All about Sunuwar

News

now browsing by category

 

आज कटुञ्जेमा भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत अध्ययन समितिको टोली

चुप्लु दाम्लोच
३० वैशाख, सिम्पानी । भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत अध्यययन समिति आज कटुञ्जेको कोइँच गाउँमा पुगेको छ । रापाचहरुको पुर्ख्यौली थलो कटुञ्जेमा अहिले गैर आदिवासीहरुको बाहुल्य रहेको छ । थोरै संख्यामा रहेका कोइँच भएको हुँदा भाषा तथा संस्कृति विस्तारै लोप हुँदै गएको देखिन्छ । वाच्पुबाट यसम माजुवा हुँदै विलन्दुबाट आज ककनी देयिको मन्दिर हुँदै ककनी खोला, दोभान, पहरेका कोइँचहरुसँग भेट गर्दै सिम्पानी पुगेको हो । यस क्रममा कोइँचले चर्ची भोगी आएको भूमि तथा प्राकृतिक स्रोतको सुचना संकलन कार्य भयो । साथै रापाचहरुको मुइलि मुइग्योको वारेमा पनि छलफल भयो । अध्ययन टोली भोलि हर्कपुर हुँदै प्राप्चा, श्रीचौर लाग्ने छ । लगभग कोइँचको पुर्ख्यौली थलोको अध्ययन अन्तिममा पुगेको छ ।

वाच्पुमा शाँदार पिदार गर्दै तर परम्परागत होइन

चुप्लु दामलोच
२८ वैशाख, वाच्पु । भोलि ओखलढुंगा जिल्ला पोकलि गा.वि.स वाच्पुमा शाँदार पिदार वर्ष पछि गरिँदै छ । तर यो शाँदार पिदार परम्परागत रुपमा गरिने शाँदार पिदार भने होइन । यसपालीको शाँदार पिदार सबै गाउँले मिलेर सुनुवार सेवा समाजको आयोजना चाखो चण्दी नाम दिइएको छ । यहाँ कुनै पनि जीव जन्तुको बली दिइने छैन । र, यस शाँदार पिदारमा परम्परागतरुपमा शाःरालु राखिएको ढोल भने झिकीने छैन । विहान थेलेरु चण्दीथान ९ बजे नाचगान गरेर दुध चढाएर नाअसो छैन भने चोखो चण्डी भनेर वर मागेर तल रेडक्रस पोकली मैदानमा दिउँसो नाचगान गरेर रमाइलो गरिने छन् । अनेक धर्म एक भाषा, जातीय पहिचान वचाइ राख भन्ने नारा सहित सुनुवार सेवा समाज पोकलीले सार्वाजानिकरुपमा रेडियो मार्फात विज्ञापन गरेर प्रचारप्रसार गरिएको छ ।

अरनिको यातायात समितिको स्टापले प्रितीमा कोइँच छोरीबुहारी माथि हातपात

चुप्लु दामलोच

२७ वैशाख, प्लेतति । अरनिको यातायात बा २ ख ४५३१ को कण्डक्टरले प्लेतति डाँडा गाउँका कोइँच तामिचाइमि -छोरी बुहारी) माथि जबर्जस्ती गर्ने दुस्प्रयास गरेका छन् । सिन्धुपाल्चोक कालिका गा.वि.स. का बुद्धिबहादुर भण्डारीले पानी खाने निहुमा घरभित्र पसी कोइँच तामि चाइमि माथि हातपात गर्ने दुस्प्रयास गरेका छन् । सो दोषी भण्डारीलाई अहिले प्रिती प्रहरी चौकी जिँगामलीमा सरजिमिन गरी थप कारवाहीको लागि जिल्ला चलन गरिँदै छ । यस घटनाले कोइँच वस्तीमा विकासको नाममा विनासको कार्य पनि सँगसँगै भइरहेको पुष्टी गर्दा छ । यस्ता घटनाले कोइँचहरुले आफ्नो सुरक्षाको निम्ती एकजुट हुन आवश्यकता देखिन्छ । साथै त्यस्ता व्यक्तिहरुलाई कडाभन्दा कडा कारवाही गर्नु पर्ने पनि स्थानीयवासीहरुको भनाइ रहेको छ । हामी कोइँच -सुनुवार) बेलैमा सचेत नहुने हो भने यस्ता गलत क्रियाकलाप गर्नेहरु दिन प्रति दिन बढ्दै जाने छन् ।

रागान पोइँब ग्याँमि ग्योर -थान) उद्घाटन

चुप्लु दामलोच

२७ वैशाख, रागिन । आज क्युइँतिचहरुको मुइग्यो रागिन ग्यामपोइँबको ग्योर -मन्दिर) आज उद्घाटन हुँदै छ । क्युइँतबु कल्याण कोषका अध्यक्ष तथा सुनुावर सेवा समाजका उपाध्यक्ष रणवीर सुनुवारले उद्घाटन गर्नु हुने छ । सुनुवार सेवा समाजको भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत अध्ययन समिति टोली कोइँच गाउँ घुमेर स्थलगत अध्ययन गर्ने रगनी पुगेको हो । अध्ययन टोली अहिले कोइँच गाउँको सबभन्दा अग्लो चुचुरो देम्बा पुगेर कोइँच भूमिको व्यापारीक केन्द्र खिजी फलाटे हुँदै मेसेलमि, रामबाले, कोरमडाँडा, शाँदार ग्योर, कोटगाउँ, रागान पोइँबग्याम, देविथानको म्यापिङ गर्दै आज रागानको कोइँच वारे अध्ययनको क्रममा छ ।

कोइँच वस्तीको अग्लो डाडा थोलेमा

चुप्लु दाम्लोच २६ बैशाख, थोले । अहिले सुनुवार सेवा समाजको प्रतिनिधि, सुनुवार डट ओआरजि, दुरदा डट कम र चुप्लु समाजको प्रतिनिधि कोइँच वस्तीको सवभन्दा अग्लो डाँडा थोले देम्बामा पुगेको छ । यो डाँडा कोइँचको भए पनि अहिले सेर्पाहरुले ध्वाजापत्का फहराउने काम गरेका छन् । अझै पनि कोइँचको भूमि छ । अहिले यो भूमिमा खस क्षेत्री र सेर्पाले अतिक्रमण गरेका छन् । हामी आज सोलुको सेबे शाँदारथानबाट देमबा -३३५० मि.) आइपुगेको हो ।

कोइँच वस्तीमा शाँदार पिदार धुमधामसँग हुँदै ः तर ढोल झयाम्ट बोक्नेको अभाव

चुप्लु दाम्लोच

२५ वैशाख, सेब । अहिले भूमि, भूअधिनत्व तथा र्पाकृतिक स्रोत अध्यययन समितिका अध्ययन टोली सोलु जिल्लाको ग्लोलि गा.वि.स. सेबे शाँदार थान -१९०४ मी.) मा पुगेको छ । प्लेततिको रारादेलबाट प्लेतति शाँदार पिदार अवलोकन गर्दै काँस थेल, चाराम, कुँबु शाँदार थान अवलोकन तथा ढोल झुण्डाएको हेर्दै लुँखिच, जेसपुच, क्याःब, थाङराच, थुङगुच, दुरबिच, दासुच, लासपाचको भूमि र भूअधिनत्व अध्ययन गरेका छन् । प्लेतति शाँदार पिदार कोइँच गाउँको सबैभन्दा ठूलो चाड मानिन्छ । यो कोइँच -सुनुवारं) को महत्वपूर्ण तीर्थयात्रा हो । यस्तै गरी कुँबु शाँदार ख्योम्पत, कास्तेल लास्पाचको, चाराम दासुचको शाँदार हो । गाउँमा अहिले शाँदार पिदार गर्न गाउँ मात्र होइन बेलायतदेखि पनि दर्सानार्थि आएका भेटियो । शाँदार पुर्णिमको दिन रमिता हेर्नेहरुको भीड अत्याधिक देखिए ता पनि अहिले वैदेसिक रोजगार तथा बसाइसराइका कारण गाउँमा गाउँ घुम्न तथा पिदार गर्न ढोल बजाउने कोइँचहरुको भने अभाव देखियो ।

लोपोन्मुख गील गर्ने नाअसो पोइँबा नामथेलमा

चुप्लु दामलोच

२३ वैशाख, नामथेल । कोदोको पिठोको पिण्ड दिनु पर्ने -पूर्खप्रतिको आक्रोश नामथेलका ओख -नामाडे) याअÞताहरुको । धारापानीको ओख याअताका मुखियाहरुले पछिसम्म पनि तिलपुङ, खिमतिको तिरोभारो उठाउँदै आएका थिए । चलाख व्यक्तिहरुका अगाडि सोझा जिमीभूमिका मालिक किपटीय कोइँचहरु अहिले सिमान्तकृत भएर बार्ँच्नु परेको छ । पहिला खिम्ती बेँसी कोइँचहरुकै थियो । Read More