All about Sunuwar

कविता सङ्ग्रह विमोचन कार्यक्रममा सुनुवार सेवा समाजलाई सहयोग

सुनुवार डट ओआरजी सम्वाददाता
साहित्यकार एवम् नाटककार प्राध्यापक श्री मनबहादुर मुखियाको आतिथ्यमा दिलकुमार सुनुवार (थारिथिमलो क्याःब) र प्रेमकुमार सुनुवार (क्याःब नाइलु) दाजुभाइको ड्वेट कविता सङ्ग्रह विमोचन एक समारोहका बीच सम्पन्न भयो ।
समारोहको प्रमुख विशिष्ट अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवारले गर्नुभएको थियो भने क्याःब मुइलिको अग्रज एवम् सुनुवार सेवा समाजका पूर्व अध्यक्ष एवम् भू.पू. लेफ्टन श्री मानबहादुर सुनुवारले आतिथिको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मुखियाले कोइँच (सुनुवार) भाषाको प्रकाशन र भाषिक रचनाहरूलाई प्राथमिकताका साथ प्रकाशन गर्ने जमर्को निकै सरहानीय भएको कुरा बताउनुभयो । समाजको विकास र परिवर्तनका लागि साहित्यको अग्रणि भूमिका रहेको कुरा बताउँदै वर्तमान सन्दर्भमा संघीय र स्वायत्त राज्यहरूको आवाजलाई पनि साहित्यले अग्रणि भूमिका रहने बताउनुभयो । वर्तमान अवस्थामा समाजमा चलिरहेको वाक युद्धलाई इङ्गित गर्दै ‘तर समाजमा अहिले एकतृत नभएको देखेँ’ भन्नुभयो ।
चुप्लु समाजद्वारा प्रकाशित उक्त पुस्तकको समीक्षा कवि तथा साहित्यकार ईश्वरकिरण सुनुवार तथा अन्तर्राष्ट्रिय साहित्य, नेपाली साहित्य र आदिवासी जनजातिको साहित्यबीचको तादत्म्यताका बारेमा डा. लाल रापाचाले प्रष्ट पार्नुभयो । पुस्तकको विमोचन कार्यक्रमको सभापतित्व क्युइँतबु कल्याण कोषका अध्यक्ष श्री रणबीर सुनुवारले गर्नुभएको थियो ।
यसैबीच उक्त कार्यक्रम समापनको अन्त्यमा लेखक प्रेमकुमार सुनुवारले सुनुवार सेवा समाजलाई नगद रू. ३०,०००।– रुपैयाँ हस्तान्तरण गर्नुभयो । उक्त रकम हस्तान्तरण गर्दै आफ्नो कार्यक्रम अपरान्ह २:०० बजे नै सूचारु गर्न चाहे तापनि बिजुली बत्तीको कारण आफ्नो कार्यक्रम ३:३० बजे मात्र सञ्चालन गर्नुपरेको तीतो अनुभव राख्नुभयो । यसर्थ आगामी दिनमा अन्य सुनुवार दाजुभाइले यस्ता कार्यक्रम आयोजना गर्दा समयमा नै आयोजना गर्न सकून् र संस्थाको दैनिक तथा प्रशासनिक कार्यलाई पनि सूचारु गर्न सहयोग पुगोस् भन्ने हेतुले उक्त रकमले UPS Inverter (Uninterrupted Power Supply- Inverter) खरिद गर्नको लागि प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा उहाँले ‘समाज भएर नै हामी भएको हुनाले हरेक तहतप्का सुनुवार समुदायले आ–आफ्नो स्तरबाट सहयोग गर्न पछि पर्नु हुँदैन’ भन्नुभयो । ‘आर्थिक क्षमता भएकाले आर्थिक, नैतिकताको धनीले नैतिकताको र श्रमका धनीले श्रमको योगदान दिन सक्नुपर्छ जसले समाजलाई उन्नत र उत्कृष्ट बन्दछ र समाज उत्कृष्ट भएमा हामी उत्कृष्ट र उन्नत समुदाय बन्न सक्छौं’ उहाँले भन्नुभयो ।
आफ्नो मन्तव्यको क्रममा ‘मेरो सहयोग समाजको लागि ठूलो हो भन्ने सोचेको छैन तर पनि यसैगरी सहयोगका लागि आफूभन्दा अग्रजहरूलाई र सक्षम सुनुवार समुदायको लागि यो अवसरको थालनी गरिदिएको’ पनि उहाँले बताउनुभयो । ‘अहिलेको अवस्थामा सुनुवारहरु असक्षम भन्न नसकिने तर एकता भावको अभावले समुदायको विकासमा वाधक भएको बताउँदै देश–विदेशमा रहनुभएका सुनुवार समुदायले समाजलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको’ बताउँदै ‘सहयोग पाइयो भन्दैमा संस्थाका पदाधिकारीहरू उत्तेजित र उत्साहित भएमा समाजको यात्रा बिटुलिन जाने’ सङ्केत गर्नुभयो । ‘समाज हाँक्छु भन्ने पदाधिकारीहरुले सही काम र समाजलाई सुसूचित गर्नमा कञ्जुस्याईँ गर्नु हुँदैन जसले दाताहरूलाई विस्वस्त र उदारता झल्कियोस्’ भन्दै ‘नत्र भने एउटा हातले मात्र तालि बज्दैन’ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *