All about Sunuwar

पर्ूव आदिवासी जनजाति सभासद्सभा (ककस) को प्रेस विज्ञप्ती

र्सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अभिमतबाट गठन भएको विश्वमा नै नमूना मानिएको समावेशी र समानुपातिक प्रतिनिधित्व भएको संविधानसभा नेपालका तीन राजनीतिक दल र मधेशी मोर्चाका नेताहरुको अकर्मण्यता र प्रतिगामी अडानका कारण मृत घोषित भएको छ । यसले गर्दा ऐतिहासिक जनआन्दोलन सहितका जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मधेशी आन्दोलन लगायतका आन्दोलनहरुको उपलब्धिहरुलाई संस्थागत गर्ने ऐतिहासिक अवसरबाट सिङ्गो मुलुक बञ्चित भएको छ । संक्रमणकाल अझै लम्बिने स्थितिले मुलुक अन्योल, अराजकता र अस्थिरताको अँध्यारो सुरुङ्गतिर प्रवेश हुने स्थिति बनेको छ ।  केही नेताहरुको अकर्मण्यता र अयोग्यताको शिकार बन्न सम्पर्ूण्ा सभासद्हरु अभिशप्त बनेका छन् । तर्सथ, नेपालका सम्पर्ूण्ा शान्तिकामी, उत्पीडित, उपेक्षित नेपाली जनताको आशा र अपेक्षा माथि तुषारापात गर्दै संविधानसभा विघटन भएको दिन २०६९ ज्येष्ठ १४ गतेलाई कालो दिन -कालो आइतवार) को रुपमा पर्ूव आदिवासी जनजाति सभासद्सभा -ककस) भर्त्सना र खेद प्रकट गर्दछ । साथै, उत्पीडित जाति, वर्ग र समुदायको हकहित प्राप्तीको ककसको संर्घष्ामा सहयोग र र्समर्थन गर्ने सम्पर्ूण्ा व्यक्ति एवं संघ संस्थाहरुप्रति आभार प्रकट गर्दछु । संविधानसभामा आदिवासी जनजातिहरुको आत्मनिर्ण्र्ाा स्वशासन सहितको स्वायत्तता, राज्यको सबै अंग र तहमा समानुपातिक समावेशी प्रतिनिधित्व र पहुँच, धर्म निरपेक्षता, भाषिक समानता र स्वतन्त्रता एवं गणतन्त्रको सुदृढिकरणको अभियानमासहभागी सम्पर्ूण्ा पर्ूव माननीय सभासद् ज्यूहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, संविधानसभा भित्र ककसको संर्घष्ालाई सडक संर्घष्ाको माध्यमबाट सहयोग गर्नु हुने आदिवासी जनजाति संयुक्त संर्घष्ा समिति लगायत सम्पर्ूण्ा आदिवासी जनजाति समुदाय प्रति हार्दिक आभार प्रकट गर्दछु ।
पृथ्वी सुब्बा गुरुङ्ग
अध्यक्ष
पर्ूव आदिवासी जनजाति सभासद्सभा -ककस)
मितिः २०६९ ज्येष्ठ १५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *