All about Sunuwar

स्वेच्छ वचत समुह र सुनुवार विद्यार्थी समाजलाई सम्मान तथा शुभकामना वधाई

सुनुवार डट ओआरजि समाचार दाता
२७ माघ, ललितपुर ।  सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले एम्बुलेन्सका लागि सहयोग उपलब्ध गराउने स्वेच्छ वचत समूह हङकङ र नव निर्वाचित सुनुवार विद्यार्थी समाजका पदाधिकारी तथा सदस्यहरुलाई सम्मन तथा शुभकामना वघाई ज्ञापन गरेको छ । रु. ४५,००० पैतालिस हजार नगद प्रदान गरेको स्वेच्छ वचत समूहका अध्यक्ष भिषण सुनुवारलाई ताम्रपत्र सहितको पुष्पगुच्छाले सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार र ललितपुर अध्यक्ष यामबहादुर सुनुवारले सम्मान गर्नुभयो । सुनुवार सेवा समाजका अध्यक्ष लगयत ललितपुर सुनुवार सेवा समाजका सम्पूर्ण पदाधिकारीहरुले पुष्पागुच्छासहित खादा ओढाएर शुभकामनासहित वधाई ज्ञापन गर्नु भयो ।
सो कार्यक्रममा कोइँच युवा विद्यार्थीले कोइँच भाषा संस्कृति संरक्षणमा अहम् भूमिका खेल्नु पर्ने तथा यसले कोइँचको चिनारी बोक्ने कुरा बताउनु भयो । कोइँचले सामुहिक स्वार्थको लागि काम गर्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा फोर व्हील गाडी किन्न रु दुई लाख नगद दिने वचन दिनु भयो भने कार्यक्रमको बिट मार्दै अध्यक्ष यामबहादुर सुनुवारले सुनुवार चिनारीको लागि एम्बुलेन्सले ठूलो काम गरेको बताउनु भयो । स्वागत मन्तव्यमा कोषाध्यक्ष श्याम सुनुवारले कोइँचको सेवाको लागि स्वेच्छा वचत समूहले पुराएको योगदानको प्रशंशा गर्नु भयो । कार्यक्रम सचिव चन्द्रप्रकाश सुनुवारले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *