुम्तीहरूलाई जति बिर्सन खोजे तापनि यादहरूले सताइरहँदा ती यादहरू, भोगाइहरू, पलहरू, आक्रोशहरू तथा समाजमा देखिएका विकृति विसङ्गतिहरूको विरुद्ध मनमा लागेका भावहरू कलमको सहारले कापीमा बग्दछन् । तीनै भावहरूलाई कहिले कविताको रूपमा त कहिले गजलको रुपमा पोख्ने गर्दछु ।”
अग्रज साहित्यकार अतीत मुखियाका अनुसार “सम्झनाका फुलहरू” को पोष्टमार्टम रिपोर्ट यस्तो छ, “तारा बहिनीको गजल लेखन प्रथम प्रयास यस सङ्ग्रहमा समेटिएका गजलहरू सर्सर्ती हेर्दा केही गजलमा पूर्णअनुप्रास (काफिया)को प्रयोग देखिन्छ भने अधिकांस गजलका सेरहरू प्राय एकाक्षरी वा शब्दांश अन्त्यानुप्रास (काफिया)को प्रयोग भएको देखिन्छ । केही गजलहरूमा सहायक अन्त्यानुप्रास (हमकाफिया)को समेत प्रयोग भएको पाइन्छ ।
सधँैभरी साथमै दिन काट्ने बाचा गरेर छेउ लाग्यौ ।
हात थाम्ने भनी मन साट्ने बाचा गरेर छेउ लाग्यौ ।
यस गजलको मतलामा काट्ने शब्दको अनुप्रासमा ‘साट्ने’ शब्द पूर्णअनुप्रासको रूपमा प्रयोग भएर ‘बाचा गरेर छेउ लाग्यौ’ सहायक अन्त्यानुप्रासको प्रयोग पाइन्छ ।
देखिएनौ छितिज पारि नियाल्दा किन बैगुनी ।
देखिएनौ हिमाल पारि चिहाउँदा किन बैगुनी ।
यहाँ एकाक्षरी अनुप्रास ‘दा’ को सहायक अन्त्यानुप्रास (हमकाफिया)को रूपमा ‘किन बैगुनी’ प्रयोग गरिएको छ ।
पालुवामै चुँडेर किन टुक्रायौ मेरो यौवनलाई ?
चुँडाएर लुछेर किन टुक्रायौ मेरो यौवनलाई ?
यहा ‘चुँडेर’ र ‘लुछेर शब्दको ‘एर’ शब्दांश अनुप्रासमा ‘किन टुक्रायौ मेरो यौवनलाई’ सहायक अन्यानुप्रास (हमकाफिया)ले गजल सजाइएको देखिन्छ । यसरी नै मन लागेको छ, नाम थियो, घायल छु, दिन हजुरलाई जस्ता हमकाफिया भएका गजलहरु देखिन्छन् । तर केही गजलहरुमा भने मूल अनुप्रासको गडबडी पनि भएको पाइन्छ ।
जिन्दगी त किताब रैछ जति पढेनी सकिने ।
जिन्दगी नै गणित रैछ जति जोडेनी सकिने ।
यहानेर किताब शब्दको अनुप्रास गणीत शब्दलाई राखिएको देखिन्छ जुन अमिल्दो अनुप्रास हो । यो गणीत शब्दको ठाउँमा हिसाब राखिएको भए अतिउत्तम हुने थियो । यसो नभएर हमकाफियामा गएर शब्दांश अनुप्रास मिलाउने प्रयत्न गरिएको देखिन्छ । एकाक्षरी वा शब्दांश अनुप्रास विम्वात्मक गजलमा घतलाग्दा हुन्छन् । सरल शब्दका गजलमा पूर्णानुप्रासले नै वाहवाही बटुल्ने भनाइ दिग्गज गजलकारहरूको पाइन्छ ।
तारा बहिनीका गजलहरू सरल भएरै सरस छन् । उहाँका गजलमा प्रेम, कौतुहलता, पीडा, जिज्ञासा एवम् भ्रमजस्ता विषयवस्तुलाई कलात्मक तवरले उनेर सङ्ग्रहको माला तैयार पार्ने प्रयास गरिएको देखिन्छ । गजल जटिल शब्दले भन्दा सरल शब्दले नै सुन्दर र सरस हुने विधा मानिन्छ, जुन यो गजल सङ्ग्रहमा पाइन्छ । लेख्दै नलेखि बस्नुभन्दा केही लेखेर पस्कनु राम्रो हो । यात्रा थालेपछि मात्र गन्तव्यमा पुगिन्छ । जतिजति पाइला चालिन्छ उतिउति नै अनुभव बटुल्न सकिन्छ ।”
समग्रमा भन्नुपर्दा सम्झनाका फुलहरु एउटा विद्रोह हो । जतिसुकै समनताको भाषण हाँके पनि व्यवहारमा समानता हुननसेको नेपाली समाजप्रतिको प्रतिविम्ब हो । अनि महिला पूरुषको खाडल पुर्ने जमर्को हो, । गजलको व्याकरणिक संरचनामा स्त्रीलिङ्ग र पुलिङ्गको भेद गरिएको छैन । यसैले गजलको विषय वस्तु जेसुकै होस् । गजलको व्याकरण जेजस्तो होस, सम्झनाका फुलहरु आफैँमा एक आन्दोलन हो ।