All about Sunuwar

उभौली शाँदारपिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान

सुनुवार डट ओआरजि समाचारदाता
१९ वैशाख, काठमाडौं । किरात येले सम्वत ५०७३ को उभौली शाँदारपिदारको उपलक्ष्यमा सुनुवार सेवा समाज केन्द्रीय समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरियो ।

उक्त कार्यक्रममा विभिन्न किरातजन्य संस्थाका प्रतिनिधिलगायत अन्य संघसंस्थाबाट समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा सभासद मणि खम्बुले किरात समुदायको सुनुवारहरुमा प्रचलित शाँदार संस्कार पिदारको उठानले आपूmलाई निकै प्रभावित पारेको बताउँदै वास्तवमा जातीय संस्कार र संस्कृतिमा हामी निकै धनी रहेको बताउनुभयो । आसन्न संविधान निर्माणमा पनि हामीले जातीय पहिचानको आधारमा संघीयता हुनुपर्छ भन्ने बारम्बार माग राख्दै आएको कुरा पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा किरात सुनुवार सेवा समाज युकेका अध्यक्ष श्री जंगबहादुर सुनुवारले आफ्नो जातीय पहिचान र संस्कति संरक्षार्थ युकेमा पनि विभिन्न साँस्कृतिक सामग्रीहरु मगाएर संस्कार र संस्कृतिलाई जीवन्त राख्ने प्रयास गरेको बताउनुभयो ।
यसै अवसरमा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष तथा वोल्लो किरात स्वायत्त राज्य परिषद्का अध्यक्षले वोल्लो किरातका लागि हामीले गरेको अथक प्रयासलाई निरन्तरता दिँदै संविधानमा आफ्नो हकहित सुरक्षित राख्नका लागि विभिन्न सम्बन्धित निकायमा बारम्बार दबाब कार्यक्रम सिर्जना गर्दै आएको बताउनुभयो । तीन ठूला दलले लगाएको बागभण्डामा सुनुवारहरुको अस्तित्वलाई मेटाउन खोजिएको प्रसंग उठाउँदै फुटाउ र शासन गर भन्ने मान्यतालाई नै यथावत राखेको कुराले आफुलाई मर्माहत बनाएको कुरा उहाँले बताउनुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघका उपाध्यक्ष नर्वु घले, एनेकपा माओवादीका सभासद् मणि खम्बु, किरात सुनुवार सेवा समाज युकेका अध्यक्ष जंगबहादुर सुनुवार तथा पूर्व संस्थापक तथा सल्लाहकारहरु देवीबहादुर सुनुवार, ले. मानबहादुर सुनुवार, चम्पक सुनुवार, लोकप्रिय सुनुवार, टीकाराम मुलिचाले शुभकामना आदान प्रदान गर्नुभएको थियो । कार्यक्रम सुनुवार सेवा समाजको केन्द्रीय अध्यक्षताको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *