All about Sunuwar

सुनुवार सेवा समाज ओखलढुङ्गाको उद्घाटन

चुप्लु दाम्लोच
२४ साउन, ओखलढुङ्गा । सुनुवार सेवा समाज (सुसेस) तथा वल्लो किरात संघीय राज्य परिषदका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले पानसमा बत्ती बाली सुसेस ओखलढुङ्गा जिल्ला समितिको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्नु भएको छ । जिल्ला प्रसाशनका प्रतिनिधि विष्णुवहादुर भट्टार्राईले उद्घाटन व्यानर वाचन गर्नु भएको थियो भने नाअÞसो खड्गबहादुर र लालबहादुरले कोइँच परम्पराबाट जोर सागुनको पिदार गरी कार्यक्रमको उद्घाटन गरियो । परम्परागत कोइँच कलाकारहरु डिवीराज, उज्जन, उमेश, वीरबहादुर, कोपबहादुर, नीरकुमार सुनुवार, सञ्जोग रुपाच, पशुपति, वेदबहादुर सुनुवार आदिले कोइँच दुमो बजाएर कार्यक्रमको उद्घाटनमा साथ दिएका छन् । यज्ञराज सुनुवार नेकपा एमालेका जिल्ला अध्यक्ष र प्रदिप सुनुवार नेपाली काङ्ग्रेसको सभापति भए पनि पार्टी प्रतिनिधि मात्र उपस्थित रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *