All about Sunuwar

राशनाइलु गोकुलगंगा उच्चामाविको समुद्घाटन सम्पन्न

चुप्लु दामलोच
राशनाइलु रामेछाप । कोइँच सुनुवार भूमि राशनाइलुको गोकुलगंगा उच्चा माविको विधिवत् रुपमा आज फागुन १६ गते दिनको ठिक १.०० उद्घाटन भयो । संयोग मान्नु पर्छ, जिल्ला शिक्षा अधिकारी शिक्षकहरुको आन्दोलनको कारण विद्यालय नपुगी बाटोबाटै फर्के पछि उपसचिव इञ्जिनियार हरिवहादुर सुनुवारले प्रमुख अतिथिको आशनग्रहण गर्दै कार्यक्रममा उच्चा माध्यमिक विद्यालयको उद्घाटन रातो पर्दा अनवरण गर्दै काश्यपत्र सार्वजानिक गर्नु भएको थियो । अहिलेसम्म एक लाख एक्तीस हजार नगद अनुदान उद्धीमबहादुर सुनुवारले प्रदान गर्नु भएको छ । कोइँच भेषभूषामा समेत अविभावकहरु उपस्थित थिए भने कतिपय विद्यार्थीहरु पनि कोइँच भेषभुषामा देखिन्थे । १२ लाख बराबरको अचल सम्पत्ति जग्गा मुखिया चन्द्रबहादुर जिजिच सुनुवारले अनुदान सहयोग गर्नु भएको छ । उहाँले विद्यालयको संस्थापक हुनुहुन्छ । प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि र अतिथिको रुपमा आशन ग्रहण गराईको सो कार्यक्रममा विद्यालय व्यवस्थापक समितिको अध्यक्षले सभाध्यक्षको आशनग्रहण गरे पनि कार्यक्रम सञ्चालन भने विद्यालय प्राचार्यले गर्नु भएको थिएन । उहाँ अतिथिको रुपमा रहने भएको थियो । कार्यक्रम हेर्दा र कार्यक्रममा अनुदान दिनेहरुको नाम सुन्दा हेर्दा कोइँच भूमि भए पनि खस भाषामा कार्यक्रम सञ्चिालित थियो । राज्यले कोइँच भाषालाई पनि स्थानीय तहमा कामकाजी भाषाको रुपमा प्रयोग गर्ने अधिकार दिए पनि त्यो अधिकार भने राशनाइलुको कोइँचहरुले उपयोग गर्न नसकेको पाइयो ।
कार्यक्रममा जग्गादाता मुखिया चन्द्रबहादुर सुनुवारलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो भने अन्य अनुदानदातालाई सम्मान तथा कदर पत्र प्रमुख अतिथि मार्पmत वितरण गरिएको थियो । तर सो गाविसबाट संसद भएका कमलप्रकाश सुनुवार भने कार्यक्रममा उपस्थिथि थिएनन् ।
कोइँच बस्तीको विद्यालयको नाम कसरी गोकुलगंगा रह्यो भन्ने प्रश्नमा खिम्ती खोलालाई गोकुलगंगा भनिन्छ अनि राखेको भन्ने जवाफ आयो । तर यो नाम ता भारतको गोकुल ठाउँ गंगाको नाम हो । हिन्दु धर्मको प्रवद्र्धन हो भन्ने बारेमा कुनै कोइँच सुनुवार सचेत देखिएनन् । किन भने गोकुल गंगा जान नसक्ने हिन्दुधर्मावलम्वीहरुले गोकुलगंगा मानेर एकदशीमा फुल तार्ने चलनबाट खिम्ती मूल नामबाट अपभ्रंशित भएको भने कसैले उच्चारण गरेनन् । यसैले राशनाइलुका बुद्धिजिवी सुनुवारहरुले गम्भीर रुपमा सोच्नु पर्ने देखिन्छ । राशनाइलुका वरीपरिका विद्यालय लगायत अन्य धेरै व्यक्तिहरुलाई अतिथि बोलाउँदैमा झण्डै एक घण्टा बढी समय लागेको थियो । अहिले विद्यार्थीहरुले आफ्नो साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

2 Comments to राशनाइलु गोकुलगंगा उच्चामाविको समुद्घाटन सम्पन्न

  1. प्रकाश जिजिच says:

    हाम्रो आफ्नै माटो दान दिएर, हाम्रै आफ्नै पसिना खर्चेर, हाम्रै आफ्नै आर्थिक सहयोगमा भवन निर्माण गर्ने, अनि हाम्रै कोईंच लालाबालाहरु मात्रै पढ्ने बिध्यालयको नाम चाई किन ‘गोकुलगंगा’ ?
    यो हिन्दु अतिबाद हो – ‘गोकुलगंगा’ को बदलामा ‘राशनाइलु’ उच्च माबि नै भनेर अब नामकरण गराउन सके सम्पुर्ण कोईंचहरुले न्याय पाउने छन् ।

  2. प्रकाश जिजिच says:

    हाम्रो आफ्नै माटो दान दिएर, हाम्रै आफ्नै पसिना खर्चेर, हाम्रै आफ्नै आर्थिक सहयोगमा भवन निर्माण गर्ने, अनि हाम्रै कोईंच लालाबालाहरु मात्रै पढ्ने बिध्यालयको नाम चाई किन ‘गोकुलगंगा’ ?
    यो हिन्दु अतिबाद हो – ‘गोकुलगंगा’ को बदलामा ‘राशनाइलु’ उच्च माबि नै भनेर अब नामकरण गराउन सके सम्पुर्ण कोईंचहरुले न्याय पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *