All about Sunuwar

गाउँ गाउँमा कोइँच भाषा र भेषभूषाको जागरण

चुप्लु दाम्लोच । २६ पुस, काठमाडौं । जगवीर कोरमोच (८०) सुनुवारको बाउले लगाउने यो क्लातोलीलाई उनका नाती थिरबहादुर कोरमोच सुनुवार -रुकमान) ले सङ्कलन गरीरहेका छन् । पात्ले गाउँ जेसेका उनी अहिले गाउँमा कोइँच भाषा र संस्कृतिको जागरण आएको बताउँछन् । अहिले पोकलीबाट ढोल लगेर शाँदार नााच नाच्न प्रशिक्षण भईरहेको छ । भाषिक जागरण आइरहेको छ । पात्लेको छेरमादिङमा नाच समेत देखाएका थिए । अहिले गाउँमा समिर सुनुवारले ढोल बजाउन सिकाइरहेका छन् । यस गा.वि.स. मा पहरी, शेर्पा, तामाङ, मगर आदिवासी जनजाति छन् । यो गाउँ शुशुच कोइँचको पुर्ख्यौली थलो हो । कोइँचको भेषभूषाको सम्पूर्ण सेट थियो । हामीलाई शुरुमा आफ्नो जाति भाषाको बारेमा जानकारी नहुँदा सबै फालिएको रुकमान बताउँछन् । उहिले बाजेको पालामा प्राप्चामा शाँदार गर्दा कोइँच भेषभूषा लगाएर शाँदार नाच नाचिने कुरा बाजेले बताउनु हुन्थ्यो – रुकमान बताउँछन् ।
नेपालमा आदिवासी जनजातिहरुको आन्दोलनबाट आइ एल ओ १६९ महासन्धि लागु भए पछि यो चेतना आएको हो । गाउँ र जिल्लाबाट आदिवासी जनजातिको संस्कार संस्कृति जोगाउन वाषिर्क रुपमा जम्मा बजेटको ५ देखि १५ प्रतिशतसम्म बजेट छुटाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *