All about Sunuwar

सुनुवार समाज सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न

सुनुवार डट ओआरजि समाचारदाता ।
२१ गते पौष, काठमाडौं । सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. ले एक महिनामा १३ लाखको कारोवार गरेको छ । सुनुवार सेवा समाजका सदस्यहरुले मिलेर २०६९ असोज २९ गते कानुनीरुपमा विधिवत् दर्ता गरी स्थापित सहकारी संस्थाको प्रारम्भिक साधारण सभामा कोषाध्यक्ष छविलाल सुनुवारले प्रस्तुत् गरेको आर्थिक प्रतिवेदनमा उक्ता कारोवार वारे उल्लेख गरिएको छ ।
डा. बलबहादुर मुखियाले शुभकामना मन्तव्यको क्रममा सुनुवार समाज वचत तथा सहकारी संस्था लि. ले शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् भने प्रमुख अतिथि सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले यस सहकारी संस्थाले सुनुवारको समग्र आर्थिक उन्नतिको समग्र प्याकेज कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव राख्नु भएको छ । सो साधारण सभाबाट विश्वकिरण सुनुवारको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समितिको पनि निर्वाचन गरेको छ । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरुमा क्रमशः छविलाल सुनुवार, समिर सुनुवार, इन्द्रकुमार सुनुवार, शोभादेवी सुनुवार, रणवीर सुनुवार, तारादेवी सुनुवार, चन्द्रप्रकाश सुनुवार हुनु हुन्छ भने बृहस्पति सुनुवारको संयोजकत्वमा समीर मुखिया सुनुवार, यामकुमारी सुनुवार सहितको तीन सदस्यीय लेखा समितिको पनि गठन गरिएको छ ।
अन्य समिति गठन गर्न सञ्चालक समितिलाई जिम्मा दिइएको छ भने आउँदो एक वर्षा सम्पर्ूण्ा सुनुवारहरु विच सहकारी संस्था सम्बन्धि जानकारी गराउने समेत प्रतिवद्धता जाहेर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *