All about Sunuwar

पहिचानको लागि शुशुच कोइँचहरु संगठित

चुप्लु दाम्लोच । २२ पौष, काठमाडौं । मोलङ खोला पानीढलो पुर्ख्यौली थलो भएका कोइँच (सुनुवार) का एक थरी शुशुच कोइँच आज विधिवतरुपमा संगठित भएका छन् । हिजो एक भाषा, एक भेष हाम्रो राजा हाम्रो देश भन्ने नाराले मात्र होइन बहुदलीय प्रजातन्त्र आए पछि पनि हिन्दू तन्त्रका कारण आफ्नो भाषा कला संस्कृति र पहिचान विस्तारै गुमाउँदै गएको कोइँचका शुशुच थरीहरु आफ्नो पहिचानका लागि जुर्मुराएको बताउँछन् संगठिन गर्ने क्रममा नवगठित शुशुच संस्थाका अध्यक्ष यमतचन्द्र सुनुवार (आशिष) । शुशुच वंशवली निर्माण, भाषा, धर्म, संस्कार संस्कृति, परम्परागत कला -साहित्य, न्याय प्रणाली, शुशुचको लिखित अलिखित इतिहास, सामाजिक चालचलन, जीवन पद्धतिको संरक्षण सम्बर्रर््द्धन, प्रवर्रर््द्धन तथा आर्थिक उन्नतिको लागि काठमाडौ बौद्ध महाँकालमा शुशुच तथा शुशुचका थारिकुतिको एक भेलाले शुशुच कोइँच चुप्लु (शुशुच समाज) नामक संस्था गठन गरेको छ । आशिष सुनुवार (वाइ सि) को अध्यक्षतामा गठित सो संसथामा क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव , कोषाध्यक्ष र सदस्यहरु निम्नानुसार रहेका छन् : केवलमान सुनुवार, प्राप्चा, मानबहादुर सुनुवार, पात्ले, सहसचिव सविना सुनुवार पात्ले, हेमबहादुर सुनुवार पात्ले, सविना सुनुवार खिजीकाती, ज्ञानबहादुर सुुनुवार पात्ले ओखलढुङ्गा ।
अब शुशुचहरुको एकता तथा कोइँच ऐक्यवद्धता तथा पहिचानको राजनीतिको लागि विभिन्न युवामैत्री कार्यक्रम सञ्चालनमा ल्याउने बताउँदै नवगठित समाजका अध्यक्ष आशिष सुनुवार वाइ सि ले पहिचानको स्रोत सर्न्दर्भ तथा अनुसन्धान सल्लाहकारमा उत्तमकुमार काःतिच सुनुवार, खिजी काती तथा थारिकुति सल्लाकारमा घनश्याम सुनुवार (तोँकुच) लिस्पु ओखलढुङ्गालाई मनोनयन गरेको र थप सल्लाहकारहरु क्रमश: थप्दै जाने पनि बताउनु भयो ।
विश्वभरि छरिएर रहेका शुशुचहरुलाई गोलबद्ध गरी शुशुचको पहिचानको लागि युवाहरुलाई सक्रिय पा्र्न युवामैत्री नीति तथा विधान मस्यौध तयार पार्न उत्तमकुमार सुनुवारको संयोजकत्वमा आशिष तथा हेमबहादुर सुनुवारको एक विधान मस्यौध तयारी समिति समेत गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *