News
now browsing by category
अनिस्चीतकालिन वन्दको सम्भावना : कोइँच (सुनुवार)हरु कोटेश्वरमा नेपाल बन्द सफल पार्न
चुप्लु दामलोच
९ जेठ, यालाखोम । आदिवासी जनजाति संयुक्त संघर्ष समिति र सरकार वीच अझै वार्ता हुन सकिरहेको छैन । वार्ता सफल नभए वा सरकारले आदिवासी जनजातिको मागलाई वेवास्ता गरिए नेपाल बन्द अनिस्चीत कालसम्म रहने संघर्ष समिति भनाई बाहिर आएको छ । भोलिको दिनमा आन्दोलनलाई कसरी सशक्त र परिणममूलक बनाउने साथै सरकारी वार्ता टोली सँग कुन कुन विषयमा के कसरी सहमति गर्ने भन्ने विषयमा अहिले भर्खरै अनामनगरमा वसेको आदिवासी जनजाति संयुक्त संघर्ष समितिको बैठक सकिएको छ । जातीय स्वायत्त, श्वाशासन, आत्म निर्णयको अधिकार भएको पहिचान सहितको संघीय राज्य हुनु पर्ने आदिवासी जनजातिको अडान छ । अहिलेसम्म एक अपुष्ट समाचार प्राप्त भएसम्म चार दलले पहिचान सहितको एकल जातिय प्रति सरकार लचिलो भएर प्रस्तुत हुन सक्ने सम्भावना देखिएको छ ।
सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिले पनि तीन दिनदेखि संयुक्त संघर्षको नेतृत्व गरेको छ भने कटरीमा पनि पूर्णरुपमा वन्द सफल भएको जानकारी उपसंयोजक केयरसिह सुनुवारले बतााउनु भयो । यस्तै गरी ओखलढुंगा, झापा, मोरङ, सुनसरी, सिन्दुली, सर्लाही, पाँचथर, इलाममा समेत सुनुवार सेवा समाजले बन्द आब्हान गर्दै सडकमा उत्रेको छ । सुनुवार सेवा समाज केन्द्रीय समिति, सुनुवार विद्यार्थी समाज, वल्लो किरात संघीय राज्य परिषद अहिले कोटेसोर चोकमा जम्मा भएर नाचगान, फेस पेन्ट गर्दै बन्दमा सहभागी भएका छन् । अन्त्र पत्रकार कुटिए ता पनि यहाँ भने पत्रकारलाई सम्मानस्वरुप अबिर जात्रा गर्दै निश्पक्ष भई विन पूर्वाग्राही तथा दुराग्राहीरुपमा समाचार नलेख्न, प्रसारण नगर्न डटपेन पनि दिइएको थियो । आज कोइँचको उपस्थिति हिजोको भन्दा बढी थियो ।
कोइँच (सुनुवार) पहिचानसहितको संघीय नेपालको पक्षमा : वार्ता विना निश्कर्ष टुंगियो नेपाल वन्द भोलि पनि जारी
चुप्लु दाम्लोच
८ जेठ, यालाखोम । अहिले शान्ति मन्त्रालयमा बसेको शान्ति वार्ता विना निश्कर्ष टुंगिएको छ । तीन दलका शीष् नेताले समय नदिएको हुँदा सरकारी वार्ता टोलीसँग मात्र वार्ता गर्नुको कुनै औचित्य नभएको आदिवासी जनजाति संयुक्त संर्घष्ा समितिको वार्ता टोलीको रहेको छ । नेपाल बन्दमा गिराफ्तार भएका आन्दोलनकारीलाई तत्काल रिहा गर्नु पर्ने, झडपमा घाइतेहरुलाई सरकारले उपचार गुर्नु पर्ने, बन्दमा भएको भौतिक क्षतिको क्षतिपुर्ति सरकार दिनु पर्ने मागमा प्रधानमन्त्रीले सहमति जनाए पनि क्षेत्री बाहुन र दसनामीलाई आदिवासी मान्यता दिने सहमति तत्काल फिर्ता लिनु पर्ने, जातीय पहिचानसहितको संघीय नेपालको राज्यहरुको नामाकरण र सिमाङ्कान गरिनु पर्ने, राजनैतिक अग्राधिकार हुनु पर्ने, आत्मानिर्ण्र्ााो अधिकार सहितको स्वायत्त, विशेष, संरक्षित क्षेत्र हुनु पर्ने जस्ता माग प्रति वारतामा कुनै निष्कर्श ननिक्लीँदा वार्ता विना निश्कर्षटुंगिएको छ । Read More
वल्लो किरात स्वायत्त प्रदेशको लागि ऐक्यवद्धता : आदिवासी जनजातिको नेपाल वन्द पूर्ण सफल, आ.ज. महासचिव माथि हातपात
७ जेठ, यालाखोम । पहिचान -रिमाचेमा) सहितको संघीयताको हुनु पर्ने जनदाबाबको लागि आदिवासी जनजातिहरुले आव्हान गरेको तीन दिने नेपाल वन्द आज पहिलो दिन पूर्णरुपमा सफल भएको छ । तीन ठूला दलको सहमतिमा नयाँ संविधान पनि तीनै एकत्मवादी हिन्दू बाहुनवादी सोँचले आदिवासी जनजातिको हक अधिकार कुण्ठीत गर्ने काम भए पछि नेपालका आदिवासी जनजातिहरुको प्रतिनिधिमूलक संस्था नेपाल आदिवासी जनजाति महासंघ त्यससँग आवद्ध सुनुवार सेवा समाज लगायत अन्य घटक संगठनको आयोजनामा तीन दिने नेपाल बन्द गरिएको हो ।
सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, वल्लो किरात संघीय राज्य परिषदमा आबद्ध संस्था किरात जेरो रादु समाज, नेपाल जिरेल संघ, सुरेल उत्थान समाज, किरात हायु समाज, बाहिङ किरात मुलुखिम, नेपाल थामी समाज र किरात स्वायत्त राज्यको प्रस्तावक किरात र्राई यायोक्खाले कोटेश्वरमा नेपाल बन्दको लागि खटिएका थिए । छिटफूट घटना वाहेक वन्द शान्तिपूर्णरुपमा सफल भएको छ । Read More
कतारमा किरातीहरुको महानचाड उभौली साकेला/शाँदार पिदार कार्यक्रम भव्यताका साथ सम्पन्न
–भानु सुनुवार
१८ मे, दोहा, कतार
कतारमा किरातीहरुको महानचाड “उभौली साकेला÷शाँदार पिदारको उपलक्ष्यमा उभौली साकेला/शाँदार पिदार समारोह– येले सम्वत् ५०७२ संयुक्त कार्यक्रम– २०६९” सम्पन्न भएको छ । किरात राई यायोख्खा शाखा कतार, तथा प्रवासी सुनुवार सेवा समाज दोहा, कतारद्धारा आयोजित संयुक्त कार्यक्रम १८ मे शुक्रवारका दिन कतारको दोहा शहर स्थित सिटी प्लाजा होटलमा भव्यताका साथ सम्पन्न भयो ।
एउटै किरात धर्म मान्ने भएरै पनि किरातीहरुमा बिविध भाषा÷भाषी हुनु–ले केही फरक संस्कार भए पनि एउटै संस्कृति छ भन्ने प्रतिनिधित्त्र उक्त कार्यक्रमले गर्यो । नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझाउने तथा सम्पूर्ण किरात Read More
सुनुवार सेवा समाज तथा वल्लो किरातका अध्यक्षबाट धन्यवाद ज्ञापन : आदिवासी जनजातिको देशभरि जनशक्ति प्रदर्शन तर उपस्थिति शून्य
चुप्लु दामलोच
६ जेठ, यालाखोम । आज देशभरि आदिवासी जनजातिले विभिन्न नाचगान गरी प्लेकार्ड तथा झाँकी प्रदर्शन गरे । आदिवासी जनजातिको यो शक्ति प्रदर्शनले कसैलाई वाधा पुराएन तर उपस्थिति भने न्यून देखिन्थ्यो । यसै क्रममा कोटेश्वर तीनकुनेमा सुनुवार सेवा समाज लगायत वल्लो किरात संघीय राज्य परिषदले पनि ढोल झेम्टा बजाएर आफ्नो झाँकी प्रस्तुत गरेको थियो । आफ्नै पहिरनमा सजिएका कोइँच, जिरेल, थामि, जेरो, बाहिङहरु सो झाँकीमा आवद्ध थिए । Read More
कोइँच भूमिको नापजाँच सम्पन्न हुँदै
