All about Sunuwar

Archives

now browsing by author

 

हार्दिक आमन्त्रण् :

यहि २०६७ साल पौष ९ गते शुक्रवारका दिन सुनुवार सेवा समाजको नेतृत्वमा काठ्मन्डौंको कोटेश्वरवाट “यथाशक्य संविधान निर्माण” तथा वल्लो किरांत राज्यको माग् सहित र्‍यालि निकालेर नयाँ वानेश्वर संसद भवनको पश्चिम द्वारमा पुगि कोण सभाको आयोजना गरिने भएकोले सम्पुर्ण वल्लो किरांत वन्धुहरुलाइ उपस्थित भै यस महत्वपुर्ण र दवाबमुलक र्‍यालिमा सहभागि हुन यसै सुचना मार्फत हार्दिक आमन्त्रण् गर्दछौं ।

साथै सो कार्यक्रम पश्चात सुनुवार सेवा समाजको ८औं सम्मेलनको उधघाटन समारोह अनमोल क्याटरिङमा हुनेभएकोले, सम्पुर्ण किरांति कोंइच वन्धुहरुको गौरवमय उपस्थितिको लागि यसै सुचना मार्फत हार्दिक निमन्त्रणा गरिन्छ ।

सुनुवार सेवा समाज, केन्द्रिय समिति
मिति : २०६७ पौष ९ गते शुक्रवार,
समय : विहान ठिक ९:०० वजे,
स्थान : सुनुवार सेवा समाज परिसर, कोटेश्वर, कठ्मान्डौं ।

TARA AIR TWIN OTTER CRASH

There’s confusion over the identity of the passengers who were on board the missing plane. It is learnt that of the 19 passengers, 18 were Bhutanese, who were issued tickets by a Kathmandu-based travel agent on fake Nepali names and that Bhutanese prime minister called his Nepali counterpart Madhav Nepal to ascertain the veracity of the claim. Nepal assured him that the matter was being inquired into. (Source: HIMALAYAN NEWS SERVICE)

Passenger-list

• TR Tamang (male)
• K Sherpa (male)
• S Tamang (male)
• S Tamang (male)
• TR Tamang (male)
• Kelsang Choedak (male)
• K N Lama (male)
• P G Lama (male)
• KW Lama (male)
• Z D Sherpa (male)
• G Sherpa (female)
• P Tamang (female)
• LW Sherpa (female)
• S B Lama (female)
• T Sherpa (female)
• TY Sherpa (female)
• D B Tamang (female)
• T W Sherpa (female)
• P W Tamang (female)

किरात येले संवत्को काल निर्धारण सम्बन्धी

अन्तरक्रिया सम्पन्न

आयोजक
किरात समन्वय समिति, किरात येले संवत् अध्ययन समन्वय समिति
मिति : १४ दिसेम्बर, २०१०
स्थान : आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान, जावलाखेल

समय :१२.३०

अध्यक्षता : दुर्गा राई, किरात राई यायोक्खा, केन्द्रिय समिति, काठमाडौं
अतिथि :मञ्जुल याक्थुम्बा, डा. चैतन्य सुब्बा
सञ्चालक : योगराज लिम्बु
स्वागत तथा जानकारी : प्राज्ञ अमर तुम्याङ, सदस्य, किरात येले संवत् अध्ययन समन्वय समिति
काल गणनामा एकरुपता नभएको हुँदा ठोस प्रमाणसहित निश्कर्षमा पुग्नु पर्ने भएको हुँदा यो अन्तरक्रिया भएको हो । यो अभियानलाई थेग्न सक्न नसकिने भएको छ । छलफलको श्रृंखलाले परिपक्वता पायो पाएन भन्ने कुरामा टुँगोमा पुगोस भनि यो कार्यक्रम समन्वय र निरन्तरताको लागि यो यात्रालाई टुँगोमा पुगोस भन्ने लागेको छ । यो चाहिँ चुलो सल्लाह जस्तो होस् । नजीकको भावना होस । चार किरात संस्थाहरु एक ठाउँमा आओस भन्ने अनुरोध गरि निर्णयात्मकमुलक होस यो अन्तरक्रिया । Read More

सुनुवार सेवा समाज केन्द्रीय समिति नै अवैधानिक छ

खडोस सुनुवार
पूर्व सचिव, सुनुवार सेवा समाज, केन्द्रीय समिति

सुनुवार सेवा समाज केन्द्रिय समितिको आठौं सम्मेलन यही पुष ८–१०, २०६७ मा सम्पन्न गर्ने हल्ला बजारमा चलिरहेको खबर पाएँ । यो समाचार सुन्दा आफैंलाई लाज लागिरहेको छ । मैले यो चासो लिनु स्वाभाविक र नैसर्गिक अधिकार ठान्दछु । किनकि म यो समाजको एउटा सदस्य हुँ । त्यसपछि यस केन्द्रमा दुई पटक कार्यसमितिमा र एक पटक प्रकाशन समितिको सम्पादक पदभारको जिम्मेवारी वहन गरेको छु ।
म सुनुवार सेवा समाजको छैठौं कार्यकालको सचिव हुँ । यस हिसाबले यस संस्थाको म एउटा निवर्तमान पदाधिकारीको हैसियतले सुनुवार सेवा समाज केन्द्रीय समितिका वर्तमान पदाधिकारीहरुले विधानलाई कुल्चिएर आफूखुसी काम गरेको र एकतर्फी रुपमा अवैधानिक काम गरेको कुरा आम सुनुवार समुदायलाई भन्नै पर्छ । यो मेरो दायित्व सम्झेको छु ।
वर्तमान कार्यसमिति २०६४ सालको असोज महिनाको १३, १४ र १५ गते (अझ १६ गते विहान ६:०० बजेसम्म) समय लगाएर सातौं सम्मेलन आयोजना गरी निर्माण गरिदिएको कार्य समिति हो । यो समितिमा २३ जना सदस्यहरुको कार्य समिति रहेका छन् । २१ जना सम्मेलनबाट निर्वाचित सदस्य र २ जना सुनुवार विद्यार्थी समाजको अध्यक्ष र सुनुवार महिला समाजको अध्यक्ष पदेन सदस्य रहेका छन् । Read More

माकुशो ’ख्लिनो

सै सै गो आऽइच बाअ्ङानु
नाबबे सालमि ’ख्लिनो कुशो ने,
आँ किकिम आँकालि देँऽशो,
गो हिललो पाता ख्लिनो दोदे कुइबा ?
किकिम आँकालि देँऽता, Read More

कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता सम्पन्न भयो

२६ मंसिर, २०६७ काठमाडौं ।
कुलदीप सुनुवारको वार्षिक पुण्य तिथिको अवसरमा खुल्ला रुपमा आज कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा प्रदीपराज भण्डारी प्रथम, ताराप्रसाद गिरी द्वितिय, राजेन्द्र प्रसाद पन्त तृतिय र श्यामकुमार भट्टराईले सान्त्वना स्थान हाँसिल गरेका थिए ।

वनभोज कार्यक्रम आज भब्यताका साथ सम्पन भयो

२५ मंसिर, २०६७ काठमाडौं ।
ने.लो.कि.सु.सं. केन्द्रिय कमिटीले किराँत सुनुवारहरुको पर्व उधौलीको उपलक्ष्यमा आयोजित वनभोज कार्यक्रम आज भब्यताका साथ सम्पन भयो। कर्यक्रममा शुभकामना आदन प्रदानको क्रममा सभासद श्रीमती दाल कुमारी सुनुवार र वल्लो किराँत परिषदका अध्यक्ष श्री मन प्रशाद सुनुवार ज्यूले शुभकामनाका साथ साथै वोल्लो किरातलाई पनि सहयोग गर्नुहोस् भन्नु भयो। त्यसै गरि केन्द्रिय सुनुवार सेवा समाजका अध्यक्ष श्री टंकराम सुनुवार ज्यूले पनि शुभाकामना दिने क्रममा यो वनभोजले सुनुवारहरुलाई एकजुटमा ल्याउन सफल भएको जनकारी दिनुका साथै ८औ सम्मेलनलाई पनि भब्यताका साथ सफल बनाउन आग्रह गर्नु भएको जानकारी हाम्रा sunuwar.org का प्रतिनिधीले बताउनु भयो।