All about Sunuwar

सुनुवारी संस्कारलाई समयानुकूल गर्न बृहत ना:सो सम्मेलन गरिने

सोम सुनुवार (का:तिच)
इलाम प्रतिनिधी/किरात मूलका बिभिन्न समुहमध्येको एक घटक सुनुवार (कोइंच) हरुको धार्मिक, सांस्कृतिक पक्षलाई समय सापेक्ष बनाउन ना:सो, पोइंब्/ग्यामी (जन्म, विवाह र मृत्यु जस्ता धार्मिक, सामाजिक कार्य तथा प्राकतिक पूजालगायतमा अगुवाई गर्ने व्यक्ति) हरुको बृहत सम्मेलनको खांचो औंल्याइएको छ ।
सुनुुवार सेवा समाज (सुसेस) स्थापनाको रजत (२५ औं बर्ष) बर्षको अवसरमा इलामको लुम्देस्थित सुसेस गाउं कमिटी र स्यांदर पिदार व्यवस्थापन समितिद्धारा संयुक्त रुपमा आयोजित अन्तरकृया कार्यक्रमका सहभागिले राष्ट्रिय स्तरको पोइंब्/ग्यामी सम्मेलन गर्नुपर्ने निश्कर्ष निकालेका हुन् ।
कोइंचहरुको सामाजिक अगुवाई तथा धर्म, संस्कार र संस्कृतिको अस्थित्वसमेत परम्परादेखि बर्तमानसम्म पोइाब्, ग्यामी तथा ना:सोहरुसितै जोडिएर आएकाले संस्कार तथा संस्कृतिलाई समयानुकूल गर्न उनीहरुलाई पहिलो पटक एकै थलोमा उभ्याउने योजना रहेको सुसेस केन्द्रीय कमिटीका अध्यक्ष मनप्रसाद सुनुवारले बताए ।
६५ भन्दा बढी थरकुटी (उपथर) भएका सुनुवारहरुको धार्मिक संस्कारमा बिबिधता भएपनि बिबिधताभित्र एकता कायम गर्न पनि भेलाले अहम भूमीका निर्बाह गर्नेमा सुसेस केन्द्रीय कमिटीका कोषध्यक्ष तथा कार्यबाहक सचिव उत्तम का:तिचा विस्वस्त देखिन्थे । सांस्कतिक बिबिधता यस जातिको सम्पत्ति रहेको उल्लेख गर्दै समाजका सास्कतिक बिभाग प्रमुख अमृत सुनुवारले एकरुप रहेको भाषालाई जिउंदो राख्न स्थानीय चफोनिपो (सर्बसामान्य) देखि लिएर ना:सो, पोइब्हरु लागीपर्नु पर्ने बताएका छन् ।
‘केन्द्रले ना:सोहरुको भेला आउादो फागुन/चैतमा गर्ने भनेको छ ।’–इलाम जिल्लास्थित ना:सो संघका अध्यक्ष पृथसिंह सुनुवार भन्छन्–‘यसले हाम्रो समुदायको जन्म, विबाह, मृत्युलगायतमा गरिने संस्कारलाई सरल र समय अनुकूल गर्न मद्धत पुऱ्याउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *