All about Sunuwar

सुनुवार विद्यार्थीको राष्ट्रिय महाधिवेशन सम्पन्न

ओआरजी समाचारदाता
काठमाडौं । विगत लामो समयदेखिको अन्तरालपश्चात् सुनुवार विद्यार्थी समाजको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । उक्त समाजमा २१ सदस्ययीय नयाँ कार्ड समिति चयन भएको छ ।
उक्त समाजको अध्यक्षमा सुदीप सुनुवार (ओखलढुङ्गा), उपाध्यक्ष मानबहादुर सुनुवार (दोलखा), सचिव इन्द्रसेन सुनुवार (ओखलढुङ्गा), सहसचिव मुना सुनुवार (झापा), कोषाध्यक्ष छविलाल सुनुवार (रामेछाप) तथा सदस्यहरुमा सविता सुनुवार (ललितपुर), सविता सुनुवार (रामेछाप), सजिना सुनुवार (रामेछाप), सोममाया सुनुवार (दोलखा   ) ऋषि सुनुवार (सर्लाही), पुण्य सुनुवार (रामेछाप), सुनिता सुनुवार (ओखलढुङ्गा), लीला सुनुवार (ओखलढुङ्गा), प्रेम सुनुवार (रामेछाप), प्रेमा सुनुवार (   ) र कोरिना सुनुवार सुनुवार  (  इलाम  ) रहेका छन् ।
उक्त महाधिवेशनमा नेपालभरि (जहाँ सुनुवार बस्ती छ) बाट करिव १५५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *