Archives
now browsing by author
मै हुँ भन्नेहरुलाई थारिथिमलो क्याःब र क्याःब नाइलुको गतिलो झापड
–कोइँचबु काःतिच
धेरै कोइँचलाई लाग्न सक्छ कोइँच भाषा बोलेर कुनै फाइदा छैन । फाइदाकै कुरा गर्ने हो भने त कोइँच भएर जन्मिनु मै पनि फाइदा कहाँ छ र । नेपालको हकमा त खस बामन भएर जन्मिदा राम्रो । युके, अमेरिकामा गोरो छालाको वंशमै जन्मिदा राम्रो होइन र !
अवश्य धेरै कोइँचहरुलाई लाग्न सक्छ अवको जमना आइ टी को हो । यो जमना वान टच एराको हो । कोइँच भाषा, धर्म, संस्कृतिमा रत्तिनु, रल्लिनु भनेको काम नपाएकाहरुको दिन कटौनी बेजो मात्र हो । तर भर्खरका यी गधापच्चिसे उमेरका कोइँच बौलाएका नै हुन त ?
खै के स्वर्थ हो उनको प्रत्येक छुट्टीमा नेपाल टेक्दा कोइँच भाषामा एक एक कृति कोइँच समाजलाई दिने गरेका छन् । थाहा भएन किन हो ? उनी के चाहन्छन् ? ब्रिटिश गोर्खा आर्मीको रिक्रुट तालिम सकेर आफ्नो माटोमा पाइला राख्दा उनले कोइँच भाषाको गीतको म्युजिक भिडियोमा अभिनय गरे । अहिले एक वर्षपछि नेपाल फर्किएका छन् । तर उनले सिंगो कोइँच समाजको लागि आफ्ना दाजु थारिथिमलो क्याःबसँग मिलेर कोइँच भाषाको कविता संग्रह आँस इँगि साया उपाहार दिए । उनी केही नभएर पनि केही भएका छन् । सबैले भोलिकै लागि काम गर्ने हो । उनीहरुले पनि भोलिकै लागि काम गरेका हुन । फरक यत्ति हो उनीहरुले भौतिक जीवनको अन्त्य पछिलाई पनि केही गरेका छन् । Read More
कविता सङ्ग्रह विमोचन कार्यक्रममा सुनुवार सेवा समाजलाई सहयोग
सुनुवार डट ओआरजी सम्वाददाता
साहित्यकार एवम् नाटककार प्राध्यापक श्री मनबहादुर मुखियाको आतिथ्यमा दिलकुमार सुनुवार (थारिथिमलो क्याःब) र प्रेमकुमार सुनुवार (क्याःब नाइलु) दाजुभाइको ड्वेट कविता सङ्ग्रह विमोचन एक समारोहका बीच सम्पन्न भयो ।
समारोहको प्रमुख विशिष्ट अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवारले गर्नुभएको थियो भने क्याःब मुइलिको अग्रज एवम् सुनुवार सेवा समाजका पूर्व अध्यक्ष एवम् भू.पू. लेफ्टन श्री मानबहादुर सुनुवारले आतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । Read More
जाडोमा तातो मन पर्छ तर तातो काल पनि डाक्छ
सुनुवार डट ओआरजि, काठमाडौं ।
जाडोको मौसम । कतै तपाईँ पनि कोठाभित्र आगो ताप्दै हुनुहुन्छ कि ! हजुर त्यसो गर्दै हुनुहुन्छ भने अलिकति होसियारी अप्नाउने पो हो कि ! आज (पौष २५) को कान्तिपुर पृष्ठ ३ मा एउटा समाचार छापिएको छ, निस्सासिएर आमाछोरीको मृत्यु । हो, जाडोको मौसम सबैलाई न्यानो मन पर्छ । त्यस माथि त सुत्केरीलाई त न्यानो चाहिन्छ नै । कसलाई मन नलाग्ला र आफ्नो सन्तान र मायालु जीवन संगिनीको माया । जाडोमा कठिङ्गराएर राख्न सक्ने कुरा नै भएन । तर त्यही मायाले काल पनि निम्त्याउन सक्छ । हिजो राती ललितपुर चापागाउँ निवासी २९ वर्षीय तुलसी घिमिरे र उनको छोरीले अकालमै मर्नु परेउ । उनका पतिले श्रीमती र छोरीलाई माया गरेर न्यानो बनाउन आगोको जोहो त गरे तर त्यही मायाले आफ्नी श्रीमती र छोरीको ज्यान गयो ।
यस्तो घटना काठमाडौंमा हरेक जाडोको मौसममा घटीरहन्छ । यसर्थ कोठामा आगो फुक्दा वा कोइला बालेर नानी वा सुत्केरी सेक्दा झेल ढोका सधै खुला राख्नु पर्ने हुन्छ । बच्चा वा बुढाबुढी, सुत्केरीलाई सेकीसकेपछि आगोका कोइलालाई कोठा बाहिर निकालेर निभाउनु पर्दछ । चिकित्सकका भनाई अनुसार कोठामा आगो बाल्दा हावा चलखेल गर्ने बाटो बन्द भएमा अक्सिजन कमी भई कार्वन मोनोअक्साइड ग्याँस उत्पन्न भई मानिसको मृत्यु हुन सक्दछ ।
के हो कार्वन मोनोअक्साइड ?
कार्वन मोनोअक्साइड ग्याँस रंगहीन, गन्धहीन विषलु ग्याँस हो । यसलाई न देख्न सकिन्छ न त चाख्न वा सुँघ्न नै । कार्वन मोनोअक्साइड त्यतिखेर उत्पन्न हुन्छ जब ग्याँस, तेल, कोइला, पेट्रोल वा दाउराबाट निक्लने कार्वनयुक्त इन्धन हावाको कमीका कारण पूर्णरुपमा डढ्न सक्दैन । यसको विषक्त प्रभावबाट बच्न सम्बन्धित उपकरण उपयोगका बेला घरभित्र हावाको ओहोरदोहोर कायम राख्नुपर्छ । पूरै वा आंशिक बन्द स्थान वा कोठामा कार्वन मोनोअक्साइड बढ्छ । यो विषलु ग्याँस सासको माध्यमबाट रगतमा मिसिएपछि अक्सिजनलाई सोस्नबाट रोक्छ । यो प्रक्रियाले शरीरलाई नोक्सान मात्र पुराउँदैन, ज्यानै जान सक्छ । ( के हो कार्वन मोनोअक्साइड ?, कान्तिपुर दैनिक पृ. ३)
आँस इँगि सायाको विमोचन
थारिथिमलो क्याःब र क्याःब नाइलुद्धारा लिखित आँस इँगि साया को कविता संग्रह साहित्यकार मनबहादुर सुनुवारद्धारा विमोचन गरियो ।
उक्त कार्यक्रममा कवि तथा साहित्यकार अतीत मुखिया लगायत डा। लाल रापचाद्धारा पुस्तकको बारेमा प्रकाश पार्नु भयो ।
कार्यक्रममा कोइँच सुनुवार साहित्यको विकास र उत्थानका लागि हामीले अझै पनि धेरै प्रयास गर्नुपर्ने कुरा साहित्यकार अतीत मुखियाले प्रकाश पार्नुभयो । कोइँच साहित्यको श्रृंखलामा कवि थारिथिमलो क्याःब र क्याःब नाइलुको संग्रहले एउटा इँटा थपिएको बताउनुभयो ।
उक्त कार्यक्रममा कविता संग्रहमाथि प्रकाश पार्दै डा। लाल रापचाले कोइँच सुनुवार साहित्यको सुरुवात, नेपाली साहित्यको विकास र अन्तर्राष्ट्रिय साहित्यको बारेमा पनि चर्चा गर्नुभयो ।
कार्यक्रममा कविद्धयको मन्तव्यको क्रममा थारिथिमलो क्याःब विदेशमा रहनुभएकोले उहाँको टेलि मन्तव्य प्रस्तुत गरियो । त्यसपछि अर्का कवि क्याःब नाइलुको मन्तव्य प्रस्तुत गर्नुभयो ।
Help sunuwar, proud to be sunuwar
नेपाल टेलीभिजनद्वारा प्रसारण भईरहेको “खोजी प्रतिभाको” कार्यक्रममा गायन बिधा तर्फ करण मुखिया उत्कृष्त १०मा पर्न सफल हुनु भएको छ। करण मुखियालाई हार्दिक बधाईका साथै आगमी श्रीङ्खलामा पनि सफलहोस् भन्ने शुभकामना छ। करण मुखियालाई बिजय पथमा लम्काउन सम्पुर्ण सुनुवार बन्धुहरुमा SMS को लागि हर्दिक अपिल गरिन्छ ।
SMS गर्ने तरिका:
type: kps<space>6 and send it to 3264
विशेष निमन्त्रणा
उपरोक्त सम्बन्धमा चुप्लु समाजद्वारा कोइँच (सुनुवार) भाषामा प्रकाशित कविद्वय थारिथिमलो क्या:ब र क्याब नाइलुको पहिलो कबिता सङ्ग्रह ‘आँस इँगि साया’ को लोकार्पण कार्यक्रममा तपाईको गरिमामय उपस्थितिको लागि चुप्लु समाज हार्दिक अनुरोध गर्दछ ।
मिति: २०६७ पौष २४ गते शनिवार । समय: १:३५ बजे
स्थान: सुनुवार सेवा समाजको भवन, कोटेश्वर, काठमाडौं ।
सुनुवार सेवा समाजको आठौं उद्घाटन सम्मेलनको दृश्यहरु
सुनुवार सेवा समाजको आठौं उद्घाटन सम्मेलनको दृश्यहरु हेर्नलाई याहाँ क्लिक गर्नुहोला अथवा http://gallery.sunuwar.org/thumbnails.php?album=23 link copy paste गर्नुहोस् ।
