All about Sunuwar

सुनुवार सेवा समाज प्रथम जिल्ला सम्मेलन हुँदै

चुप्लु दाम्लोच
१६ फागुन, मन्थली, रामेछाप । रामेछापजिल्लाको उत्तरी गाउँमा बसोबास गर्दै आएका आदिवासी सुनुवार कोइँचहरुको प्रथम जिल्ला सम्मेलन आज हुँदै छ । अहिले हामी मन्थली बसपर्क छेउमै छौं । झाँकीको तयारी हुँदै छ । प्लेतति, गुप्तेश्वर, नमाडी, फारपु लगायत विभिन्न गाउँबाट आएका सुनुवारहरु अहिले रेलिको लागि तयार भएका छन् । सबैको हात हातमा वल्लो किरात आदिवासी कोइँचको चाहना, भाषा संस्कृतिको संरक्षण आदिवासी कोइँचको पहिचान लगायत विभिन्न नारा सहितको प्लेकार्ड बोकेर कोइँच भेषभूषामा लामबद्ध छन् । आयोजकहरुका अनुसार अहिले एक क्षणमा रेलीले बजार परिक्रमा गर्दै जिविसहलमा गएर सभामा परिणत हुने छ ।

One Comment to सुनुवार सेवा समाज प्रथम जिल्ला सम्मेलन हुँदै

  1. thari kayaba says:

    सफलताकेा शुभकामन

Leave a Reply

Your email address will not be published. Required fields are marked *