Archives
now browsing by author
कतारमा किराँतीहरुले उभौलि चाड – ५०८२ मनाए।

दोहा, कतार : – किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली-५०८२ भव्य रूपमा मनाएका छन्।
कतारमा स्थापित तीन किराँती संस्थाहरू सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ कतार र किरात राई यायोक्खा शाखा कतारको किरात मूल समारोह आयोजक समितीद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सुनुवार सेवा समाज शाखा, कतारका अध्यक्ष नीरबहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलन साथ नेपालि राष्ट्रिय गान, कर्मभुमीलाई सम्मान साथ कतारको राष्ट्रिय गान र “यो भुमी चुम्ने” किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो। Read More
प्रवासमा किरातिहरुले नयाँ वर्ष मनाए।

दोहा / गत १४ जनवरी २०२२ शुक्रवारका दिन कतारमा स्थापित किराती सँस्थाहरु किरात राई यायोख्खा शाखा कतार, सुनुवार सेवा समाज शाखा कतार र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा जुम भर्चुअलको माध्यमबाट किराती नयाँ वर्ष येले दोङ/थोचे/तङ्वे ५०८२ को सुखद शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम किरात मुल समारोह आयोजक समितिका संयोजक शंकर मान राईको सभापतित्वमा र नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा सदस्य सचिव शुभराज सुनुवारले सन्चालन गरेको उक्त कार्यक्रममा महासंघ कतारमा आवद्ध मातृ सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, महासंघ कतारका सल्लाहकारहरु र समाजसेवी व्यवसायी साथै किरातिहरुको बाक्लो सहभागिता रहेको थियो । संयोजक र प्रमुख अतिथिबाट व्यानर अनावरण, दिप प्रज्वलन र राष्ट्रिय गानका साथ सुरु भएको उक्त कार्यक्रमा समितिका उपसंयोजक हर्क खजुम लिम्बूले कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै सहभागिहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा स्थापनाकाल देखि योगदान पुर्याउदै आउनु भएका सुनुवार सेवा समाज शाखा कतारका संस्थापक तथा संरक्षक पुरुषोत्तम सुनुवार, किराया शाखा कतारका संस्थापक तथा पुर्ब अध्यक्ष अमृत कुमार राई र कियाचु कतारका अग्रज तथा विशेष सल्लाहकार केवल पहिमलाई संस्थालाई दिनु भएको अतुलनिय योगदानको सम्मान गर्दै फेटा र दोसला ओढाई सम्मान पत्रको साथ सम्मान गरिएको थियो । किराति पहिलो राजा यलम्बरको पाला देखि सुरु भएको येले सम्बतको रुपमा हरेक माघ एक गते किरात नयाँ बर्ष मानिदै आएको छ। यसैलाई किरात राईहरुले येले दोङ / सुनुवारहरुले नक थोचे र लिम्बुहरुले येले तङ्बे भन्ने गरेको छन । शुभकामनामन्तव्य दिने क्रममा महासंघ कतारका अध्यक्ष तथा प्रमुख अतिथी पुरुषोत्तम सुनुवारले किरात नयाँ बर्षको अवसरमा शुभकामना साथै किरात नयाँ बर्षको बारेमा थप प्रस्ट पार्दै कार्यक्रमको पुर्ण सफलताको कामना गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा महासंघ कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल, सल्लाहकार धिरज चाम्लिङ, लगायतका सल्लाहकारहरु, मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, लगायत तीन किरात संस्थाका सलाहकार तथा पुर्ब अध्यक्षहरुबाट शुभकामना मन्तब्य राख्नु भएको थियो। यसैगरी उपसंयोजक सेर बहादुर सुनुवारले आफ्नो शुभकामना दिदै कार्यक्रममा जोडिनु हुने सबैलाई धन्यवाद दिनुका साथै कार्यक्रम सभापति शंकरमान राईले किरातिहरुको एकताको प्रसम्सा गर्दै कार्यक्रमलाई सफल पार्न आरोहत्र खट्नु हुने तिनै संस्थाका सदस्यहरुलाई र जुम भर्चुअलमा सहभागी रहनु हुने सबै सबै प्रती हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
खात/सुअदेर

-काेइँचबु काःतिच (उकुसु)
क. कथासार
मानिसको भीड छ । लगामा डब्लाङ तोर्म राखिएको छ । पोइँबो ग्याँमिले पिदार नाम्दार विभिन्न देवता तथा पितृको पूजा गरेर विसाएका छन् । सबैभन्दा तल लिपेको भुइँमा धान त्यसमाथि नाङ्लो र नाङ्लो माथि फोल तोर्म छ । तोर्म माथि वल्लो सुर र पल्लो सुर पारेर सरामा बाँधेर झुण्डाएको बाँसको कप्टेरोमा दादर (उहिलेदेखि राखिएको ध्वाजापतका झुण्डाइएको छ । मकै राखेको बाँसको टोक्ले छ । त्यसमा अक्षता भरेर धतुर तोर्मसँगै राखिएको छ । पितृहरुलाई सागुन गरेको पातहरु खातका खात छन् । त्यसमा एउटा टापरीमा भएभरको खानाहरु राखिएको छ । कुलपुरोहितले अनुहारमा पुरै सेतो पिठो दलेका छन् ।
पोइँबोले विभिन्न किसिमको अनिष्ठाकारी आत्महरुलाई बोलाउँछ । नाअÞसोले ती अनिष्ठाकारी आत्महरुलाई फकाइ फकाइ नाम पुकार्दै खाना दिन्छ । अनि जुन घरमा फोल गरिएको छ त्यसघरका र एकै कुलका दाजुभाइहरुले पनि आफ्नो सबै नराम्रा कुराहरु हटेर जाओस् भन्दै नाम पुकार्दै त्यस टपरा चढाउँछन् ।
कुलपुरोहितले अनिष्ठाकारी आत्मलाई तह लगाउने पामखासा खलमखासा खानारोल्बोलाई बोलाउँछ । पामखासा खलमखासाले सबै अनिष्ठाकारी आत्मलाई तरवार भाला लौरोले हान्दै खेदाउँछन् । ती अनिष्ठाकारी आत्मले राम्रा आत्महरुलाई पनि दुःख दिन्छन् । साथ लागेर छाड्दैनन् । यसैले कुलपुरोहितले मफाइ चुफाइ किकिलाई अगाडि लगाएर ती अनिष्ठाकारी आत्मबाट शुभगुण भएको आत्महरुलाई छुटाउँछ र लगामा लगेर राख्छ । पामखास र खानारोल्बोलाई पनि सुसेल्दै मफाइचुफाइको सहारामा खेदिपठाउँछ । उनीहरुकै पछिपछि सबै ग्रहादशा टपरामा मन्साएर सेतो पीठो दलेको कुलपुरोहित घरबाट धेरै पर दौडेर जान्छ । अरुले भने उसैको पछि पानी अक्षेता र खरानी हान्छन् । बाद्यवादन जोडजोडले बजाउँछन् । Read More