चुप्लु दामलाच
१ जेठ, जेसे । दोलखाको जिरी गा.वि.स हुँदै आज ओखलढुंगाको पत्ले गा.वि.स पुगेर कोइँचको भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोतको वारे गरिएको अध्ययन सम्पन्न हुँदै छ । भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत अध्ययन समिति, सुनुवार सेवा समाजले कोइँच भूमि, त्यस भूमिमा भएको खानी, प्राकृतिक स्रोत -वन, पानी, खोला, खर्क) का वारेमा पहिलो चरणको सूचना सङ्कलन कार्य आज सम्पन्न गर्ने भएको छ । यस समितिले कोइँचको जनजीवन, सामाजिक चालचलन, खाना तथा लवाइखवाइ संस्कृति, मुइलि-मुइग्योका वारेमा पनि सूचना सङ्कलन गरेको छ । राजनीतिकरुपमा नेपालमा आदिवासी जनजातिलाई जातीय स्वायत्तता प्रदान गर्ने नगर्ने भन्ने विषय संविधान सभामा छलफल भइरहँदा कोइँचको स्वायत्त भूमि कहाँदेखि कहाँसम्म हो भन्ने हचुवा सिमाङ्कन भइरहँदा यस अध्ययनले सही र तार्किक तथ्य पस्किन सक्ने छ । साथै कोइँचको पहिचानको सही सन्दर्भ यस अध्ययनले पुरा गर्ने जिकीर अध्ययन समितिका सङ्योजक रणवीर सुनुवारको छ । सङ्कलित सूचनाहरुलाई तत्काल प्रसोधन गरिने जानकारी पनि उहाँले गराउनु भयो ।
दोस्रो चरणको अध्ययन भित्री मधेशमा रहेका कोइँचका वारेमा र तेस्रो चरणको अध्ययन मूल वस्ती -पुर्ख्यौली भूमि) बाट विस्थापित कोइँचका वारेमा गरिने भएको छ । यसरी गरिएको अध्ययनले कोइँचको भूमिमा कति थरी कोइँच छन्, उनीहरु कहाँ कसरी वस्ने गरेका छन् । उनीहरुको अवस्था के कस्तो छ र ती कोइँचको सामाजिक, साँस्कृतिक तथा भौतिक उत्थानको लागि के कस्तो योजनाहरु आवश्यक छ र छन् भन्ने सिफारीस सहयोग गर्ने दाता, साझेदार संस्था, सरकार, र सरकारसँग सम्बन्धित निकायलाई गर्न सकिने भएको छ । लिखु ४ जलविद्युत परियोजनाको वारेमा सुनुवार सेवा समाजद्वारा गठित अध्ययन समितिका स्थलगत अध्ययन टोलीले कोइँचको सम्पूर्ण भूमिको प्राकृतिक स्रोतको अध्ययन गरिनु पर्ने सिफारीस गरेपछि कोइँचको भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन समिति गठन भएको हो । अहिले लिखु ४ जलविद्युत परियोजनाले आदिवासी कोइँचलाई पार्ने असरको वारे अध्ययन रिपोर्ट एसियन इण्डिजिनिअस पिपल प्याक्ट, चिङमाइ थाइल्याण्डबाट प्रकाशित हुँदै छ । जसले विश्वव्यापीरुपमा कोइँचको अधिकारवारे जानकारी गराउने आशा राखिएको छ । डा. लाल रापचाको प्राविधिक उपकरण तथा आवश्यकीय अन्य सहयोगबाट यो अध्ययन सम्भव भएको हो । उहाँले यस अध्ययन प्रतिवेदनलाई छाप्ने व्यवस्था गर्ने जानकारी उहाँले गराउनु भएको छ भने कानुनीरुपमा डा. बि.बि. मुखियाले विश्लेषण गर्नुहुने छ । स्थलगत अध्ययन गर्नु पुर्व अध्ययनटोलीलाई डा. लाल रापचा, डा. वि.वि. मुखिया, भूगोलविद् खगेन्द्र जबेगु, तथ्याङ्कविद योगेन्द्र गुरुङ, जिपिएस तथा जिआइएस प्रविधिका वारेमा प्रकाश झाले अभिमुखीकरण प्रशिक्षण गराउनु भएको थियो ।


