All about Sunuwar

भव्यरुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न : तर उठाउनु पर्ने पहिचानको मुद्दा ज्यूँका त्यूँ

sukachaसुनुवार डट ओआरजि समाचारदाता ।

काठमाडौं । साँस्कृतिक कार्यक्रम भनिए ता पनि आधा समय आशनग्रहण तथा मन्तव्यको औपचारिक र आधा गीत, संगीत, नृत्यको मनोरञ्जनात्मक कार्यक्रम सहित साँढे तीन घण्ट सुनुवार सेवा समाजको भवन कोटेश्वरमा उपस्थित कोइँच दर्शकलाई भर्पूर मनोरञ्जन दिँदै सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको दोस्रो विविध साँस्कृतिक कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनको क्रममा प्रमुख अतिति सभासद यज्ञराज सुनुवारले अबको संविधान सभामा कोइँचको संस्कार संस्कृतिका बारेका बोल्ने छु भन्ने प्रतिवद्धता जाहेर गरेका छन् । यसको लागि सुनुवार सेवा समाजले उहाँलाई निर्देश गर्नु पर्ने कुरा पनि कार्यक्रममा राख्नु भयो ।
विशिष्ट अतिथि सुनुवार सेवा समाजको अध्यक्ष मन प्रसाद सुनुवारले सुनुवार कलाकारहरु निश्चिय पनि अरु कलाकार भन्दा यस अर्थमा फरक छन् कि अरुले नाच्न गाउन अभिनय गर्न त सक्लान तर कोइँचपन दिन सक्ने छैनन् । कोइँचपनलाई जीवित राख्न कोइँच कलाकार नै आवश्यक छ र यसको लागि कोइँच कलाकारले कुनै कसुर बाँकी राख्नु हुन्न । सुनुवार सेवा समाज कोइँच कलाकारसँग सधै साथमा रहने छ भन्नु भयो ।
कोइँच भाषाको पहिलो गीति एल्बमका गायिका तारा सुनुवारदेखि भर्खरै बजारमा आएको गीति एल्बम दोमोका दार्शो सेरेम फुका गायक महेश सुनुवार लगायत नयाँ अनुहारले कार्यक्रममा आफ्नो कला प्रस्तुत् गरिएको थियो ।
कला र कलाकारिता आफैंमा अमूल्य र विशिष्ट छन् । हरेक मानिसको हेराइ उसको गिदीमा सञ्चिता गरेको बाहिरी या आन्तरिक दृष्टिकोणले के कति गृहृयकार्य गरेको छ भन्ने कुरा प्रमुख विषय हो । जे होस् आजको सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको दोस्रो प्रस्तुति विविध साँस्कृतिक कार्यक्रम २०७० भव्यरुपमा सम्पन्न भएको छ । ता पनि पहिलो खण्डको औपचारिक कार्यक्रममा कोइँच संस्कार संस्कृति झल्किए ता पनि मनोरञ्जनात्मक कार्यक्रममा भने ञकोइँच पहिचान झल्किने एक वटा मात्र नृत्य प्रस्तुत् हुनुमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजलाई कुन दृष्टिकोणले हर्ेर्ने भन्ने कुरामा चाहिँ सधैंको लागि वहसको विषय उठान गरेर छाडेको छ – कोइँच पहिचान र पहिचान बोकेको भाषा, संस्कार-संस्कृतिको पर््रवर्द्धन गर्दै कोइँच कलाकारको हकहितको लागि जनवाकलता तथा वहस पैरवी गर्ने हो कि कुनै पनि आमूक संस्था वा क्लवहरुले जस्तो कलाकारिता भनेको सबै समान हो भन्दै भ्रम पालेर खस हिन्दू र पस्चिमाहरुको गयन, नृत्यशैली र उनीहरुको भाषा, संस्कृतिको सित्तैमा विज्ञापन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *