All about Sunuwar

कोइँच भूमि बुजको अग्लो डाँडामा आज ।

चुप्लु दामलोच
२२ वैशाख, थाम डाँडा । आज पोलदिम पदमबहादुरको घर १७६६ मि. उचाइबाट विहान छ बजे हिडेर देवीथान, हुपिन डाँडा -१९६६मि.), रामजी थान-२२३३मि), कलोरानी मन्दिर -२२७९ मि.) हुँदै अग्लो डाँडा थाम डाँडा -२३२४ मि.) उचाइमा आइपुगेका छौं । जसको लागि चन्देश सुनुवार मुलिचले हामी -कोइँचबु काःतिच र रणवीर सुनुवार) लाई साथ दिनु भएको छ । अहिले आठ पाँच भएको छ । अब हाम्रो यात्रा बुजको कोट गाउँ हुँदै गुप्तेश्वरबाट प्रितितिर हुँने छ । हामी गत हप्ता दोलखाको ठूलो पाताल, हाँबा हुँदै रामेछापको राशनाइलु, बेताली, नामाडी, फारपु, खिम्ती, बिजुलकोत, सैपु, दुरागाउँ बुज -भूजि) आइपुगेको छ । अब हामी सोलु हुँदै ओखलढुँगा, खोटाङ, उदयपुर, सिन्धुलीको कोइँच वस्ती घुम्ने लक्ष्यमा छौं । यसक्रममा हामीले ग्लामशिच, दोबिच भन्ने कोइँच थरीसँग भेट गरेउँ ।
यो यात्रा सुनुवार सेवा समाज भूमि तथा भू अधिनत्व तथा प्राकृतिक स्रोत अध्ययन समितिले गरेको हो । जसमा अतीत मुखिया, डा. लाल रापचा, डा. बि बि मुखिया, रणवीर सुनुवार, कोइँचबु काःतिच -उत्तम) हुनु हुन्छ ।

2 Comments to कोइँच भूमि बुजको अग्लो डाँडामा आज ।

  1. डा.लाल–श्याँकारेलु Rapacha says:

    ग्लामशिच, दोबिच !!!
    लो बेसाउ . मरम ओलेब ?

  2. डा.लाल–श्याँकारेलु Rapacha says:

    ग्लामशिच, दोबिच !!!
    लो बेसाउ . मरम ओलेब ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *