All about Sunuwar

आँस इँगि सायाको विमोचन

थारिथिमलो क्याःब र क्याःब नाइलुद्धारा लिखित आँस इँगि साया को कविता संग्रह साहित्यकार मनबहादुर सुनुवारद्धारा विमोचन गरियो ।
उक्त कार्यक्रममा कवि तथा साहित्यकार अतीत मुखिया लगायत डा। लाल रापचाद्धारा पुस्तकको बारेमा प्रकाश पार्नु भयो ।
कार्यक्रममा कोइँच सुनुवार साहित्यको विकास र उत्थानका लागि हामीले अझै पनि धेरै प्रयास गर्नुपर्ने कुरा साहित्यकार अतीत मुखियाले प्रकाश पार्नुभयो । कोइँच साहित्यको श्रृंखलामा कवि थारिथिमलो क्याःब र क्याःब नाइलुको संग्रहले एउटा इँटा थपिएको बताउनुभयो ।
उक्त कार्यक्रममा कविता संग्रहमाथि प्रकाश पार्दै डा। लाल रापचाले कोइँच सुनुवार साहित्यको सुरुवात, नेपाली साहित्यको विकास र अन्तर्राष्ट्रिय साहित्यको बारेमा पनि चर्चा गर्नुभयो ।
कार्यक्रममा कविद्धयको मन्तव्यको क्रममा थारिथिमलो क्याःब विदेशमा रहनुभएकोले उहाँको टेलि मन्तव्य प्रस्तुत गरियो । त्यसपछि अर्का कवि क्याःब नाइलुको मन्तव्य प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *