All about Sunuwar

News

now browsing by category

 

निर्वाचित भक्तपुर जिल्ला समिति पदाधिकारी तथा सदस्याहरु

सुनुवार डट ओआरजि समाचारदाता
यालाखोम, भाद्र ८ । सुनुवार सेवा समाज, भक्तपुर कार्य समिति दोस्रो जिल्ला अधिवेशन समापन भएको छ । कार्यक्रमा प्रमुख अथिति मन प्रसाद सुनुवार, सभापति गंगा सुनुवार हुनुहुन्थ्यो भने अथितिमा टिकाराम मुलिचा, लोकप्रिय सुनुवार, रनबिर सुनुवार, भुपेन्द्र सुनुवार, गोपाल सुनुवार, चन्द्र प्रकाश सुनुवार (शाङखु), मनोज सुनुवार हुनुहुन्थ्यो ।  अधिवेशनबाट सर्वसम्मति निम्नानुसार पदाधिकारी तथा सदस्याहरु निर्वात भएका छन् ।
१. अध्यक्ष ः     गंगा बा. सुनुवार
२. उपाध्यक्ष ः    बीर बा. सुनुवार
३. सचिव ः    सुदिप सुनुवार
४. सहसचिव ः    दुर्गा माया सुनुवार
५. कोषाध्यक्ष ः    केवलमान सुनुवार
सदस्यहरु ः Read More

ओखलढुङ्गाका १८ औं बिश्व आदिवासी दिवस कार्यक्रमका झलकहरु

ओखलढुङ्गाका आदिवासी जनजातिले मनाएका १८ औं बिश्व आदिवासी दिवस कार्यक्रमका झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos

ओखलढुङ्गा जिल्ला समिति सुनुवार सेवा समाजको दोश्रो जिल्ला सम्मेलनका झलकहरु

ओखलढुङ्गा जिल्ला समिति सुनुवार सेवा समाजको दोश्रो जिल्ला सम्मेलनका झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos

ओखलढुङ्गाका आदिवासी जनजातिको शक्ति पर््रदन

१८ औं आदिवासी दिवसको अवसरमा पहिलो पटक ओखलढुङ्गाका आदिवासी जनजातिले शक्ति पर््रदन गरे । यो ऐतिहासिक आदिवासी दिवस मनाउन वल्लो किरात संघीय राज्य परिषद तथा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषदका सदस्य वल्लो किरात संघीय राज्य परिषद तथा सुनुवार सेवा समाजका उपाध्यक्ष रणवीर सुनुवार पनि पुग्नु भएको थियो । ओखलढुङ्गा सिद्धीचरणको जन्मभूमि भनेर चिनिन्छ । रुम्जटारको राडीको नामले चिनिन्छ तर आदिवासी र्राई -बाहिङ, वाम्बुले, जेरुङ), कोइँच -सुनुवार) को आदिभूमि भनेर चिनिएको थ्एिन । हुन त यस जिल्लाबाट बलबहादुर, गोपाल, केसव र्राई, चन्द्रबहादुर, चम्पक सुनुवार नीति निर्माण तहमा नपुगेका पनि होइनन् तर उनीहरुले कहिल्यै आदिवासी जनजातिको केही काम गरेनन् । ओखलढुङ्गा जिल्लाको नाम समेत कपोलकल्पित नाम हुँदा हुँदै पनि चुपचाप बसे । वास्तवमा असली आदिवासी नाम भनेको चुप्लु हो, थियो । तर यस वर्ष१८ औं आदिवासी दिवसको अवसरमा हजारौंका आदिवासी जनजातिहरुले हर्षोल्लास साथ आविदसी दिवस त मानाए सँग सँगै राजनीतिक पार्टीलाई ‘हामी आदिवासी जनजाति अब राजनीतिक पार्टीको पिछालग्गु भएर बस्दैनौं । आफ्नो अधिकार प्राप्तीको लागि जस्तो सुकै संघर्ष गर्न तयार छौं।’ भनेर शक्ति पनि प्रदर्शन गरे ।
आदिवासी जनजाति दिवस मनाउन विगतमा जिविस हल आधा पनि नभरिने अवस्था थियो भने यस वर्ष गोरुमारे भञ्जेङबाट कोइँच -सुनुवार), राइ, तामाङ, गुरुङ, पहरी, शेर्पा, भूजेलले आफ्नो साँस्कृतिक झाँकी प्रस्तुत् गर्दा ओखलढुङ्गा बजार -रामबजार देखि गणेशथानसम्म अटुट लर्कन थियो ।) ढाकेको थियो । प्रमुख अतिथि मनप्रसाद सुनुवारले नेकपा एमाले र नेपाली काङ्ग्रेसका दुवै नेता सुनुवार भए पनि उनीहरु आविदसी जनजातिको मानवअधिकार प्रति गम्भीर नभएको बताउनु भयो । अब आदिवासी जनजाति हुनको लागि आदिवासी जनजातिको पहिचानको लागि संघर्ष गर्ने र उनीहरुको अधिकारको लागि बोल्ने जो विचारले आदिवासी जनजाति हुनु पर्छ, अनुहारले मात्र आदिवासी जनजाति भन्नले पटक पटक धोका खाएकोले सबै विचार गर्नु पर्ने समय आएको छ । जातिय पहिचान सहितको संघीयता चाहने शक्तिहरुसँग मात्र आदिवासी जनजातिहरुले सहकार्य र मोर्चाबन्दी गर्ने छ भन्ने थप तर्क राख्नु भयो । अतिथि तमु हृयुला छोँ धिका उपाध्यक्षले पनि आदिवासी जनजातिहरु अब राजनीतिक शक्ति सञ्चय गरेर सडक तताउन लाग्नु पर्ने बताउनु भयो ।

निर्वाचित ओखलढुङ्गा जिल्ला समिति पदाधिकारी तथा सदस्याहरु

भर्खरै सुनुवार सेवा समाज, ओखलढुङ्गा जिल्ला कार्य समिति दोश्रो जिल्ला अधिवेशनबाट सर्वसम्मति निम्नानुसार पदाधिकारी तथा सदस्याहरु निर्वाचित भएका छन् ः
अध्यक्ष : रेवतीरमण सुनुवार, कटुञ्जे १ ; उपाध्यक्ष : जाल्पादेवी सुनुवार, रगनी ३ ; सचिव : देवीध्वज सुनुवार, खिजी चण्डेश्वरी ६ ; सहसचिव : शान्तबहादुर सुनुवार, खिजी काती ७ ; कोषाध्यक्ष : लोकबहादुर सुनुवार, खिजी चण्डेश्वरी ५ ; सदस्यहरु, : अनिल सुनुवार, पलापु ९ ; पशुपति सुनुवार, पोकली ३ ; रमेशकुमार सुनुवार कटुन्जे ४ ; याम वहादुर सुनुवार चण्डेश्वरी ३ ; मान वहादुर सुनुवार रगनी ३ ; संगिता सुनुवार सिस्नेरी ३ ।
निर्वाचन समिति
संयोजक : अध्यक्ष प्रकाश तामाड, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद ओखलढुंगा, सदस्य सचिव : अध्यक्ष दिपेन्द्र रुम्दाली, किराँत रार्इ यायोक्खा जिल्ला कार्य समिति ओखलढुंगा, सदस्य : कोषाध्यक्ष पेम डोमा शेर्पा, नेपाल शेर्पा संघ, जिल्ला तदर्थ समिति, ओखलढुंगा, सदस्य : उपाध्यक्ष विनेादकुमार सुनुवार, आदिवासी जनजाति समन्वय समिति
सदस्य : सदस्य आशिष सुनुवार .

सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषदका अध्यक्ष मनप्रसाद सुनुवार, निवर्तमान जिल्ला अध्यक्ष बुद्धिराज मुलिचा, सुसेस उपअध्यक्ष रणवीर सुनुवारले वधाइ तथा सुभकामना दिनु भयो भने अन्य सहभागीले पनि शुभकामना तथा वधार्इ ज्ञापन गरेका थिए ।
जिल्ला सम्मेलनमा नवनिर्वाचित समितिलाई बधाइ दिँदै पहिचानसहितको राजनीतिका पक्षमा जोडदार आवाज उठाउन निर्देशन गर्नु भएको थियो ।

सुनुवार सेवा समाज ओखलढुङ्गाको जिल्ला सम्मेलन उद्घाटन सम्पन्न

चुप्लु दाम्लोच
२४ साउन, ओखलढुङ्गा । वर्षौं उत्पीडनमा रहेका कोइँच (सुनुवार) हरुले ओखलढुङ्गा सदरमुकाममा सुनुवार सेवा समाज जिल्ला समितिले आज ऐतिहासिक जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको दर्ुइ राजनीतिक पार्टी जुन जातीय पहिचानसहितको सङ्घीयताको विपक्षमा उभिएका पार्टीहरु हुन् का दर्ुइ कोइँच शिर्षा नेताहरु भने अनुपस्थित थिए । जुन पार्टीका प्रतिनिधि र केही पहिचानका पक्षधर पार्टीहरुको प्रतिनिधिहरुले यो जिल्ला कोइँच -सुनुवार) हरुको पुर्ख्यौली थालो रहेको र बर्षौंदेखि ओखलढुङ्गामा स्थानीय तहको नेतृत्व सम्हालेको भन्दै नेपाली काङ्ग्रेसका प्रतिनिधिले लोकतन्त्रको रक्षा गर्न आव्हान गरे भने सुनुवारमा पनि वर्ग छ धनी गरिब छन् त्यसैले जातीय पहिचानले जनताको मुक्ति गर्न सक्दैन त्यसै वर्गीय कुरालाई महत्व दिन आव्हन गरे भने माओवादीका प्रतिनिधिले जातीय पहिचानसहितको संघीयता हाम्रो पार्टीको मुद्दा भएको सुनुवार सेवा समाजसँग मिलेर काम गर्न सक्ने बताउनु भएको थियो ।
उता आदिवासी जनजाति नेता लगायत प्रमुख अतिथि मनप्रसाद सुनुवारले आदिवासी जनजाति अनुहारले मात्र आदिवासी जनजाति नहुने विचारले हुनु पर्ने भएकोले सुनुवारहरु स्थानीय तहमा सुनुवारको उपस्थित भए पनि उनीहरु सुनुवारको प्रतिनिधि नभइ पार्टीको प्रतिनिधि भएको र सुनुवारको प्रतिनिधि हुनलाई सुनुवार सेवा समाजले पठाएको प्रतिनिधि हुनर्ुपर्छ भन्नु भयो ।अहिले जिल्ला कार्य समितिको लागि निर्वाचन प्रक्रिया अगाडि बढीरहेको छ । अहिले जिल्ला कार्य समितिको लागि निर्वाचन प्रक्रिया अगाडि बढीरहेको छ ।

सुनुवार सेवा समाज ओखलढुङ्गाको उद्घाटन

चुप्लु दाम्लोच
२४ साउन, ओखलढुङ्गा । सुनुवार सेवा समाज (सुसेस) तथा वल्लो किरात संघीय राज्य परिषदका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले पानसमा बत्ती बाली सुसेस ओखलढुङ्गा जिल्ला समितिको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्नु भएको छ । जिल्ला प्रसाशनका प्रतिनिधि विष्णुवहादुर भट्टार्राईले उद्घाटन व्यानर वाचन गर्नु भएको थियो भने नाअÞसो खड्गबहादुर र लालबहादुरले कोइँच परम्पराबाट जोर सागुनको पिदार गरी कार्यक्रमको उद्घाटन गरियो । परम्परागत कोइँच कलाकारहरु डिवीराज, उज्जन, उमेश, वीरबहादुर, कोपबहादुर, नीरकुमार सुनुवार, सञ्जोग रुपाच, पशुपति, वेदबहादुर सुनुवार आदिले कोइँच दुमो बजाएर कार्यक्रमको उद्घाटनमा साथ दिएका छन् । यज्ञराज सुनुवार नेकपा एमालेका जिल्ला अध्यक्ष र प्रदिप सुनुवार नेपाली काङ्ग्रेसको सभापति भए पनि पार्टी प्रतिनिधि मात्र उपस्थित रहे ।