All about Sunuwar

वल्लो किरात स्वायत्त प्रदेशले संविधान सभा घेराउ

सुनुवार डट ओआरजि समाचारदाता
१४ जेष्ठ,  यालाखोम । आज पनि सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, सुनुवार महिला समाज र अन्य आदिवासी जनजाति संस्थाहरुलगायत वल्लो किरात स्वायत्त प्रदेशको लागि संघर्षरत वल्लो किरात संघीय राज्य परिषदले  संविधान सभा नयाँ वानेश्वरको शंखमूल जाने सडकमा धर्ना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा नाराहरुका साथै बिभिन्न संग सस्थाहरुका प्रतिनिधिबाट मन्तव्य, गित तथा सुनुवारहरुको श्याँदर सिल पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम सकिए लगतै सम्पूर्ण जनजातिहरु मिलेर संयूक्त रुपमा रतभर दबाब दिनका निम्ती नयाँबानेश्वर एभरेष्ट होटेल अगाडी नारा लगाउदै बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *