All about Sunuwar

सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिको प्रथम सम्मेलन उद्घाटन सम्पन्न

चुप्लु दामलोच
१६ फागुन, मन्थली रामेछाप । आज रामेछाप जिल्ला समिति सुनुवार सेवा समाजको उद्घाटन सम्पन्न भएको छ । सो उद्घाटनमा नेपाली कांग्रेश, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, राप्रपाको प्रतिनिधि तथा सभासद दालकुमारी सुनुवार, शान्ति जिरेलले वल्लो किरातको सम्बन्धमा बोल्नु भएको थियो । सुनुवार विद्यार्थी समाज, ललितपुर सुसेस, सिन्धुली सुसेसका प्रतिनिधि सुदिप सुनुवार, वाईवि सुनुवारले राजनीतिक पार्टीले सुनुवार भोट बैंक मात्र मानेको गुनासो पोख्नु भएको थियो । सो कार्यक्रम बेलुकी सात बजेसम्म चलेको थियो । मन्थली बसपार्कबाट देवकोटा चोकसम्म ढोल बाजागाजा, आदिवासी कोइँच भेषभूषा लगाएर परिक्रमा गर्दै जिविसा हल पछाडिको मञ्चमा पुगेर सभामा परिणत भएको थियो ।
प्लेतति गाउँ समितिबाट आएका कलाकारहरुले कार्यक्रममा कोइँच लोःबाट स्वागत गीत गाउँदै कार्यक्रम शुरुआत भएको थियो । कोइँच परम्परानुसार पिदार गरेर कार्यक्रम उद्घाटन गरिएको थियो । प्लेतति गाउँका कलाकारले सैपु साब्र शिखारपु कोइँच गीतमा नाच प्रस्तुत गरेका थिए । शिशिर सुनुवारले आफ्नो भर्खर सार्वजानिक भएको उत्सर्ग गीति एल्बम बाट दुई वटा गीत प्रस्तुत गरेका थिए भने रेशमा सुनुवारले उनको चर्ची गीत मै ठूली भइछु लगायत भर्खर निस्कीन लागेको एल्बमबाट एक गीत प्रस्तुत गरेको थिए । तेस्तै गरी शिवा मुखियाले भर्खर निस्कीना लागेको दोमोका दारशो सेरेम फु बााट दोमोका दारशो सेरेम फु, होमाचिरी होपोमा, बारी थुँ बानी बोसिङा गाएका थिए । भोलि बन्द सत्र हुने छ ।

9 Comments to सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिको प्रथम सम्मेलन उद्घाटन सम्पन्न

  1. Hom sunuwar(dasuch) says:

    नमसेवल कोइंच बू नेल्लइनकलि
    कार्यक्रम रिम्श्यो पनिबात सहभागी सभासद नेल्ल राजनीतिक पार्टीना नेतापुकी बिद्यार्थी आल्पुकी कलाकारनेल्ल नु ओं पाँ आयोजना पश्या सफल पोब नेल्लकलि बधाई शुभकामना

  2. Hom sunuwar(dasuch) says:

    नमसेवल कोइंच बू नेल्लइनकलि
    कार्यक्रम रिम्श्यो पनिबात सहभागी सभासद नेल्ल राजनीतिक पार्टीना नेतापुकी बिद्यार्थी आल्पुकी कलाकारनेल्ल नु ओं पाँ आयोजना पश्या सफल पोब नेल्लकलि बधाई शुभकामना

  3. Hom sunuwar(dasuch) says:

    नमसेवल कोइंच बू नेल्लइनकलि
    कार्यक्रम रिम्श्यो पनिबात सहभागी सभासद नेल्ल राजनीतिक पार्टीना नेतापुकी बिद्यार्थी आल्पुकी कलाकारनेल्ल नु ओं पाँ आयोजना पश्या सफल पोब नेल्लकलि बधाई शुभकामना

  4. thari kayaba says:

    सफालताकेा शुभकामन

  5. thari kayaba says:

    सफालताकेा शुभकामन

  6. thari kayaba says:

    सफालताकेा शुभकामन

  7. milan sunuwar says:

    सम्पूर्ण रामेछाप बासी सुनुवारहरुमा यो प्रथम सम्मेलन को धेरै धेरै सुभ कामना
    दिना चाहन्छु |

  8. milan sunuwar says:

    सम्पूर्ण रामेछाप बासी सुनुवारहरुमा यो प्रथम सम्मेलन को धेरै धेरै सुभ कामना
    दिना चाहन्छु |

  9. milan sunuwar says:

    सम्पूर्ण रामेछाप बासी सुनुवारहरुमा यो प्रथम सम्मेलन को धेरै धेरै सुभ कामना
    दिना चाहन्छु |

Leave a Reply

Your email address will not be published. Required fields are marked *