All about Sunuwar

सुनुवार सेवा समाज ओखलढुङ्गाको जिल्ला सम्मेलन उद्घाटन सम्पन्न

चुप्लु दाम्लोच
२४ साउन, ओखलढुङ्गा । वर्षौं उत्पीडनमा रहेका कोइँच (सुनुवार) हरुले ओखलढुङ्गा सदरमुकाममा सुनुवार सेवा समाज जिल्ला समितिले आज ऐतिहासिक जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको दर्ुइ राजनीतिक पार्टी जुन जातीय पहिचानसहितको सङ्घीयताको विपक्षमा उभिएका पार्टीहरु हुन् का दर्ुइ कोइँच शिर्षा नेताहरु भने अनुपस्थित थिए । जुन पार्टीका प्रतिनिधि र केही पहिचानका पक्षधर पार्टीहरुको प्रतिनिधिहरुले यो जिल्ला कोइँच -सुनुवार) हरुको पुर्ख्यौली थालो रहेको र बर्षौंदेखि ओखलढुङ्गामा स्थानीय तहको नेतृत्व सम्हालेको भन्दै नेपाली काङ्ग्रेसका प्रतिनिधिले लोकतन्त्रको रक्षा गर्न आव्हान गरे भने सुनुवारमा पनि वर्ग छ धनी गरिब छन् त्यसैले जातीय पहिचानले जनताको मुक्ति गर्न सक्दैन त्यसै वर्गीय कुरालाई महत्व दिन आव्हन गरे भने माओवादीका प्रतिनिधिले जातीय पहिचानसहितको संघीयता हाम्रो पार्टीको मुद्दा भएको सुनुवार सेवा समाजसँग मिलेर काम गर्न सक्ने बताउनु भएको थियो ।
उता आदिवासी जनजाति नेता लगायत प्रमुख अतिथि मनप्रसाद सुनुवारले आदिवासी जनजाति अनुहारले मात्र आदिवासी जनजाति नहुने विचारले हुनु पर्ने भएकोले सुनुवारहरु स्थानीय तहमा सुनुवारको उपस्थित भए पनि उनीहरु सुनुवारको प्रतिनिधि नभइ पार्टीको प्रतिनिधि भएको र सुनुवारको प्रतिनिधि हुनलाई सुनुवार सेवा समाजले पठाएको प्रतिनिधि हुनर्ुपर्छ भन्नु भयो ।अहिले जिल्ला कार्य समितिको लागि निर्वाचन प्रक्रिया अगाडि बढीरहेको छ । अहिले जिल्ला कार्य समितिको लागि निर्वाचन प्रक्रिया अगाडि बढीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *