News
now browsing by category
किराँत सुनुवार सेवा समाज युकेको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न
गत ५ जनवरी २०१३ शनिबारको दिन किराँत सुनुवार सेवा समाज (किसुसेस) युकेको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भयो । संस्थाका अध्यक्ष जंग सुनुवारको सभापतित्वमा बसेको उक्त सभा हेरो लण्डन फुटवल क्लबको हलमा सम्पन्न भएको थियो । अध्यक्ष र महासचिव छत्र सुनुवारले सभालाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
वर्षभरि संस्थाले गर्दै आएको गतिविधि तथा प्रगति प्रतिवेदनलाई महासचिव छत्र सुनुवारले पेश गरेका थिए । यसैगरी कोषाध्यक्ष पूर्णकुमार सुनुवारले आय–व्यय विवरण तथा आर्थिक प्रतिवेदनलाई पारदर्शितापूर्वक प्रस्तुत गरेका थिए । जसलाई सर्व सम्मतिबाट अनुमोदन गरिएको थियो ।
यही आउँदो २०१३ डिसेम्बरमा वर्तमान कार्य समितिको कार्यकाल पूरा हुने र नयाँ कार्य समिति चयन गरिने विषयमाथि वृहत छलफल गरिएको थियो । किसुसेस संस्थाका सल्लाहकार तथा जनजाति महासंघका कोषाध्यक्ष होम सुनुवारले आदिवासी जनजाति महासंघ युकेको उद्देश्यमाथि सविस्तार प्रकाश पारेका थिए ।
सदस्य नवीकरण र नयाँ सदस्यसम्बन्धी नीति निर्धारणको बारेमा पनि वृहत छलफल गरिएको थियो । कार्ययोजनालाई बढी प्रभावकारी र गतिशील रूप दिने उद्देश्यले छुट्टै उपसमिति बनाउनुपर्ने कुरा पारित भयो । उक्त उपसमितिको संयोजकमा प्रकाश सुनुवार छनौट भएका छन् । Read More
गाउँ गाउँमा कोइँच भाषा र भेषभूषाको जागरण
चुप्लु दाम्लोच । २६ पुस, काठमाडौं । जगवीर कोरमोच (८०) सुनुवारको बाउले लगाउने यो क्लातोलीलाई उनका नाती थिरबहादुर कोरमोच सुनुवार -रुकमान) ले सङ्कलन गरीरहेका छन् । पात्ले गाउँ जेसेका उनी अहिले गाउँमा कोइँच भाषा र संस्कृतिको जागरण आएको बताउँछन् । अहिले पोकलीबाट ढोल लगेर शाँदार नााच नाच्न प्रशिक्षण भईरहेको छ । भाषिक जागरण आइरहेको छ । पात्लेको छेरमादिङमा नाच समेत देखाएका थिए । Read More
पहिचानको लागि शुशुच कोइँचहरु संगठित
चुप्लु दाम्लोच । २२ पौष, काठमाडौं । मोलङ खोला पानीढलो पुर्ख्यौली थलो भएका कोइँच (सुनुवार) का एक थरी शुशुच कोइँच आज विधिवतरुपमा संगठित भएका छन् । हिजो एक भाषा, एक भेष हाम्रो राजा हाम्रो देश भन्ने नाराले मात्र होइन बहुदलीय प्रजातन्त्र आए पछि पनि हिन्दू तन्त्रका कारण आफ्नो भाषा कला संस्कृति र पहिचान विस्तारै गुमाउँदै गएको कोइँचका शुशुच थरीहरु आफ्नो पहिचानका लागि जुर्मुराएको बताउँछन् संगठिन गर्ने क्रममा नवगठित शुशुच संस्थाका अध्यक्ष यमतचन्द्र सुनुवार (आशिष) । शुशुच वंशवली निर्माण, भाषा, धर्म, संस्कार संस्कृति, परम्परागत कला -साहित्य, न्याय प्रणाली, शुशुचको लिखित अलिखित इतिहास, सामाजिक चालचलन, जीवन पद्धतिको संरक्षण सम्बर्रर््द्धन, प्रवर्रर््द्धन तथा आर्थिक उन्नतिको लागि काठमाडौ बौद्ध महाँकालमा शुशुच तथा शुशुचका थारिकुतिको एक भेलाले शुशुच कोइँच चुप्लु (शुशुच समाज) नामक संस्था गठन गरेको छ । आशिष सुनुवार (वाइ सि) को अध्यक्षतामा गठित सो संसथामा क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव , कोषाध्यक्ष र सदस्यहरु निम्नानुसार रहेका छन् : केवलमान सुनुवार, प्राप्चा, मानबहादुर सुनुवार, पात्ले, सहसचिव सविना सुनुवार पात्ले, हेमबहादुर सुनुवार पात्ले, सविना सुनुवार खिजीकाती, ज्ञानबहादुर सुुनुवार पात्ले ओखलढुङ्गा ।
अब शुशुचहरुको एकता तथा कोइँच ऐक्यवद्धता तथा पहिचानको राजनीतिको लागि विभिन्न युवामैत्री कार्यक्रम सञ्चालनमा ल्याउने बताउँदै नवगठित समाजका अध्यक्ष आशिष सुनुवार वाइ सि ले पहिचानको स्रोत सर्न्दर्भ तथा अनुसन्धान सल्लाहकारमा उत्तमकुमार काःतिच सुनुवार, खिजी काती तथा थारिकुति सल्लाकारमा घनश्याम सुनुवार (तोँकुच) लिस्पु ओखलढुङ्गालाई मनोनयन गरेको र थप सल्लाहकारहरु क्रमश: थप्दै जाने पनि बताउनु भयो ।
विश्वभरि छरिएर रहेका शुशुचहरुलाई गोलबद्ध गरी शुशुचको पहिचानको लागि युवाहरुलाई सक्रिय पा्र्न युवामैत्री नीति तथा विधान मस्यौध तयार पार्न उत्तमकुमार सुनुवारको संयोजकत्वमा आशिष तथा हेमबहादुर सुनुवारको एक विधान मस्यौध तयारी समिति समेत गठन गरिएको छ ।
किरातहरुको महान चाड शाँदार पिदार टुडीखेलमा धुमधामसँग मनाउँदै
सुनुवार डट ओआरजी समाचारदाता
२१ पुस, काठमाण्डौं ।
लिकु थेरर पोकाली
व्लोशो रिमशो आँकाली
(हा…हा… हाँसल – हाँसल ) २
व्लुकुम साला सिल पाने
मेग्योम थिति मुल भाने
(हा…हा… हाँसल – हाँसल ) २
हाँसालताम्साल थोइँतका
कोइँचआ मुल्केम कोइँतका
(हा…हा… हाँसल – हाँसल ) २ …………………..
यस्तै यस्तै भन्दै हाँसालताम्साल गर्दै किराती कोइँच (सुनुवार)को महान चाड शाँदर पिदारको उपलक्ष्यमा आज मनाइयो । सुनुवार सेवा समाज काठमाण्डौं जिल्ला समितिको आयोजनामा मनाइएको आजको चाडमा कोइँचहरुको उपस्थिती निकै देखिएको थियो ।
आदरणीय वेवभिजिटर मित्रहरु भिडीयो अपलोड गर्दा केहि समस्या आएको हुनाले केहि दिनमा नै अपलोड हुने जानकारी गराउदाछौं ।
सुनुवार समाज सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न
सुनुवार डट ओआरजि समाचारदाता ।
२१ गते पौष, काठमाडौं । सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. ले एक महिनामा १३ लाखको कारोवार गरेको छ । सुनुवार सेवा समाजका सदस्यहरुले मिलेर २०६९ असोज २९ गते कानुनीरुपमा विधिवत् दर्ता गरी स्थापित सहकारी संस्थाको प्रारम्भिक साधारण सभामा कोषाध्यक्ष छविलाल सुनुवारले प्रस्तुत् गरेको आर्थिक प्रतिवेदनमा उक्ता कारोवार वारे उल्लेख गरिएको छ ।
डा. बलबहादुर मुखियाले शुभकामना मन्तव्यको क्रममा सुनुवार समाज वचत तथा सहकारी संस्था लि. ले शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् भने प्रमुख अतिथि सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले यस सहकारी संस्थाले सुनुवारको समग्र आर्थिक उन्नतिको समग्र प्याकेज कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव राख्नु भएको छ । सो साधारण सभाबाट विश्वकिरण सुनुवारको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समितिको पनि निर्वाचन गरेको छ । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरुमा क्रमशः छविलाल सुनुवार, समिर सुनुवार, इन्द्रकुमार सुनुवार, शोभादेवी सुनुवार, रणवीर सुनुवार, तारादेवी सुनुवार, चन्द्रप्रकाश सुनुवार हुनु हुन्छ भने बृहस्पति सुनुवारको संयोजकत्वमा समीर मुखिया सुनुवार, यामकुमारी सुनुवार सहितको तीन सदस्यीय लेखा समितिको पनि गठन गरिएको छ ।
अन्य समिति गठन गर्न सञ्चालक समितिलाई जिम्मा दिइएको छ भने आउँदो एक वर्षा सम्पर्ूण्ा सुनुवारहरु विच सहकारी संस्था सम्बन्धि जानकारी गराउने समेत प्रतिवद्धता जाहेर गरिएको थियो ।
समाजिक लोकतान्त्रिक पार्टी संघीय तदर्थ समितिको नामावली
क. अध्यक्ष मण्डल
क्र.सं. नाम थर जिल्ला
१ डा. चैतन्य सुब्बा काठमाण्डौ
२ श्री कुमार र्राई भोजपुर
३ श्री बमकुमारी बुढामगर रोल्पा
४ श्री पासाङ सर्ेपा ताप्लेजुङ
५ श्री दलमर्दन कामी सुनसरी
६ श्री ज्योति दनुवार सिराह
७ श्री निमा ग्याल्जेन सर्ेपा -हृयोल्मो) सिन्धुपाल्चोक
संघीय सदस्यहरु
क्र.सं. नाम थर जिल्ला सर्म्पर्क नं.
१ श्री बिसन र्राई खोटाङ
२ श्री सुवास तामाङ नुवाकोट Read More
किरात कोइँच (सुनुवार) को महान चाड शाँदार पिदार धुमधामसँग मनाउँदै किरातीहरु
सुनुवार डट ओआरजि समाचारदाता ।
१३ पुस, ललितपुर । २०५८ सालदेखि नेपाल सरकारले राष्ट्रिय चाड घोषणा गरेको किरात चाड (शाँदार पिदार, चासोक तङनाम, चोसुवा, उधौली) ले आज ११ वर्षपुरा गरेको छ । यसै सर्न्दर्भमा सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको आयोजनामा सानो हात्तिवनमा धुमधामसँग पूजाअर्चना गरी किरात चाड शाँदार पिदार सम्पन्न गरेका छन् । यस चाडको उपलक्ष्यमा विश्वभरि छरिएर रहेका किरातीहरुले शुभकामना आदान प्रदान गरी शाँदार पिदार मनाउने गर्दाछन् । अहिले नखिपोट खेलमैदानमा कोइँच र र्राईहरुले धुमधाम शाँदार नाच नाच्दै आफ्नो चाड मनाउँदै छन् ।
आदरणीय वेवभिजिटर मित्रहरु भिडीयो अपलोड गर्दै छौं कृपय धर्ैय गर्नु होला ।
