All about Sunuwar

Archives

now browsing by author

 

आर्थिक सहयोग

ओखल्ढुंगा जिल्ला, खिजि चन्डेश्वरी गा वि स, वडा नं १ निवासी याम राज सुनुवारको छोरा, वर्ष १२ को सक्सेश सुनुवार, हाल् महारजगन्ज शिक्षण अस्पतालमा उपचारर्थ रहेको र मुटुको शल्यकृया नगरिनहुने भएकोले, अत्यन्त वृहद् धनराशि (रु १५०,०००) को आवश्यक्ता पर्ने भएकोले, सम्पुर्ण कोइँच वन्धुहरुलाइ यहांहरुको आर्थिक सहयोग र सदासयताको लागि हार्दिक अपिल गरिन्छ ।

सम्पर्क फोन: ९८४१२०७६९५ वा    info@sunuwar.org

आर्थिक सहयोग

आर्थिक स्थिति अति कमजोरी भइ ज्याला मजदुरी गरी खाने नौ जनाको परिवार भएको दोलखा जिल्ला हाँवा गाविस वडा नं. ७ निवासी जगतबहादुर र टिकामाया सुनुवारको वर्ष ८ को कान्छी छोरी जमुना सुनुवार अचनाक लडेर टाउकोमा चोट लागेको जानकारी हामीलाई प्राप्त भएको छ । हाल अन्तराशतिरिये मैत्री बाल अस्पाताल महाराजगञ्जमा मिति २०६७ मंसीर २३ गते देखि अचेत अवस्थामा आइ सि यूमा राखी दिनको रु. ५००० हजार तिरेर उपचार भइरहेको हुँदा उक्त विरामी जमुना सुनुवारलाई वचाउन सिधै परिवारलाई भेटेर वा सुनुवार डट ओ आर जि मार्पmत सहयोग गरी दिनहुन सम्पूर्ण सुनुवार दाजुभाई दिदीवहिनीहरुलाई हार्दिक अनुरोध छ ।
सम्पर्क ः ९८४१२०७६९५, वा  info@sunuwar.org

सुनुवार सेवा समाजको आठौं राष्ट्रिय सम्मेलनले १७ सदस्यिय नयाँ केन्द्रिय समिति चयन गर्‍यो

समाचारदाता,
सुनुवार डट् ओआरजी;

अन्तत: फुकाउन नसकेको गाँठोलाइ सामान्य प्रकृयाद्वारा नै फुकाउन सम्भव भयो, २०६७ साल, पौष ११ गते, प्रात: १:३५ वजे; सुनुवार सेवा समाजको आठौं राष्ट्रिय सम्मेलनले १ लाख भन्दा बढि किराँत सुनुवारको प्रतिनिधित्व गर्ने १७ सदस्यिय नयाँ केन्द्रिय समिति चयन गर्‍यो ।

नव निर्वाचित पदाधिकारिहरुको नामावलि:

१. अधक्ष्य – श्री मन प्रसाद सुनुवार (ललितपुर)
२. प्रथम उपाधक्ष्य – श्री रणवीर सुनुवार (भक्तपुर)
३. द्वितिय उपाधक्ष्य – श्री शान्त कुमारी सुनुवार (झापा)
४. तृतिय उपाधक्ष्य – श्री देवेन्द्र कुमार सुनुवार (पाँचथर)
५. महासचिव – श्री खडोश सुनुवार (रामेछाप)
६. सचिव – श्री  शान्त वहादुर सुनुवार (ओखल्ढुङ्गा)
७. कोषाधक्ष्य – श्री निर वहादुर सुनुवार (उदयपुर)
Read More

सुनुवार सेवा समाजको आठौं सम्मेलन

सुनुवार डट ओआरजि तथा दुरदा डट कम  समाचारदाता
जाति, भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा हाम्रो अभियान : शैक्षिक, सामाजिक एवं आर्थिक विकासको लागि आठौं सम्मेलन ।।
मूल नारा सहित सुनुवार सेवा समाज, केन्द्रीय समितिको आठौं सम्मेलनको उद्घाटन अनमोल क्याटरिङ, नयाँ बानेश्वरमा भव्यताका साथ सम्पन्न भयो ।
२०४४ सालमा स्थापित सुनुवार सेवा समाज कोइँच (सुनुवार) हरुको प्रतिनिधिमुलक संस्था हो ।
विहान ११ बजे सुनुवार सेवा समाजको केन्द्रीय समितिबाट प्रभातफेरि बृहत ¥याली कोटेश्वर, तीनकुने, संविधान भवन नयाँ बानेश्वर हुँदै अनमोल क्याटरिङमा आएर उद्घाटन सम्मेलनमा परिवर्तन भएको थियो ।
प्रमुख अतिथि:  राजकुमार लेखी, विशेष अतिथि :  सभासद् दालकुमारी सुनुवार, अतिथि :  मनोरमा सुनुवार, अमृत सुनुवार, युवाराज जिरेल, दन्तुराम बाहिङ, लोकेन्द्र जेरो किराती अदि हुनुहुन्थयो । Read More

उधौली षाँदरका दृश्यहरु

यसपालि पनि सदाको झै किराँत कोइच (सुनुवार)हरुले उधौली षाँदर भब्यताका साथ मनाए। सो दिनका दृश्यहरु हेर्नलाई याहा क्लिक गर्नुहोला ।

उधौली षाँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै …।।

६ पौष, २०६७ ललितपुर ।
काठमान्डु उपत्यकामा बसोवास गर्ने सम्पुर्ण किरांत समुदायले ललितपूर स्थित हातिबन र नखिपोटमा उधौली षाँदर, साकेला, चासोक ताङनाम चोसोवा मन्दिरमा उपस्थित भै आफ्ना इष्ट देवी देवता को पुजा गरि ष्यादर, साकेला, चासोक ताङनाम सिली गरेका थिए ।

ललितपुरमा उधौलीको रमझम

४ पौष, २०६७ ललितपुर ।
यही आउदो ६ पौषमा उधौली श्याँदरको लागि सुनुवार सेवा समाज, ललितपुरमा ढोललाई रङ्ग भर्दै। ढोलमा भर्दै गरेको यो चित्रलाई किराँत सुनुवारहरुले “पदम तुली” भन्दछन् ।