All about Sunuwar

सुनुवार सेवा समाजको आठौं सम्मेलन

सुनुवार डट ओआरजि तथा दुरदा डट कम  समाचारदाता
जाति, भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा हाम्रो अभियान : शैक्षिक, सामाजिक एवं आर्थिक विकासको लागि आठौं सम्मेलन ।।
मूल नारा सहित सुनुवार सेवा समाज, केन्द्रीय समितिको आठौं सम्मेलनको उद्घाटन अनमोल क्याटरिङ, नयाँ बानेश्वरमा भव्यताका साथ सम्पन्न भयो ।
२०४४ सालमा स्थापित सुनुवार सेवा समाज कोइँच (सुनुवार) हरुको प्रतिनिधिमुलक संस्था हो ।
विहान ११ बजे सुनुवार सेवा समाजको केन्द्रीय समितिबाट प्रभातफेरि बृहत ¥याली कोटेश्वर, तीनकुने, संविधान भवन नयाँ बानेश्वर हुँदै अनमोल क्याटरिङमा आएर उद्घाटन सम्मेलनमा परिवर्तन भएको थियो ।
प्रमुख अतिथि:  राजकुमार लेखी, विशेष अतिथि :  सभासद् दालकुमारी सुनुवार, अतिथि :  मनोरमा सुनुवार, अमृत सुनुवार, युवाराज जिरेल, दन्तुराम बाहिङ, लोकेन्द्र जेरो किराती अदि हुनुहुन्थयो ।
सम्मेलनमा विभिन्न २०–२१ जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिहरुको समुपस्थितिमा कार्यक्रम भइरहेको थियो ।
प्रमुख अतिथि राजकुमार लेखीले भन्नु भयो–‘२००९ सालमै आदिवासी जनजातिमा नै साझा मञ्च, किरात लिग संगठन खोलेर आफ्नो पहिचानको लागि राजा महेन्द्रलाई ज्ञापन पत्र दिएको थिए । त्यसै समय देखि आफ्नो अधिकारको लागि संघर्ष गरीरहेका छन् । तर विभिन्न प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा आन्दोलन भए पनि आदिवासी जनजाति प्रयोग मात्र भएका छन् । अहिले पनि संविधान सभामा स्वासन र सुव्यवस्थाको नाममा पुनः उनीहरुको अधिकारलाई मेट्ने काम भएको छ । अब संविधान नबन्ने व्यवसथा हुन सक्छ । अब हामीले संविधान बनाउने र नबनाउने सभासदको कित्ता पनि छुटाउनु पर्दछ । संविधान नबने पछि के हुन्छ ? सबै चिन्तीत छन् । तसथै सबै आदिवासी जनजातिका संस्थाहरुले संविधान बनाउन खवरदारी गर्नु पर्छ । संविधान सभाको विषयगत एघार समितिको मस्यौदामा आदिवासी जनजातिको अधिकारको नाम झुक्याउने काम भएको छ । त्यसलाई सभासदले कतै पनि बोलेको छैन । उनीहरुको कुरा सुनुवाई नभए पनि फरक मत पनि अहिलेका सभासदहरुले राख्न सकेको छैन । संविधान सभामा हामीले चाहेको संघीयता नाम मात्रको होइन । पूर्ण अधिकारसहितको हो । महासंघले तपाईहरुको मुद्दामा अगाडि बढ्ने छ ।’
निस्चय पनि भाषाण गर्ने क्रम सभापतिको भूमिका भने नियास्रो हुन्छ । यहाँ म त्यति धेरै कुरा भन्दिन । संस्थाको र्पष्ठभूमिको बारेमा बोल्छु । म अभागी नै छु । पोहर साल पनि राष्ट्रिय सभागृहमा पनि म बोल्ने बेला नै बत्ती गयो । अहिले पनि त्यस्तै भयो । यो संस्था तेइस वर्षे जवान भएको छ । किरात कोइँचको भूमिमा लिखु ४ जलविद्युत परियोजना सञ्चालन हुँदै छ । जुन लिखु खोलामा सुनुवारको पूर्खासँग सम्बन्ध छ । यो एक जना क्षेत्री वाहुनको नाममा दर्ता भएको छ । यसरी कोइँचको सम्पत्ति हरण भएको छ ।
यो सम्मेलन २०६७ असोजमै हुनु पथ्र्यो तर कारणवस पछाडि भयो । प्रतिनिधि साथीहरु फुटको होइन जुटको बाटोमा जानु पर्छ ढुकेर छाती बोकेर दरिद्र चिन्तन नबोकौं । अहिलेको गीत जस्तै सहमति गरेर जाऔं । जति गरिउँ । त्यो भोलि भन्ने नै छु । नकारात्मक पाटोतिर भन्दा सकारात्मकतिर उन्मुख हौं । भन्दै सभापति टंकराम सुनुवारले आजको औपचारिक कार्यक्रम विसर्जन गर्नुभयो र त्यस पश्चात विभिन्न सस्कृतिक कार्यक्रम पनि संचालन भएको थियो ।
सम्मेलनको बन्द सत्र र निर्वाचन प्रक्रिया भोलि सुनुवार सेवा समाज कोटेश्वर आफ्नै भवनमा हुने छ ।

One Comment to सुनुवार सेवा समाजको आठौं सम्मेलन

  1. shyaral says:

    safalta sangai naya pragati ko kamana garna chahanchhu sws lai. ani dhherai dhanneya bad sunuwar.org lai sansar vari chhariyera baseka koich haru majha yasta samachar puraule sewa garnu vaye ko ma sws ko barema koich ko bare ma sewa puranu vaye ko ma.

Leave a Reply

Your email address will not be published. Required fields are marked *