All about Sunuwar

जिजिच र गरशि याअताको पूर्ख्यौली थलो / इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा ?

चुप्लु दाम्लोच
१६ वैशाख, नेपाने हाँवा । सुनुवार सेवा समाज अध्यक्ष खुशबहादुर सुनुवार र स्थानीय एक बजुको संवादले भने कोइँच गाउँ वस्तीको ठेट अनुभूति दिएको छ । सुनसान साँझ सात बजेको समय । रात पर्न लागेको छ । बाटो मुनि ती लाउरेनी बजु पानी थाप्दै छिन् । खुशबहादुर तन्की तन्की हर्ेछन् । पानीको धाराबाट कालो पोलिथिन पाइप जोडेर पानी थापिएको छ । जर्कीनमा पानी भरिनै लाग्छ बोल्छन् खुशबहादुर- जइमसि एँ बागे । बÞाकु दाइना दाइना बाअतिनि । ग्युशरा माबोअचा । गो बÞाकु ख्लाअÞताङ । प्रतिउत्तरमा लाउरेनि बाजु जुरुक्क उठ्छन् र भन्छिन्- इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा आँथे – गलाला हाँसोको फोहरा छुट्छा । मौलिक कोइँच गाउँको यो हाँसो ठाट्यौलिसँगै जिजिच तथा गर्शि याअताहरुको पूर्ख्यौली थलो ठूलो पातालको पुरानो गाउँबाट अध्ययन यात्रा शुरु गरेर हाँवा हुँदै झाँक्रे बसेरीमा अन्त भएको छ । अहिले अध्ययन टोली रामेछाप जिल्लाको राशनाइलुका जिजिच, बाम्ना तथा गर्शि याअता, दारखाच भनिने जेस्पुच, जेँतिचहरुको पुर्ख्यौलि थलोेको अध्ययनको क्रममा छ । उक्त अवसरमा ६६ वर्सिया शेरवहादुर, दलबहादुर, पोइँब जयबहादुर जिजिच, आराधना चर्चका अगुवा, चिहनडाँडाका रावाचहरुको पुर्खा ८४ वर्सीय बुद्धिबहादुर, पुर्णमायालाई भेट गरी रावाच, जिजिचको पुर्ख्यौली थलो उनीहरुको मुइलि र मुइग्यो, उत्पत्तिको कथा बारे जानकारी तथा भौगोलिक सूचना संंकलन गरिएको जानकारी प्राप्त भएको छ । त्यसै गरी गारशि याअताका वारेमा हरिबहादुर, खड्ग, खुश, बिर, नरबहादुरसँग जानकारी लिएको पनि जनाएको छ । जिजिचको पुरख्यौलि थालो दोलखा जिल्लाको नाङ्ले, आहाले, मिरगे बङ्जाधारा, झाँक्रे खोलाभित्र रहेको जानकारी प्राप्त भएको छ भने रावाचहरु रावा खोलाबाट आएका सत्वा जेँतिच भएकेा पनि जानकारी भएको छ । उनीहरुका मुइलि, मुइग्योले पनि सो कुरालाई प्रमाणित गरेको छ । उक्त सूचनाहरुलाई सम्बन्धित व्यक्तिबाट नै स्वराङ्कन गरिएको छ । गर्शि याअताको पुरख्यौली थलो भने हाँवा भए पनि उनीहरुको शिकार क्षेत्र रहेका तर मूल थलो भने दारखा गैरी भएको जानकारी प्राप्त भएको बताइएको छ । हाँवा गा वि सको शाँदारथान, भिमसेन थान र भूमेथानको पनि भौगोलिक सूचना सङ्कलन गरिएको छ ।

6 Comments to जिजिच र गरशि याअताको पूर्ख्यौली थलो / इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा ?

  1. thari kayaba says:

    नमसेवल,
    थम बुजिबशेा लेा एकेा, बार्सिला सुसेस,नु नेलल केाइच समि बु कलि

  2. thari kayaba says:

    नमसेवल,
    थम बुजिबशेा लेा एकेा, बार्सिला सुसेस,नु नेलल केाइच समि बु कलि

  3. प्रकाश जिजिच says:

    यो काम अत्यन्तै प्रसंसा गर्न योग्य छ – जसरी यहांहरुले स्थलगत भ्रमण गरी अध्यन गर्नु भएको छ त्यसरी नै सम्बन्धीत हामी सबैले जानेबुझेका र थप जानकारीहरुलाई साटासाट तथा लिपिबद्ध गरेर संरक्षीत गर्न सकेको खण्डमा अझ राम्रो हुने थियो,
    तपाईहरुको यो अध्ययन टोलीलाई लाख लाख धन्नेबाद

  4. प्रकाश जिजिच says:

    यो काम अत्यन्तै प्रसंसा गर्न योग्य छ – जसरी यहांहरुले स्थलगत भ्रमण गरी अध्यन गर्नु भएको छ त्यसरी नै सम्बन्धीत हामी सबैले जानेबुझेका र थप जानकारीहरुलाई साटासाट तथा लिपिबद्ध गरेर संरक्षीत गर्न सकेको खण्डमा अझ राम्रो हुने थियो,
    तपाईहरुको यो अध्ययन टोलीलाई लाख लाख धन्नेबाद

  5. डा.लाल–श्याँकारेलु Rapacha says:

    लो लो रिम्शो पचा . बार्सिला ब .

  6. डा.लाल–श्याँकारेलु Rapacha says:

    लो लो रिम्शो पचा . बार्सिला ब .

Leave a Reply

Your email address will not be published. Required fields are marked *