All about Sunuwar

ओखलढुङ्गाका आदिवासी जनजातिको शक्ति पर््रदन

१८ औं आदिवासी दिवसको अवसरमा पहिलो पटक ओखलढुङ्गाका आदिवासी जनजातिले शक्ति पर््रदन गरे । यो ऐतिहासिक आदिवासी दिवस मनाउन वल्लो किरात संघीय राज्य परिषद तथा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषदका सदस्य वल्लो किरात संघीय राज्य परिषद तथा सुनुवार सेवा समाजका उपाध्यक्ष रणवीर सुनुवार पनि पुग्नु भएको थियो । ओखलढुङ्गा सिद्धीचरणको जन्मभूमि भनेर चिनिन्छ । रुम्जटारको राडीको नामले चिनिन्छ तर आदिवासी र्राई -बाहिङ, वाम्बुले, जेरुङ), कोइँच -सुनुवार) को आदिभूमि भनेर चिनिएको थ्एिन । हुन त यस जिल्लाबाट बलबहादुर, गोपाल, केसव र्राई, चन्द्रबहादुर, चम्पक सुनुवार नीति निर्माण तहमा नपुगेका पनि होइनन् तर उनीहरुले कहिल्यै आदिवासी जनजातिको केही काम गरेनन् । ओखलढुङ्गा जिल्लाको नाम समेत कपोलकल्पित नाम हुँदा हुँदै पनि चुपचाप बसे । वास्तवमा असली आदिवासी नाम भनेको चुप्लु हो, थियो । तर यस वर्ष१८ औं आदिवासी दिवसको अवसरमा हजारौंका आदिवासी जनजातिहरुले हर्षोल्लास साथ आविदसी दिवस त मानाए सँग सँगै राजनीतिक पार्टीलाई ‘हामी आदिवासी जनजाति अब राजनीतिक पार्टीको पिछालग्गु भएर बस्दैनौं । आफ्नो अधिकार प्राप्तीको लागि जस्तो सुकै संघर्ष गर्न तयार छौं।’ भनेर शक्ति पनि प्रदर्शन गरे ।
आदिवासी जनजाति दिवस मनाउन विगतमा जिविस हल आधा पनि नभरिने अवस्था थियो भने यस वर्ष गोरुमारे भञ्जेङबाट कोइँच -सुनुवार), राइ, तामाङ, गुरुङ, पहरी, शेर्पा, भूजेलले आफ्नो साँस्कृतिक झाँकी प्रस्तुत् गर्दा ओखलढुङ्गा बजार -रामबजार देखि गणेशथानसम्म अटुट लर्कन थियो ।) ढाकेको थियो । प्रमुख अतिथि मनप्रसाद सुनुवारले नेकपा एमाले र नेपाली काङ्ग्रेसका दुवै नेता सुनुवार भए पनि उनीहरु आविदसी जनजातिको मानवअधिकार प्रति गम्भीर नभएको बताउनु भयो । अब आदिवासी जनजाति हुनको लागि आदिवासी जनजातिको पहिचानको लागि संघर्ष गर्ने र उनीहरुको अधिकारको लागि बोल्ने जो विचारले आदिवासी जनजाति हुनु पर्छ, अनुहारले मात्र आदिवासी जनजाति भन्नले पटक पटक धोका खाएकोले सबै विचार गर्नु पर्ने समय आएको छ । जातिय पहिचान सहितको संघीयता चाहने शक्तिहरुसँग मात्र आदिवासी जनजातिहरुले सहकार्य र मोर्चाबन्दी गर्ने छ भन्ने थप तर्क राख्नु भयो । अतिथि तमु हृयुला छोँ धिका उपाध्यक्षले पनि आदिवासी जनजातिहरु अब राजनीतिक शक्ति सञ्चय गरेर सडक तताउन लाग्नु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *