All about Sunuwar

झुप्रोबाट एफ एम रेडियो प्रसारणको तयारी

सुनुवार डट ओआरजि समाचारदाता ।
रेडियो लिखु ९१.३ मेगाहर्जको सम्पूर्ण प्राविधिक कार्य एन्टेना जडान, टावर रिपिङ, अर्थिन ढलान लगभग पूरा भएको छ । कार्तिक ६ गते २ जना प्राविधिकसहित मनप्रसाद सुनुवार, उत्तम सुनुवार र सुरज सुनुवारको टोली एफएमस्थल रामेछाप गुप्तेश्वर पुगेर कात्तिक ७ गतेदेखि निर्माण कार्य अगािड बढाएको हो । निर्माण कार्य सम्पन्न हुने वित्तिकै केही दिनमा परीक्षण प्रसारण गरिने कुरा एक प्राविधिक अधिकारीले बताए ।
पहिचानको लागि सञ्चार भन्ने नाराका साथ स्थापना गरिएको रेडियो लिखु ९१.३ मेगाहर्जले सुनुवारहरुको भाषिक, साँस्कृति, आर्थिक र राजनीतिक पक्षमा वकालत गर्ने योजना रहेको सुरज सुनुवारले बताए । रेडियो स्थापनाका लागि सम्पूर्ण सुनुवारहरुलाई सहयोगको आह्वान गरिएको र सहयोग निरन्तर चलिरहेकाले हाल झुप्रोमा नै स्टेसन स्थापना गरेर प्रसारण सुरु गरिने कुरा पनि बताउनुभयो ।
आवाजविहीनहरुको आवाजलाई बुलन्द गर्ने उद्देश्यका साथ स्थापना गरिएको रेडियोले कोइँच बस्तीमा विभिन्न सूचनाका सामग्रीहरु पस्किने र राज्यबाट भएका सूचनाका भेदभावलाई हटाउने कोसिस गरिने कुरा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले बताए । हाम्रो भूमिमा राज्यका विभिन्न अवसरहरु, विकासका कार्यको पहुँच बढाउन तथा त्यहाँभित्र हुने भ्रष्टाचार, अनियमितताको सूचना सम्पूर्ण सुनुवारहरुमाझ प्रस्तुत गरी सवल र समृद्ध कोइँच गाउँ बनाउने कुरा पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *