All about Sunuwar

सरकार तथा संविधान सभा तीन दलका नेताहरुको प्रा.लि. बनाएको तर्क

चुप्लु दामलोच
२१ जेठ, यालाखोम । आज अहिले कोइँच लगायत आदिवासी जनजातिहरुले मंगलबाजार पाटन दरबारक्षेत्रमा जनसभा तथा झाँकी प्रस्तुत गर्दै छ । नेपालको राजनीतिमा सरकार तथा संविधान सभा तीन दलका नेताहरुको प्रा.लि. बनाएको तर्क आदिवासी जनजातिको रहेको छ । यही कुराको पर्दाफास गर्न अहिले आदिवासी जनजाति नेताहरुले स्थानीयस्तरमा कार्यक्रम गर्ने भएको छन् । पहिचान सहितको राज्य पुनसंरचना गर्ने विषयमा सरकारभन्दा बाहिर बसेको उपेन्द्र यादाब समूहका मधेशवादी दल र नेपाली काङ्गे्रस र नेकपा एमालेले आदिवासी जनजातिको हकअधिकार विरुद्ध निर्णय लिएको संविधान बन्न नसकेको सर्वविविदै छ । अहिले नेकपा एमालेका नेताहरुले आफु विरुद्ध पार्टी उद्धार नभएको आरोप लगाएर पार्टी त्याग गर्ने धम्की दिइरहेका छन् भने नेपाली काङ्ग्रेसमा पनि त्यो रोग छिर्दै छ ।
तर हाम्रो पार्टीगत आदिवासी जनजाति नेताहरुको घैंटोमा घाम लाग्ने हो कि होइन त्यो भने हेर्न बाँकी छ । साँच्चिकै पार्टी छाड्ने मनसाय हो कि मन्त्री बन्न वा महत्वपूर्ण स्थान ओगट्न बार्गेनिङ गरेका हुन् ? आम आदिवासी जनजातिहरुमा जनचासो बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *