All about Sunuwar

कोइँचको पहिचानलाई जाकटी राखेर पार्टीलाई सहयोग गर्न नसकिने

programmeसुनुवार डट ओआरजि समाचारदाता
२० असोज, यालाखोम । आदिवासी जनजाति कोइँचको राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक, भाषिक विकाससम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम आज सुनुवार सेवा समाजको भवनमा सम्पन्न भएको छ । संविधानसभा निर्वाचनको समय घोषणा  नजिकिँदै जाँदा आदिवासी जनजाति कोइँचहरुको घरगाउँमा फेरि पनि पहिचानविरोधी पार्टीनेता सल्बलाइरहेको अवस्थामा कोइँचहरुले आफ्नो पहिचानको बारेमा के कसरी राजनीतिक पार्टर्ीी नेताहरुसँग कुराकानी गर्ने सम्बन्धी विस्तृत छलफल गरिएको थियो ।
विहान ८ बजेदेखि नियमित रुपमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले कोइँच लोः सिकौं पठनपाठन गर्दै आएकोमा थप अन्य अतिरिक्त क्रियाकलाप गर्दै आएकोमा यो साता कोइँचको विकाससम्बन्धी एजेण्ड निर्माण अन्तरक्रिया गरेको जानकारी समाजका सचिव आशिष सुनुवारले बताउनुभयो ।
अहिलेसम्म कोइँच एकताको कुरा गरे पनि साझा एजेण्डा निर्माण नगरिएको हुँदा सबैले आफु खुशी बोल्ने, व्याख्या गरिँदै आएको हुँदा सबैको भावनालाई कदर गर्दै अगाडि बढ्न यो कार्यक्रम अति महत्वपर्ूण्ा भएको सुनुवार सेवा समाजका भक्तपुर जिल्ला कोषाध्यक्ष केवलमान सुनुवारले बताउनुभयो ।
सुनुवार सेवा समाज केन्द्रीय समिति सदस्य तथा र्सलाही जिल्ला अध्यक्ष बुद्धिबहादुर सुनुवारले आदिवासी जनजाति कोइँच अधिकारको जतिसुकै कुरा गरे पनि राजनीतिक रुपमा सक्रिय नभए र राजनीतिक पार्टर्ीीत्र आवद्ध नभएसम्म समग्र उन्नति, प्रगति, विकास नहुने भएको हुँदा राजनीतिक चेतना हुनु आवश्यक हुन्छ भन्ने तर्क राख्नुभयो भने सुनुवार सेवा समाजका केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवारले काठमाडौं जिल्ला समितिले सही राम्रो विषयमा छलफल ल्याए पनि समय अलि ढिलाइ भएको धारणा राख्नुभयो ।
सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका अध्यक्ष चन्द्रप्रकाश सुनुवारले अहिले पहिचान विरोधी पार्टर्ीी जुनसुकै कोइँचले संविधानसभाको टिकट पाए पनि कोइँच सुनुवारको आवाज नउठ्ने भएकोले खुशी हुनुपर्ने अवस्था नरहेको हुँदा कोइँचको पहिचान सुनिश्चित गराउन व्यक्ति नहेरी पार्टर्ीीको घोषणापत्र हेरेर मतदान दिनुपर्ने बताउनुभयो । तर कोइँचहरु अझै पनि पार्टर्ीीहिलो र कोइँचलाई पछिल्लो स्तरमा राखेर हर्ेर्ने भएको हुँदा अझै पनि सचेतना कार्यक्रम बढाउनुपर्ने बताउनुभयो ।
नेकपा-माओवादी अटोमेकानिकका केन्द्रीय अध्यक्ष हेमबहादुर सुनुवारले कोइँचको राजनीतिक, सामाजिक, साँस्कृतिक, भाषिक, आर्थिक विकासको लागि माओवादी पार्टर्ीी्रष्ट भएको धारणा पार्नुभयो ।
सुनुवार सेवा समाज ललितपुरको पर्ूव कार्यवाहक अध्यक्ष तारा सुनुवारले कोइँचको पहिचानको लागि भाषा, संस्कृति पहिलो विषय भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी अधिकांश कोइँचले कोइँच पहिचानलाई जाकटी राखेर राजनीतिक पार्टर्ीीई साथ दिन नसकिने बताउनुभयो । अन्तमा कोइँच पहिचानको विषयमा एक घोषणापत्र जारी गर्ने निर्ण्र्ाागर्दै कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा कोइँच भाषाका विभिन्न श्रब्यदृश्यहरु पर््रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *