All about Sunuwar

कोइँच भू-अधिनत्व, भूमिको नाक्साङ्कन कार्य शुरु

चुप्लु दाम्लोच

वैशाख १५, थेब पोमदु । कोइँचहरुको पुर्ख्यौली थलोको नाक्साङ्कन कार्य आजबाट शुरु भएको छ । सुनुवार सेवा समाज भूमि तथा भू-अधिनत्व मामिला अध्ययन समितिले कोइँचको थाँत थलो, उनीहरुको साँस्कृतिक थलो, त्यससँग गाँसिएको इतिहास र कोइँच वृद्धहरुसँगको उहिलेको कुराकानी, कोइँचहरुसँग भएको ऐतिहासिक दस्तावेज, कोइँचका विभिन्न थरीको भूमि र उनीहरुको मुइलि, मुइग्यो, इतिहासको वारेमा अध्ययन तथा तथ्य संकलन गरिने छ । आज कोइँच र जिरेलको किपटको साँध पुरानो गाउँ (वि.सं.१८५४ को दस्तावेजानुसार) को अध्ययन भयो र सो गाउँमा अहिले क्षेत्री-बाहुनहरु बसोबास गरेको पाइयो । हिन्दू धर्म राज्यले लादेपछि कोइँच जिजिच मुखियाहरुले नाम्दुबाट दाहाल बाहुनहरुलाई पुरेतको रुपमा स्वीकार्न बाध्य भएको तथ्य पनि खुल्न आयो । आझै पनि ती दाहाल बाहुनहरु जजमान राश्नालु र ठूलो पातालका जिजिच जजामान रहेको जानकारी प्राप्त भयो । तर अहिले कतिपय कोइँचहरु इसाइ धर्ममा रुपान्तर भएका पाइयो । ता पनि ठूलो पाताल चेनेका जिजिचहरुको मूल घरको लागापर्गी भने जस्ताको तस्तै सुरक्षित रहेको पाइयो र त्यस घरको पाँच दाजुभाईहरुमा आफ्नो जिजिच कोइँच चिनारी बचाई राख्न आपसी सल्लाह भएको प्रतिवद्धता पनि जनाउनु भयो । यस भूमि तथा भू-अधिनत्व मामिला अध्ययन समितिमा सुनुवार सेवा समाजका उपाध्यक्ष रणवीर सुनुवार, कोइँचबु काःतिच, अतीत मुखिया, डा. वि. वि मुखिया र डा. लाल रापचा हुनुहुन्छ । यस अध्ययनको सामान्य जानकारी सुनुवार डट ओआरजि, दुर्दा डट कम, किङ्लो चुपलु कोइँच रेडियो कार्यक्रम, नयाँ नेपाल गोरखापत्रबाट नियामितरुपमा पाउन सकिने छ । स्थानीय कोइँच दाजुभाईहरुसँगको अन्तरक्रियाबाट भूमिको भोग चलन कसरी गरिँदै आएको छ भन्ने कुराको अध्ययन विधि अगाडि बढाइने छ ।

2 Comments to कोइँच भू-अधिनत्व, भूमिको नाक्साङ्कन कार्य शुरु

  1. डा.लाल–श्याँकारेलु Rapacha says:

    लो लो रिम्शो पचा . बार्सिला ब .

  2. डा.लाल–श्याँकारेलु Rapacha says:

    लो लो रिम्शो पचा . बार्सिला ब .

Leave a Reply

Your email address will not be published. Required fields are marked *