All about Sunuwar

इन्द्रसेन

now browsing by tag

 
 

वानेश्वरमा संसद भयो जुवातासको खाल जस्तै… इन्द्रसेन कोरमोच सुनुवारको गजल

सुस्त सुस्त हिर्डाई देशको कछुवाको चाल जस्तै
समयको रफ्तार भने सुनकोशीको छाल जस्तै ।

साँढे जुद्धा बाछाहरु मिचाइमा त परेकै छन्
रगतको होली खेल्या उही पुरानो साल जस्तै ।

देश दुःखेर निस्सासिँदै आशाहरु चोइटा पर्दा
वानेश्वरमा संसद भयो जुवातासको खाल जस्तै ।

सडकभरि रगत पोती गणतन्त्र आए पनि
परिवर्तन भन्नु मात्रै सबै राणा काल जस्तै ।

-माझगाउँ (दाःथेदेल) खिँची, चुप्लु ओखलढुंगा
(यो गजल सुनुवार डट ओआरजि, दुरदा डट कम र चुप्लु समाजको संयुक्त साहित्यिक तथा चलचित्र प्रदरसनी कार्यक्रममा वाचन गरिएको हो ।)

Share