All about Sunuwar

उत्कृष्ट विद्यार्थी सम्मान तथा छात्रवृद्धि वितरण

studentसुनुवार डट ओआरजि समाचारदाता
५ असोज, काठमाडौं । सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिले आज उत्कृष्ट विद्यार्थी सम्मान तथा छात्रवृद्धि वितरण कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थी सम्मान तथा छात्रवृद्धि वितरण गरियो । प्रमुख अतिथि नगेन्द्र कुमालले उत्कृष्ट विद्यार्थी निर्जला मुखिया, इलाम तथा उत्कृष्ट विद्यार्थी मनिस सुनुवारलाई २०६९ को उत्कृष्ट विद्यार्थी ट्रफी प्रमाण पत्र सहित विशिष्ट श्रेणीमा उत्तिर्ण ३१ अन्य विद्यार्थीलाई सम्मान गरियो भने २०६९ को छात्रवृद्धि महिला तर्पm मोरङका शिला मुखिया (रु.७,०००) र पुरुषतर्पm सन्दिप सुनुवार (रु. ७,०००) दोलखा र विशेष छात्रवृद्धि सकुन रापचा (रु. ७,०००) लाई प्रदान गरियो ।
सुनुवारहरु सबै पहिचानको लागि कोइँच एक हुनु पर्ने सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले बताउनु भयो । मानवीर सुनुवारको अध्यक्षतामा आयोजित सो कार्यक्रम मुना मुखियाले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *