All about Sunuwar

News

now browsing by category

 

उधौली शाँदारपिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान

सुनुवार डट ओआरजी
उधौली शाँदारपिदारको उपलक्ष्यमा सुनुवार सेवा समाजले शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले शुभकामना मन्तव्य दिँदै संविधानसभा विघटनपछि दलहरुले नैतिक जिम्मेवारी लिई आत्मालोचना गर्नको बदला एकापसमा आरोप–प्रत्यारोप गरी जनतालाई अलमल्याएको प्रसंगसमेत निकाले ।
‘निर्वाचनमा पराजितहरूको सक्रियता बढ्नाले संविधानसभा विघटन हुन पुगेको हो,’ उनले भने, ‘संविधानसभा विघटनपछि दलहरूले नैतिक जिम्मेवारी लिई आत्मालोचना गर्नुको सट्टा आपसमा आरोप–प्रत्यारोप गरी जनतालाई अलमल्याएका छन् ।’ जनसंविधान जारी गर्न संविधानसभा निर्वाचन गरिएको बताउँदै शेर्पाले विघटन गरिनुलाई ‘निर्लज्ज’ भनी टिप्पणी गरे । ‘आदिवासी जनजातिकै मुद्दाका कारण संविधानसभा विघटन भएको हो भन्ने खण्डनसमेत गर्छु,’ उनको प्रस्टोक्ति छ ।
कार्यक्रममा किरात याक्खा छुम्माका उपाध्यक्ष लोकेन्द्र याक्खाले चार किरात (राई, लिम्बू, सुनुवार र याक्खा)मात्रै किराँती नभई हायु, जिरेल, सुरेल, थामी र ज्यापुले समेत किरात रहेको बताउँदै आएको औंल्याए । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष याम पायेंखुले चार किरातले चलाउँदै आएको येले संवतबारे यलम्बर फाउन्डेसनले अनुसन्धान गर्दै आए पनि किरातजन्य संस्थासँग समन्वय नगरेको जानकारी दिए ।
समाजका अध्यक्ष मनप्रसाद सुनुवारले ओल्लो किरात कोइँचवानको लागि निरन्तर संघर्ष गर्न सबैलाई आह्वान गरे । कार्यक्रम समाजको केन्द्रीय कार्यालय कोटेश्वरमा सम्पन्न भएको थियो ।

हार्दिक निमन्त्रणा

आदिवासी सुनुवार (कोइँच) हरुको महान चाड शाँदार पिदार (किरात चाड-२०६९) को उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा आठौं राष्ट्रिय सम्मेलन (पूरक २०६९) मा स्वयम् सेवक भई योगदान पु्रर्‍याउने सुनुवार (कोइँच) दाजुभाई दिदीबहिनीहरुलाई कदर पत्र सहित धन्यवाद ज्ञापन कार्यक्रम देहाय बमोजिम मिति, स्थान र समयमा आयोजना हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ ।
कार्यक्रम
मिति : २०६९ पौष १२ गते विहीवार
स्थान : सुनुवार सेवा समाजको भवन, कोइँचनगर, कोटेश्वर
समय : दिनको ठिक १.०० बजे ।
सुनुवार सेवा समाज
केन्द्रीय समिति
सूचना तथा सञ्चार विभाग
पुनश्च : किरात चाड शाँदार पिदार भव्यरुपमा सबै किराती दाजुभाई दिदीबहिनीहरुले मानऔं र अन्यलाई पनि आफ्नो चाडको वारेमा जानकारी गराऔं । पुस १३ गते विहान ९ बजे सानो हात्तीवनमा गई पूजा आराधना गरौं र नखीपोट खेल मैदानमा दिउँसो जम्मा भई हाँसालताम्साल गरौं ।

तपाईले पोष्ट गरिदिनु भएन मैले त सबै साथीहरुलाई सि.सि. गरेर इमेल गरिदिएँ “विरोधाभास अभिव्यक्तिको चरमोत्कर्ष”

समाचार विश्लेषण

सुनुवार डट ओआरजि
‘तपाईले पोष्ट गरिदिनु भएन मैले त सबै साथीहरुलाई सि.सि. गरेर इमेल गरिदिएँ ।’ – एकजना ओआरजि मित्रको भनाइ हो यो । लागे छ उनलाई सञ्चारमाध्यम कसैको पेवा हुन्छ । सञ्चारमाध्यम सबैको साझा हो, कसैलाई दुईमत नहोला । तर सबैको हुँदाहुँदै पनि प्रत्येक सञ्चारमाध्यमको हाउस स्टाइल (गृहशैली) फरकफरक हुन्छ भन्ने कुरा ती मित्रलाई थाहा  हुनुपर्ने ।
‘समाचार लेख्नु त लेख्नु अति नगर्नु । तपाईँहरु पत्रकारिता गर्नुस् म मान्छु । तर पित पत्रकारिता नगर्नुहोस् ।’ –दोस्रो ओआरजि मित्रको सुझाव थियो । उहाँले थप्नभयो –तपाईँहरुले यस साधारण सभाको सूचना समेत पठाइदिनु भएन । शायद ती मित्र महोदयलाई सूचना पठाउन स्पेश (ठाउँ) खरिद गर्नुपर्छ भन्ने ज्ञान भएन क्यार । उहाँलाई पित पत्रकारिता भन्ने त्यत्रो ज्ञान भएपछि सञ्चारमाध्यमको सहरा विज्ञापन हो भन्ने पनि थाहा हुनुपर्ने । जव कि सुनुवार डट ओआरजिले मङ्सिर ३० गते सुनुवार सेवा समाजको साधारणसभा हुँदैछ भन्ने समाचार सम्प्रेषण गरिसकिएको आम पाठक तथा दर्शक, वेब भिजिटरलाई ज्ञात छँदै छ । कसैको व्यक्तिगत तथा संस्थागत आधिकारिक भनाई छाप्नलाई त स्पेस (ठाउँ) किन्नुपर्छ नै । जव कि प्रथम मित्रले एक इमेल आर्टिकलमा लेखेका छन्– ‘सुनुवार डटओरजीमा केही व्यक्तिहरुको अनाधिकृत रुपमा पोष्ट गरिएका अभिव्यक्तिहरुले पनि सुनुवार जातिको एकता र सद्भावमा भ्रम र अविश्वास पैदा गरिदिएको देखिन्छ ।’ यसैले आधिकारीक सूचना विज्ञापन प्रकाशन गर्न हाम्रा मार्केटिङ एक्जिकुटिभ वा विज्ञापन एजेन्सीमार्पmत आउनुपर्छ भन्ने कुरा पनि थाहा हुनुपर्ने हो । जब कि त्यही विज्ञापन एक सञ्चारगृहमा लिएर जाँदा एजेन्सीमार्पmत आउनुहोस् भन्ने जवाफ पाएर फर्किएको ती दोस्रो मित्रले स्वीकार गरिसक्नुभएको कुरा हो । जहाँसम्म ‘अनाधिकृत रुपमा पोष्ट गरिएका अभिव्यक्तिहरु…’ भन्ने वाक्य छ त्यस सम्बन्धमा जेजति वेबसाइडको होमपेजमा पोष्ट भएका लेख, समाचार र अन्य सामग्रीहरु छन् ती सबै सामग्रीहरु हामी आपैंmले पोष्ट गरेका सामाग्रीहरु हुन् । सुनुवार डट ओआरजिमा अन्य कुनै पनि व्यक्तिले अनाधिकृत रुपमा पोष्ट गरेको छैन । तर कमेन्ट सेक्सनका पोष्टहरुलाई भनिएको हो भने त्यस्ता पोष्टहरु अभिव्यक्ति स्वतन्त्रताको लागि सबैलाई खुला गरिएको हुँदा सबैले कुनै पनि समाचार वा लेखमा प्रतिक्रिया जनाउन सक्ने भएको हुँदा एप्रुभ (स्वीकार) गरेका छौं । जसको विषयमा जोसुकैले प्रतिक्रिया दिन सकिने छ । यदि आधिकारीक अभिव्यक्ति भन्न खोजिएको हो भने हाम्रा समाचार स्रोतप्रति हामी विश्वस्त छौं । आधिकारिक अभिव्यक्ति होइन भन्ने लाग्छ भने तत्काल सप्रमाण खण्डन गर्न जोसुकैले सक्नुहुने छ । यसैले अनाधिकृत पोष्ट वा आधिकारीक अभिव्यक्ति भन्ने शब्दजाल ओच्छाइरहनुपर्ने छ जस्तो हामीलाई लाग्दैन ।
‘सुनुवार डट ओआरजिलाई कारवाही गर्नुपर्छ । यसले सुनुवारबीच फाटो ल्यायो ।’ सुनुवार सेवा समाजको सम्मेलनमा विगतका दुईवर्षदेखि यसपाली पनि साधारण सभामा कुरा उठ्यो सुनुवार सेवा समाजमा । त्यसो हो भने सुनुवार डट ओआरजिले के त्यस्तो काम ग¥यो त सुनुवारहरुबीच ? कसैले प्रमाण पेश गर्न भने सकेका छैनन् ।
यी तीन घटना कुनै पनि गम्भीर हुनुपर्ने र आपत्ती मान्नुपर्ने कुरा होइनन् । तर वहसका कुरा भने पक्का हुन् । कसैले भएको सूचना लुकाएर लुकाउँछु भन्ने नठाने हुन्छ । हो, वहस र तर्क जसले जसरी गर्छ जो कुरा गर्न सक्छ वा कुरौटे छ वा लाज पचाएर पनि आफ्नो कुरालाई लेँडे तर्क गरेर माथि पार्न चाहन्छ त्यस्ताहरुलाई सूचना ढाकछोप गर्न सक्छु भन्ने लाग्नु स्वभाविक हो ।
‘ल साह्रै राम्रो गर्नुभएको छ सुनुवार डटओआरजि सञ्चालन गरेर । संचालकले सुनुवारहरुलाई एउटा उदाहरणिय प्लेटफर्म दिएका छन् र उनी धन्यवादका पात्र पनि हुन् ।’ मौखिक मात्र हैन लिखित अभिव्यक्ति नै दिएका छन् ति प्रथम मित्र महोदयले । तर फेरि भन्नुहुन्छ– ‘सुनुवार डटओरजीले सुनुवार जातिको एकता र सद्भावमा भ्रम र अविश्वास पैदा गरिदिएको देखिन्छ ।’
यो विरोधाभास अभिव्यक्तिले वास्तवमै कतिपय हाम्रा पाठक, दर्शक, स्रोता तथा भिजिटरलाई भ्रम पैदा भएको छ भने अहिले नै स्पष्ट अनुरोध छ कि अभिव्यक्ति दिनु सबैको स्वतन्त्रताको कुरा हो । सबैलाई आफ्नो विचार पोख्ने अधिकार छ तर हामीलाई विश्वास छ, ती त्यस्ता अभिव्यक्तिहरु के कति सत्य हुन् भन्ने कुरा पाठक, लेखक, भिजिटर, दर्शक, स्रोता तथा ओआरजिका मित्र, शुभचिन्तकहरुले विश्लेषण गरेर बुझ्नुहुने छ ।

सुनुवार सेवा समाजको आठौं पुरक राष्ट्रिय सम्मेलन

सुनुवार डट ओआरजि समाचारदाता ।
सुनुवार सेवा समाज आठौं पुरक राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । अध्यक्षको पदको लागि मनप्रसाद सुनुवार र लोकप्रिय सुनुवार वीच भएको निर्वाचन प्रतिस्पर्धामा ११७ मतले मनप्रसाद सुनुवार अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । १९० जम्मा मत मध्ये १६० मत खसेको थियो भने छ मत बदर भएको थियो । बाँकी अन्य पद निर्विरोध निर्वाचित हुनु भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको सो सम्मेलनमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोराङ, र्सलाही, सिन्धुली, धनुषा, ओखलढुंगा, रामेछाप, भक्तपुर, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाका सुनुवारहरुले प्रतिनिधित्व गरेका थिए ।
सो सम्मेलनले अहिलेसम्म गरेको काम कारवाहीलाई पारित गरेको थियो ।

सुनुवार सेवा समाज केन्द्रीय समितिको निर्वाचित पदाधिकारी तथा सदस्यहरु
अध्यक्ष मन प्रसाद सुनुवार
उपअध्यक्ष
रणवीर सुनुवार
देविन्द्र कुमार मुखिया
विमला सुनुवार
माहासचिव खडोस सुनुवार
सचिव मनोजकुमार सुनुवार
कोषाध्यक्ष उत्तमकुमार सुनुवार
सदस्य
शान्तिमाया सुनुवार
झनाकुमारी सुनुवार
डिकासंघर्ष सुनुवार
शोभादेवी सुनुवार
टंककुमारी सुनुवार
विश्वकिरण सुनुवार
समिर मुखिया सुनुवार
अमरदिप सुनुवार
दर्ीघबहादुर सुनुवार
प्रेमकुमार सुनुवार
नारायणबहादुर सुनुवार
मोहनबहादुर सुनुवार
बुद्धिबहादुर सुनुवार
अमृतबहादुर सुनुुवार

सुनुवार सेवा समाजको आठौं पुरक सम्मेलन सञ्चालन हुँदै

सुनुवार डट ओआरजि समाचारदाता ।
३० मङ्सीर, काठमाडौं । चार जना प्रतिनिधि (प्रकाश, उदय, दिपक, विष्णु सुनुवार) तथा आयोजक समिति सदस्य मावर सुनुवारको उजुरीको कारण पुनः सुनुवार सेवा समाज आठौं पुरक सम्मेलनको आज सुनुवार सेवा समाज कोटेश्वरमा आयोजना हुँदै छ । हाल १६९ प्रतिनिधिको उपस्थिति छ ।

साधारण सभाको लागि सुनुवार सेवा समाजबाट पत्रचार कार्य शुरु

सुनुवार डट ओआरजि समाचारदाता, १८ मंसीर । सुनुवार सेवा समाजको विषम परिस्थितिमा हुन लागेको साधारण सभाका लागि साधारण सभा आयोजक समितिले आजदेखि पत्रचार कार्य शुरु गरेको छ । सबै गाउा, नगर, जिल्ला र क्षेत्रीय समितिलाई संगठन विभागले आज ९४ गाउा, नगर, जिल्ला र क्षेत्रीय समितिलाई पत्रचार गरेको छ । संगठन विभाग केन्द्रीय समितिमा कतिपय जिल्ला, नगर, गाउा समितिको गठन तथा अद्यावधि नभए ता पनि मंसीर ९ गतेको भेलाले सबै सुनुवार दाजुभाई दिदीबहिनी मिलेर जानु पर्ने भएको हुादा सबै क्षेत्रका सुनुवार समेट्न यसरी पत्रचार गरीएको बताइएको छ ।

चालीस हजार सुनुवार घटे तर एघार हजार सुनुवार भाषी बढे

चुप्लु दामलोच । १२ मङ्सीर, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०६८ को अन्तिम परिणाम हिजो सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा नेपालको कुल जनसंख्या २६४९४५०४ देखाएको छ भने जनसंख्या वृद्धिदर १.३५ प्रति वर्ष देखाएको छ । Read More