All about Sunuwar

News

now browsing by category

 

निःशूल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण हुँदै

20140312_122723[1]सुनुवार डट ओआरजि समाचारदाता ।
२८ फागुन, सुनुवार सेवा समाज भवन कोटेश्वर । आज विहान १० बजेदेखि सुनुवार सेवा समाज भवन कोटेश्वरमा निःशूल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण हुँदै छ । सुनुवार सेवा समाज केन्द्रीय समिति कोटेश्वर र बाल नाक, कान आस्पताल र पुनःस्थापना सेवाको संयुक्त रुपमा आँखा तथा नाक, कान, घाँटी सम्बन्धि स्वस्थ परिक्षण शिविर आयोजना गरिएको हो । अहिले २ बजेसम्म उक्त शिविर सञ्चालन हुने छ ।

कोँइच ल्वो–रेमुब्लेमुकलि श्यामदार

गोरखापत्र श्योल्वो ———————————

तस्कुलः दिलिप बास्के  पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस

तस्कुलः दिलिप बास्के
पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस

‘इन्टरनेसनल मदर टङ्ग दे’ २०१४ फेब्रुअरी २१ पितिमि आदिवासी जनजाति उत्थान रास्ट्रिय (आजउरा) प्रतिष्ठानमि गेरापेन्मा पाप्तु । हाश्नाःत दुम्शो मेको गेरापेन्मामि ‘थुँगा’ शारिरेशो एन्थोलोजीके रिलिस प्रा. दा. नोवल किशोर राई नु दा. तारालाल सेरेस्ठ निम्फामि पचा दुम्त ।

तस्कुलः दिलिप बास्के पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस ‘थुँगा—४’ शारिरेशोके रिलिस काथन सइसाप्थोचेला आम ममाल्वोमि ब्लेब लिटराटी आनकलि यो ‘रास्ट्र मातृभासा सेवा पुरस्कार’ (१५ दक) गेशा श्यामदार पतिक ताँःगे गोशो बा । साप्थोचे तामाङ मातृभासामि अमृत ह्योन्जन, उराँवमि बेचन उराँव, किराँती–वाम्बुलेमि गनेस द्वारोङचा नु थारु भासामि किस्नराज सरबहारीकलि श्यामदार पशोमि एँको थोचे किराँती–याक्थुङ पाःनला अमर तुम्याहाङ, किराँती–कोँइचला अतीत क्युँइतिचा, मगरला जीत सिन्जाली, किराँती–रोदुङ (चाम्लिङ) ला बयानसिं यालुङछा, किराँती–किरावा (बान्तावा) ला पदम वालाहाङ नु दिमाल भासाला सोम चातेलाकलि मेको पुरस्कारला श्यामदार पाइँसाव । गेरापेन्मामि बुअÞसु जक थापा मगरमि रेल्फु रेल्शा मुनु चिफ गेस्टमि प्लाक नु केटोस गेशा मेको श्यामदार पाम्तेमे ।  एँको श्यामदार

तस्कुलः दिलिप बास्के पेरालाः अमर तुम्याहाङ, अतीत क्युँइतिचा, जीत सिन्जाली, बयानसिं यालुङछा, पदम वालाहाङ नु सोम चातेला

तस्कुलः दिलिप बास्के पेरालाः अमर तुम्याहाङ, अतीत क्युँइतिचा, जीत सिन्जाली, बयानसिं यालुङछा, पदम वालाहाङ नु सोम चातेला

मुरु काःकलिला मदुम्थु नेल्लेन लो नु रेमुब्लेमुकेन मे । मोपतिकेम नेल्लेन ल्वो अÞवातिकपिकिम आम ममाल्वोकलि ब्लेशा नमपचा देँःशो आम रिमाचेमाकलि गेत्थी बारपाइच्चा मे । किराँती–कोँइच ल्वो नु रेमुब्लेमुकलि गेत्थी बारपाइत्तिक लिटराटीपिकमि अतीत क्युँइतिचा काः नमी । सेस्सेब्लेसे पतिक गेमि नु शारिरेशोमि लिटराटी क्युँइतिचाके ने कोँइच मुर बासलिःशोसम लिःब दुम्शोपतिकेम नेल्लेन किराँतीकोँइच लो नु रेमुब्लेमुकलि श्याम्दार पशो तुइँसिब ।

समाबेशी वनाउने प्रयासमा पत्रकार महासंघ, इलाम

फागुन २६, इलाम । कार्य समितिका लागि समाबेशी ढङ्गबाट पदाधिकारी निर्बाचित गर्दै नेपाल पत्रकार महासंघ, इलामको नवौं अधिबेशन गएराति इलाम सदरमुकाममा सम्पन्न भएको छ ।
सर्बसम्मत नभएपछि निर्बाचनबाट रोहितचन्द्र भट्टराईको अध्यक्षतामा ११ सदस्यीय समितिकालागि पदाधिकारी चयन गरिएको छ ।
जसका उपाध्यक्ष राजकुमार दाहाल, सचिव बुद्धबीर राई, सह–सचिव सोम सुनुवार र कोषाध्यक्ष ख्याम भुजेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा वलराम बराईली, रिता राराहाङ राई, सुदीप श्रेष्ठ, कुमार गुरुङ, जयकुमार राई र राजेश पराजुली चुनिएका छन् । वराइली भने दलित कोटाबाट निर्बिरोध चयन भएका हुन् ।
यसै गरी केन्द्रीय पार्शदहरुमा उमेश गुरुङ्ग, सटेन्द्र जवेगु, रोशन सांवा, कोकिला ढकाल, लोकेन थेबे, डिल्ली चापागाईं, बुद्धि खनाल, बिमल प्रधान, प्रभाकर प्रधान, वेनुपराज भट्टराई, सोम सुसेली, युवराज पिसी, युवराज गौतम, भिम चापागाईं र माधव घिमिरे निर्बाचित भएका छन् ।

म कोइँच -सुनुवार) को शिर झुकाउने काम गर्ने छुइन ः सभासद यज्ञराजको वचनवद्धता

swsसुनुवार डट ओआरजि समाचारदाता
२४ फागुन, बज्र बाराही । सुनुवार सेवा समाजको २५ औं वर्षगाँठ, रजत वर्षो उपलक्ष्यमा आयोजित वनभोज कार्यक्रम बज्रबाराही मन्दिर परिसर, ललितपुरमा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भयो ।
काठमाडौं उपत्यकामा रहेका नेपालभरिका कोइँच सम्मेलित वनभोज कार्यक्रममा वल्लो किरात भूमि रामेछाप र ओखलढुंगाबाट निर्वाचित सभासद् यज्ञराज सुनुवार र आङ टावा शर्ेपालाई वधाई ज्ञापन गर्दै आदिवासी जनजाति कोइँचको मानव अधिकार सुनिस्चित हुने गरी संविधान लेख्न सक्नुस् भनि कलम र डाइरी हस्तान्तरण गर्दै र्सवमान्य संविधान लेखनको लागि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले शुभ-कामना अर्पण गर्नु भएको थियो ।
कार्यक्रममा सभासद आङ टावा शेर्पाले कोइँच र शेर्पामा कुनै अन्तर नभएको वताउँदै आदिवासी जनजाति कोइँचले सडकमा उठाएको कुरा सभासद् यज्ञराज सुनुवारसँग मिलेर संविधान सभामा उठाउने प्रतिवद्धता जाहेर गर्नुभयो । सभासद यज्ञराज सुनुवारले भने यो देश खसबाहुन एकल जातिको पेवा भएको जिकीर गर्दै बहुपहिचानसहितको संघीयता आवश्यभएको बताउनु भयो । उहाँले आदिवासी जनजातिले घर बसेर गाली गर्ने चलनलाई त्याग्नु पर्ने बताउँदै आम आदिवासी जनजाति कोइँच र सुनुवार सेवा समाजले उठाएको कुरालाई अक्षरस संविधानसभामा उठाउने प्रतिवद्धता जाहेर गर्दै भन्नुभयो, – म आदिवासी जनजाति कोइँचको शिर ढल्ने खालको काम गर्ने छैन । मेरो राजनीतिको कखरा मेरो आमाबुबा घर परिवार मात्र नभएर सबै कोइँचको योगदान रहेको हुँदा पनि मैले त्यो पुरानो ऋण तिर्नु छ । सुनुवार सेवा समाजले संविधानसभामा उठाउनु पर्ने कुरालाई निर्ण्र्ाागरेर दिओस् । त्यो मुद्दालाई संविधान सभामा यज्ञराज सुनुवार एक्लो कोइँच भए पनि आदिवासी जनजाति कोइँच मानव अधिकार सुनिस्चितताको लागि लडीरहने छ भन्ने विश्वास दिलाउन चहन्छु ।
काठमाठौं, भक्तपुर र ललितपुरबाट तीन वस कोइँचहरुको वनभोजस्थलमा पुगेका थिए भने धेरै कोइँचहरु व्यक्तिगतरुपमा निजी यातायातबाट कार्यक्रमस्थल पुगेका थिए । आदिवासी जनजाति कोइँचको ऐतिहासिक थलो सोलु, दोलखा, ओखलढुंगा, सिन्धुली, उदयपुरलाई वल्लो किरात स्वायत्त प्रदेश घोषणा गर्दै २०६३ सालदेखि सुनुवार सेवा समाजले सदन र सडकमा निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

वल्लो किरात स्वायत्त प्रदेशको माग गर्दै प्रदर्शनी : गाउँ गाउँबाट आन्दोलनको तयारी

dolakhaकोइँचबु काःतिच
दोलखा सदरमुकाममा परम्परागत हातहतियार, विभिन्न घरेलु सामाग्री, परम्परागत आदिवासी जनजातिय भेषभूषामा सजिएर ढोल झयाम्टा बजाउँदै आदिवासी जनजाति कोइँचहरुले वल्लो किरात स्वायत्त प्रदेशको माग गरेका छन् । के वृद्ध, के बालबालिका, के विकलङ्गा सबै कोइँचहरु दोलखा जिल्ला सदरमुकाममा जम्मा भएर झाँकीसहित पर््रदर्शनीले बजार परिक्रम गर्दा चरिकोट सातदोबाटोमा अरनिको राजमार्गमा चल्ने यातायात, एक घण्टाभन्दा बढी समय बन्दा भएको थियो ।
गत साउनमा सुनुवार सेवा समाज दोलखा जिल्ला तदर्थ समिति गठन भएपछि दोलखा जिल्ला सदरमुकाममा पहिलो पटक कोइँचहरुले यसरी आफ्नो भूमि र हकअधिकारको लागि पर््रदर्शनी गरेको हुन् । इइँ आम लोः पाइ, इइँ आम ओलो, मुलकेम राइताइ, वल्लो किरात स्वायत्त प्रदेश सुनिस्चित गर, वल्लो किरात जिन्दावाद, सुनुवार सेवा समाज जिन्दावाद, आदिवासी जनजाति कोइँचको मानव अधिकार सुनिस्चित गर, जस्ता विभिन्न नारा लेखिएको प्लेकार्ड प्रत्येक कोइँचको हात-हातमा थियो । विगतमा जस्तो लाज, धक र आत्मग्लानी कुनै पनि कोइँचको अनुहारमा देखिँदैन थ्यो । सबै हाँसीखुशी, ढोलझयाम्टाको तालमा गीत गाउँदै रमाइलो गरिरहेका थिए भने सडकपेटी वरपर, घरको छत, झयाल, ढोका, वार्दलीमा मानिसहरु लामवद्ध भएर रमिता हेरिरहेका थिए । प्रहरीले अगाडि पछाडि स्कर्टिङ गरिरहेको थियो । चरिकोट सातदोबाटोबाट जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय जस्ता महत्वपर्ूण्ा कार्यालयतिर झाँकीसहितको र्‍यालीलाई जान दिइएन । Read More

भव्यरुपमा दोलखा सुनुवार सेवा समाजको प्रथम सम्मेलन हुँदै पहिचानको संकट

DSC_0174“हामीलाई कामी भनियो । डि.एस.पि, सि.डि.यो.अरुमा अनुरोध, हामीलाई कामी भन्नेलाई कारवाही गरियोस् ।”– ठूलो पाताल जिल्लाका अध्यक्ष लालबहादुर सुनुवारले आप्mनो पहिचान संकटमा परेको सन्दर्भमा आज सुनुवार सेवा समाज प्रथम जिल्ला अधिवेशनको अवसरमा प्रशासनलाई जानकारी गराउनु भयो । दोलखा जिल्लाका कोइँचहरु पहिलो पटक सुनुवार सेवा समाज, जिल्ला तदर्थ समिति गठन गरि प्रथम जिल्ला सम्मेलन आयोजना गरेको छ ।
भर्खरै प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवारले व्यानर अनवरण तथा नाअसो खुसबहादुर सुनुवार, ग्याँमि नरमाया सुनुवारहरुले जोर सागुन राखेर पिदार गरी कार्यक्रम उद्घाटन गर्नु भएको छ ।
अहिले दोलखाभरिका कोइँचहरु जिल्ला सदरमुकाम चरिकोट, चरिघेङको ए वान पार्टी प्यालेसमा जम्मा भएका छन् । यहाँ धुमधाम मलिन वातावरण छ । लोडसेडिङबाट यहाँ पनि अछुतो रहन सकेको छैन । पुरै चरिकोट कोइँचमय बनेको छ । ठूलो पातल तथा हाँवाबाट पाँच वस गाडीमा रिजार्भ सदरमुकाम आएर बजार परिक्रम गर्दा सडकको वरिपरि लामबद्ध भएर रमिता हेरेका थिए । अहिले नेपाल आदिवासी जनजाति महासंघ दोलखाका जिल्ला अध्यक्ष जंगबहादुर गुरुङ बोली रहनु भएको छ । उहाँले राजनीतिक पार्टीले अनुरोध गर्नु भयो, राजनीतिक पार्टीहरुले आदिवासी जनजातिको कार्यक्रमलाई जुहारी खेल्ने फोरम नगरी दिनुहोला ।

हाइकू–‘राजनीति’

अरु पछार्न
सडकमा फालेको
केराको बोक्रा ।

सोम सुनुवार, इलाम सदरमुकाम, इलाम ।