News
now browsing by category
सहयोगको लागि हार्दिक अपील
भनिन्छ, मृत्यु शास्वत सत्य हो । हामीलाई पनि लाग्थ्यो मृत्यु त्रूmर भए पनि पीडक भने होइन । हजुर, लाउँ–लाउँ, खाउँ–खाउँ भन्ने उमेरमा अनावश्यक पीडा दिएर जबर्जस्ती मृत्यु संघारमा धकेल्न खोज्नु अवश्य पनि न्यायसंगत होइन । हो, यस्तै परिस्थितिको सिर्जना भएको छ रामेछाप जिल्ला प्रिती गाउँ विकास समिति वडा नं. ६ का बिलबहादुर सुनुवारको नाति लालबहादुर सुनुवारको छोरा वर्ष ३७ को गुणदास सुनुवारलाई । दुवै मिर्गौला पूर्णरूपमा क्षति भएका सुनुवारका विगत एक वर्षदेखि राष्ट्रिय मिर्गौला उपाचार केन्द्र वनस्थली काठमाडौंमा हप्ताको दुई दिन प्रति दिन
रु. ५,०००।– शुल्क तिरेर डाइलसिस गराइरहेका छन् । लामो समय महँगो उपचार गर्नु परेकोले थप उपचार तथा मिर्गौला प्रत्यारोपणको लागि आर्थिक अभाव भएको हुँदा आर्थिक सहयोग गरिदिन सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरिन्छ । इच्छुक शुभचिन्तकहरूले गुणदास सुनुवारको नाममा रहेको एनसिसि बैंक चाबहिलको खाता नं. ०६८३३१S मा सिधै सहयोग रकम जम्मा गर्न सक्नुहुने छ ।
चुप्लु समाज, सुनुवार डट ओआरजि, सुनुवार सेवा समाज, गुणदास सुनुवार सहयोग समिति । Click here for more detail
सुनुवार सेवा समाज काठमाडौं जिल्ला सम्मेलन सम्पन्न
सुनुवार डट ओआरजि समाचारदाता । १३ असोज । सुनुवार सेवा समाज काठमाडौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले गोपालबहादुर सुनुवार अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यकारिणी समितिको समेत निर्वाचन गरेको छ । सो समितिमा उपाध्यक्षमा मानबहादुर सुनुवार, सचिवमा उत्तमकुमार सुनुवार, सह-सचिव आषिश वाइ.सि. सुनुवार, कोषाध्यक्ष शोभा सुनुवार, सदस्यहरु प्रेम सुनुवार, यमराज सुनुवार, राज कुमार रापाचा, शोभा सुनुवार, पदम कुमारी सुनुवार, महेश सुनुवार, लक्ष्मी सुनुवार रहेकाछन् ।
सुनुवार सेवा समाजलाई हालसम्म प्राप्त सहयोग
सुनुवार डट ओआरजि समाचारदाता ।
भदौ २८ । सुनुवार सेवा समाज केन्द्रीय समितिलाई २०६८ सालदेखि हालसम्म रु. १०८००० (रु. एक लाख आठ हजार) सहयोग प्राप्त भएको छ । कटारी, उदयपुरका दलबहादुर सुनुवार हाल नयाँ बानेश्वर, जिआरयू ब्रुनाईमा कार्यरत, ले सभाहलको कुर्सी किन्न रु. ५०,००० (पचास हजार) सहयोग गर्नु भएको थियो भने अपुग रकम रगनी, ओखलढुंगाका डबिन सुनुवार, हाल अमेरिकन एम्वेसीमा कार्यरत, ले रु. १०,००० (रु. दश हजार), र गुप्तेश्वर, रामेछापका पोष्टबहादुर सुनुवार हाल अमेरिकन एम्वेसीमा कार्यरत, ले रु. १०,००० (दश हजार) सहयोग उपलब्ध गराउँनु भएको छ ।
त्यसैगरी नेपालको प्रमुख समस्या भनेको लोडसेडिङ हो । यसको निराकरणको लागि प्रेमकुमार सुनुवार (क्याबनाइलु), गुप्तेश्वर १, रामेछापका हाल व्रिटिश आर्मी युकेमा कार्यरत, ले संस्थामा इन्भर्टर किन्न रु. ३०,००० (तीस हजार) सहयोग गर्नु भएको थियो भने गोपालबहादुर सुनुवार भूजि २ रामेछाप हाल न्यु साकुरा अप्टिकल, ज्ञानेश्वरमा व्यवसाय गरीरहेको, ले रु. ६,००० (छ हजार) को सभाको लागि सिलिङ फ्यान सहयोग गर्नु भएको थियो । थप सिलिङ फ्यान राख्न श्याम सुनुवार (रिल्मा याअता), प्रिती ८ हाल तल्छीखेल ज्ञानचोकमा सविसिवानी सेकुवा कर्नर तथा धराने कालो बङ्गुर र कुखुराको मासु पसल व्यवासय सञ्चालन गर्दै आएका, ले रु. २००० (दुई हजार) सहयोग गर्नु भएको छ ।
यी नगद सहयोग गर्ने कोइँचको आलवा विभिन्न क्षेत्रबाट सरसहयोग गर्ने सम्पूर्ण कोइँच (सुनुवार) लाई हार्दिक साधुवाद प्रकट गर्दै सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले सम्पूर्ण पहिचानप्रेमी कोइँच एक ठाउँमा उभिन हार्दिक आब्हान पनि गर्नु भयो ।
यस वर्ष देखि आम कोइँच (सुनुवार) ले सुनुवार सेवा समाज लगायत आम कोइँच (सुनुवार) को चाडपर्व कहिले, कुन, कुन चाड पर्छ र धर्म, कला संस्कृति संरक्षणको लागि कस्को भूमिका के हुने ? र कोइँचको थर के कति छन् भन्ने कुराको दस्तावेजीकरण गरिएको हुँदा आम कोइँच (सुनुवार) लाभन्वित हुने पनि बताउनु भयो ।
पहिरोका कारण कोइँच विस्थापित : चुपचाप सरकारी निकाय
चुप्लु दाम्लोच
भदौ २४ । कोइँचको शुशुच थरीहरुको मुल वस्ती ओखलढुंगा पात्ले गा.वि.स. वडा नंं ८ को जेसेमा पहिरोको कारण आठ घर सुनुवार विस्थापित भएका छन् । भदौ ८ गते पहिरो गए पनि सरकारी निकायले कुनै उद्धार कार्य गरेको छैन । सुनुवार सेवा समाज पात्ले गाउँ समितिका अध्यक्ष लालबहादुर सुनुवारले जिल्ला प्रशासनले राहत दिन तथा उद्धारको लागि चाहिने भएकोले तस्वीर खिच्ने क्यामरा समेत नभएको प्रहरीले जनाएको छ ।
जिल्लामा राजनीतिक दलमा यज्ञराज सुनुवार तथा प्रदिप सुनुवार भए पनि सुनुवारले कुनै राहत पाएका छैनन् ।
क्युइँतबु कल्याण कोषको सातौं वार्षिक साधारण सभा सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
भदौ २३ । कोइँच (सुनुवार) को विभिन्न थरीहरु मध्ये क्युइँतिचको प्रतिनिधिमूलक संस्था क्युइँतबु कल्याण कोषको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभामा गंगाबहादुर सुनुवार, मनोरमा सुनुवार, टिकाराम मुलिचले शुभकामना दिनु भएको थियो । संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको सो सभामा प्रमुख अतिथि सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले सबै कोइँचहरु एक भई कोइँच पहिचानको लागि लड्नु पर्र्ने बताउनु भयो ।
कोइँच परम्परागत विधिबाट उद्घाटन भएको सो कार्याक्रममा क्युइँतबु कल्याण कोषको नियमित प्रकाशन जत्नमुइँलि पनि सार्वजानिक गरिएको थियो । साथै सिन्धुली अमलेकी ८७ प्रतिशत अंक ल्याई कोइँच विद्यार्थीमा सर्वोत्कृष्ट विद्यार्थी प्रिया क्याःब सुनुवारलाई प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो ।
रिचमोण्ड नेपाली मेलामा किराँत सुनुवार सेवा समाज यूकेको सहभागिता ।
तमु धि एशोसियसन यूकेको आयोजनामा रिचमोण्ड एथलेटिक्स ग्राउण्ड, लण्डनमा २६ अगस्त २०१२को दिन हजारौ नेपालीहरुको सहभागितामा नेपाली मेला सम्पन्न भएको थियो । उक्त मेलामा किराँत सुनुवार सेवा समाज यूकेले आफनो भेष भूसामा ढोल, झ्याम्टा बजाउदै श्याँदर शिली प्रस्तुत गनेुका साथै कोइँच महिलाहरुले मार्चपास गरेका थिए । कार्यक्रममा जेनी सुनुवार र अभिशेक सुनुवारले नाच प्रतियोगीतामा भाग लिएका थिए । कार्यक्रमका झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos
केन्द्रीय तथ्याङ्क विभागद्वारा सुनुवार सेवा समाजसँग परामर्श
चुपलु दामलोच । केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना-२०६८ को तथ्याङ्कलाई अन्तिम तालिकीकरण गर्ने तयारीका क्रममा सुनुवार सेवा समाजलगायत दशनामी र कपडी जातिसँग विभाग निर्देशकले परामर्श लिइएको छ । उक्त छलफल कार्यक्रममा सङ्कलित तथ्याङ्कको प्र्रशोधन अन्तिम तयारीमा रहेकाले कसरी आफ्नो जाति वा समुदायको सही आँकाडा निकाल्न सकिन्छ र उक्त प्रशोधन कार्यका लागि सम्बन्धित जाति वा समुदायको प्रतिनिधि कसरी चयन गर्ने भन्ने बारेमा केन्द्रित रह्यो ।
राष्ट्रिय जनगणनामा गणकहरुले कतिपय स्थानहरुमा सही प्रश्न नसोधी आफूखुशी लगत भरेको र प्रश्न गर्दा पनि सही उत्तर नआएको भनी आफ्नै ढङ्गले तथ्याङ्क फाराम भरेको हुनाले लगतमा सोधिएका प्रश्नहरुको जवाफ गणकले टिप्दा आएका भिन्नतालाई कसरी समाधान गर्न सकिन्छ भन्ने परामर्शसहित अन्तिम प्रशोधनमा सम्बन्धित प्रतिनिधिको चयनका बारेमा छलफल भयो ।
राष्ट्रिय जनगणना-२०६८ मा सुनुवार सेवा समाजले विभिन्न जिल्लाहरुमा जनगणनासम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउन किङलो चुप्लु रेडियो उपत्यका काठमाडौं तथा हजुरको रेडियो रामेछापबाट जनचेतनामूलक प्रचार सामाग्रीहरु प्रसारण गरिएको थियो ।
उक्त परामर्श कार्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवार प्रथम उपाध्यक्ष रनबीर सुनुवार र संस्कृति तथा अनुसन्धान विभाग प्रमुख उत्तमकुमार सुनुवारको उपस्थिति रहेको थियो ।
सुनुवार सेवा समाजले जनसंख्या तथ्याङ्क प्रशोधनका लागि केन्द्रीय तथ्याङ्क विभागलाई विभिन्न बुँदागत जानकारीसहित ज्ञापनपत्र बुझाएको थियो ।
