All about Sunuwar

भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन अभिमुखीकरण कार्यक्रम

सुनुवार डट ओआरजि समाचारदाता–
माघ २०, यालाखोम । सुनुवार सेवा समाजको भवनमा भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन समिति, सुनुवार सेवा समाज, केन्द्रीय समिति, कोटेश्वर, काठमाडौंले भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन अभिमुखीकरण कार्यक्रम ऋगकतयmबचथ ब्लअभकतचब िज्यmभबिलम ःबउउष्लन या प्ष्चबलतष्(प्õष्तक इचष्लतबतष्यल उचयनचबmmभ आज शुरु भयो । स्थलगत अध्ययनकर्ताहरुलाई भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन गर्न सहज र सहयोगी बनाउन जिपिएस, जिआइएस, पुरख्यौली थलो र प्राकृतिक स्रोत अध्ययनको तौरतरिका बारे सामान्य जानकारी गराउने उद्देश्य रहेको सो कार्यक्रम दुई दिन सञ्चालन हुने छ । आज डा. बि.बि. मुखिया र डा. लाल रापचाले अनुशिक्षण दिनु भयो । कोइलँचबु काःतिच (उत्तमकुमार सुनुवार), रणवीर सुनुवारले सहजीकरण गर्नु भएको थियो भने सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्दै शुरु भएको सो कार्यक्रम भोलिसम्म चल्ने छ । भोलि प्रकाश झा, योगेन्द्र गुरुङ, खगेन्द्र जगेबुले अनुशिक्षण गर्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *