All about Sunuwar

News

now browsing by category

 

पर्ूव आदिवासी जनजाति सभासद्सभा (ककस) को प्रेस विज्ञप्ती

र्सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अभिमतबाट गठन भएको विश्वमा नै नमूना मानिएको समावेशी र समानुपातिक प्रतिनिधित्व भएको संविधानसभा नेपालका तीन राजनीतिक दल र मधेशी मोर्चाका नेताहरुको अकर्मण्यता र प्रतिगामी अडानका कारण मृत घोषित भएको छ । Read More

वाच्पु शाँदार पिदारका केहि झलकहरु

ओखलढुंगा जिल्ला पोकलि गा.वि.स वाच्पुमा शाँदार पिदार यसपाली परम्परागत नभै सबै गाउँले मिलेर सुनुवार सेवा समाजको आयोजनामा चोखो शाँदार पिदार गरेका छन् । केहि झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos

वल्लो किरात स्वायत्त प्रदेशले संविधान सभा घेराउ

सुनुवार डट ओआरजि समाचारदाता
१४ जेष्ठ,  यालाखोम । आज पनि सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, सुनुवार महिला समाज र अन्य आदिवासी जनजाति संस्थाहरुलगायत वल्लो किरात स्वायत्त प्रदेशको लागि संघर्षरत वल्लो किरात संघीय राज्य परिषदले  संविधान सभा नयाँ वानेश्वरको शंखमूल जाने सडकमा धर्ना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा नाराहरुका साथै बिभिन्न संग सस्थाहरुका प्रतिनिधिबाट मन्तव्य, गित तथा सुनुवारहरुको श्याँदर सिल पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम सकिए लगतै सम्पूर्ण जनजातिहरु मिलेर संयूक्त रुपमा रतभर दबाब दिनका निम्ती नयाँबानेश्वर एभरेष्ट होटेल अगाडी नारा लगाउदै बसेका छन् ।

वल्लो किरात स्वायत्त प्रदेशले संविधान सभा घेराउ

चुप्लु दाम्लोच

१२ जेठ, यालाखोम । सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, सुनुवार महिला समाज र अन्य आदिवासी जनजाति संस्थाहरुलगायत वल्लो किरात स्वायत्त प्रदेशको लागि संघर्षरत वल्लो किरात संघीय राज्य परिषदले संविधान सभा घेराउ कार्य शुरु गरेको छ । संविधान सभा नयाँ वानेश्वरको शंखमूल जाने सडकमा धर्ना कार्यकारम आयोजना गरिएको छ । भोलि पनि सोही स्थानमा धर्ना कार्यकाराम हुने छ । यसको लागि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले संविधान सभा घेराउको लागि भोलि पनि उपस्थित हुन हार्दिक अनुरोग गरेका छन् । Read More

आदिवासी जनजातिको आमसभा बसन्तपुर डबलीमा : धेरै जनसंख्या भएका आदिवासी जनजातिले बेलैमा सचिनु पर्ने

चुप्लु दाम्लोच
१० जेठ, यालाखोम । हिजो बेलुकी ९ बुँदे सहमति भए पछि आज वसन्तपुर डबलीमा आदिवासी जनजातिहरु आफ्नो झाँकीसहित शहर परिक्रम गर्दै आमसभामा परिणत भएको छ । तर वल्लो किरात संघीय राज्य परिषदलाई न त आशन ग्रहण गराइयो न त सुनुवार सेवा समाजलाई नै । Read More

बेलायतमा शाँदर पिदार उभौली सम्पन्न

२० मे आइतबारको दिन, फान्ब्रोरो स्थित वकफम स्कुलको कम्यूनिटी हलमा शाँदर पिदार (चण्डी पूजा) उभौली पर्व भव्यताको साथ सम्पन्न भयो । उक्त उभौली शाँदर पिदार कार्यक्रम किराँत सुनुवार सेवा समाज यु.के.को आयोजना तथा संस्थाका अध्यक्ष जंग सुनुवारको संयोजकत्वमा सम्पन्न भएको थियो ।
सचिव छत्र सुनुवारले स्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारी गराउनुका साथै चण्डी पर्वको सांस्कृतिक महत्व माथि प्रकाश पार्नुभएपछि संस्थाका अध्यक्ष जंग सुनुवारले आमन्त्रित अतिथि तथा सम्पूर्ण सहभागीहरूलाई स्वागत मन्तव्य तथा येले सम्बत ५०७३ शाँदर पिदारको शुभकामना व्यक्त गर्नुभएको थियो । “किराँतीहरू पितृ, प्रकृति र आत्माको पूजक हौ । भुमी पुत्र किराँतीहरूको साझा पर्व उभौली मनाउनुको सार र महत्व सबै किराँतहरूको एउटै हो । सामुहिक रूपमा पितृदेवको आराधना उपाशना गरी पाकेको नयाँ अन्न बालीको परिकार बनाई चढाउने र नौगी खाने गरिन्छ । Read More

वार्तामा नौ बुँदे सहमति भएपछि समितिले बन्दलगायत आन्दोलनका सबै कार्यक्रम फिर्ता

चुप्लु दामलोच
९ जेठ, यालाखोम । आदिवासी जनजाति संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच अहिले राति भएको वार्तामा नौ बुँदे सहमति भएपछि समितिले बन्दलगायत आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ। वार्तामा प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति थियो।
Read More