All about Sunuwar

News

now browsing by category

 

ओखलढुंगामा एमालेको संघीय विरोधी निन्दानीय कार्य

चुपलु दामलोच
३१ जेठ, काठमाडौं । ओखलढुंगामा नेकपा एमालेले संघीय विरोधी निन्दानीय कार्य गरेको दाबी आदिवासी जनजाति युवा महासंघका अध्यक्ष पृथ्वीमान गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । आदिवासी जनजाति युवा महासंघ नेपाल का केन्द्रिय सदस्य तथा नेपाल आदिबासी जनजाति महासंघ ओखलढुंगाका जिल्ला सदस्य श्री नेत्रबहादुर नेम्वाङ लाई यहि मिति २०६९/२/२४ गते राति एमाले जिल्ला पार्टर्ीीार्यालय, ओखलढुङ्गामा पहिचानसहितको संघियता विषयमा बहस भईरहेको समयमा एमालेभित्रका पहिचानसहितको संघियता विरोधी एमाले जिल्ला कमिटी सदस्य मावर सुनुवार लगायतका पार्टर्ीीार्यकर्ताहरुले नियोजित एवं योजनाबद्ध ढंगले सांघातिक आक्रमण गरी सख्त घाइते बनाइएको घट्ना प्रति Read More

एमाले समर्थित आदिवासी जनजाति नेताहरुको माग तर कोइँचबन्न नसेका सुनुवार एमाले नेता भने मौन

वर्तमान परिस्थितिका सम्वन्धमा हाम्रो मत

१. विषय प्रवेश
छ दशक लामो जन संघर्ष एवम् ०६२/०६३ सालको शान्तिपूर्ण जनक्रान्तिका माध्यमबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अहिले देश सामन्तवादवाट पूँजीवादतर्फ, एकात्मक राज्यवाट संघात्मक राज्यतर्फ संक्रमण गरिरहेको छ भने संविधानसभाको प्रथम वैठकले देशमा गणतन्त्र संस्थागत गरिसकेको छ । यस युगान्तकारी परिवर्तनको ऐतिहासिक मोडमा हामीले पार्टीको आठौै राष्ट्रिय महाधिवेशन आयोजना गरी पार्टीको नयाँ कार्यदिशा, नीति र सिद्धान्तहरू अगाडि सारेका थियौं । यस महाधिवेशनले जनताको बहुदलीय जनवादले अघि सारेको राज्य प्रणालीलाई एकात्मकबाट सङ्घीय प्रारूपमा ढाल्नुका साथै परम्परागत लोकतन्त्रको सट्टा समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई पनि जनताको बहुदलीय जनवादको अभिन्न अंग बनाएको थियो । चालु जनक्रान्तिका तीन मुख्य उपलब्धीहरू ः सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतालाई संस्थागत गर्दै जनक्रान्तिलाई पूर्णतामा लानु पर्दछ र यस व्यवस्थालाई समाजवादतर्फ उन्मुख गराउनु पर्दछ भन्ने कुरामा हाम्रो निरन्तर प्रतिबद्धता थियो । त्यसको लागि मुलुकको सामाजिक–आर्थिक रूपान्तरण सहित राज्यको समग्र पुनर्संरचना हुनु पर्दछ भन्ने हाम्रो दुष्टिकोण रही आएको छ । तर मुलुक शान्तिपूर्ण जनक्रान्तिको ऐतिहासिक संक्रमणको अन्तिम चरणमा प्रवेश गरेको वखत हाम्रो पार्टीले आठौं महाधिवेशन र केन्द्रीय कमिटीका पटक पटकका निर्णयहरू विपरीत राज्यको पुनर्संरचनाको सन्र्दभमा उल्टो दिशा पक्रन पुग्यो । हाम्रो पार्टीले आठौैं महाधिवेशनका सही निर्णयहरू र संविधानसभा निर्वाचन घोषणापत्रमा जनता सामु गरिएका प्रतिबद्धताहरूको आधारमा नयाँँ संविधानका अन्तरवस्तुहरूको ठोस प्रस्ताव अगाडि नसारेको मात्र होइन, त्यसको ठीक विपरीत अडान राख्न पुग्यो । पार्टीको यस्तो नीतिले संविधानसभाको माध्यमवाट नयाँ संविधान जारी गर्ने हाम्रो बारम्बारको प्रतिबद्धतालाई निरर्थक वनाएको मात्र छैन, नेपाली जनताको छ दशक लामो संघर्षवाट प्राप्त संविधानसभालाई नै विघटन गराएको छ । Read More

सुनुवार सेवा समाज वाषिर्क साधारण सभा सम्पन्न

चुप्लु दामलोच
२४ जेठ, यालाखोम । सुनुवार सेवा समाजको २४ औं वाषिर्क साधारण सभा विभिन्न भावि नीति तथा कार्यक्रम पारित गर्दै भव्यरुपमा सम्पन्न भयो । सिन्धुली, झापा, सुनसरी, र्सलाही, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, ओखलढुँगा, रामेछाप जिल्लाबाट ८१ भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रममा दालकुमारी सुनुवारले आफु विमारी भएकोले आदिवासी सभासद सभा -ककस) ले तीन पार्टर्ीीई दिने भनिएको ज्ञापन-पत्रमा सही गर्न नसकेको स्पष्टीकरण दिएका थिए । तर उनलाई पार्टर्ीी हृवीप जारी गरेको हुँदा उक्त ज्ञापन पत्रमा सही नगरेको धारण कतिपयको छ । Read More

सुसेस वार्षिक साधारणसभाको बन्द सत्र शुरु

सुनुवार सेवा समाज केन्द्रीय समितिको वार्षिक साधारणसभाको दोस्रो सत्र भर्खरै शुरु भएको छ । यस क्रममा विभिन्न जिल्लाबाट आउनुभएका प्रतिनिधिहरुको आसनग्रहणको क्रम जारी रहेको छ ।
केही समयपश्चात बन्दसत्रको औपचारिक कार्यक्रम शुरुहुँदै छ ।

सुनुवार सेवा समाजको वाषिर्क साधारण सभा अहिले

सुनुवार सेवा समाजको वाषिर्क साधारण सभा अहिले सुनुवार सेवा समाजको भावनामा उद्घाटन भएको छ । विभिन्न जिल्ला गाउँबाट आएका प्रतिनिधिबाट सुनुवार सेवा समाजको प्रगति विवरण तथा भावी नीति कार्यक्रमसम्बन्धी विषयमा छलफल गरिँदै छ ।

सरकार तथा संविधान सभा तीन दलका नेताहरुको प्रा.लि. बनाएको तर्क

चुप्लु दामलोच
२१ जेठ, यालाखोम । आज अहिले कोइँच लगायत आदिवासी जनजातिहरुले मंगलबाजार पाटन दरबारक्षेत्रमा जनसभा तथा झाँकी प्रस्तुत गर्दै छ । नेपालको राजनीतिमा सरकार तथा संविधान सभा तीन दलका नेताहरुको प्रा.लि. बनाएको तर्क आदिवासी जनजातिको रहेको छ । यही कुराको पर्दाफास गर्न अहिले आदिवासी जनजाति नेताहरुले स्थानीयस्तरमा कार्यक्रम गर्ने भएको छन् । Read More

जलविधुत विकास तथा स्वतन्त्र पूर्व सुसुचित मञ्जुरीको अधिकार

सुनुवार डट ओआरजि समाचारदाता

२० जेठ, यालाखोम । कोइँच (सुनुवार)को पुख्र्यौली थलोको प्राकृतिक स्रोत माथिको नाङ्गो हस्ताक्षेप भएको विरुध्द एसियाको आदिवासीहरुको प्रतिनिधिमूलक संस्था एसियन इन्डिजिनिस पिपुल्स प्याक्ट थाइल्याण्ड बाट लिखु ४ को अध्यायन प्रतिवेदन प्रकाशित भएको छ । कोइँच बस्तीमा लिखु ५, खिम्ती २ जल विधत अर्को परियोजना अध्ययन क्रममा छ । यो अध्ययन सुनुवार सेवा समाज, लाहुर्निप र एआइपिपि लागि शंकर लिम्बु, भिम राईको बिशेष सल्लाह र निर्देशनमा कोइँचबु काःतिच (उत्तम) र रणवीर सुनुवारले गरेका छन् । अध्ययन रिर्पोट हेर्न यहाँ किल्क गर्नुहोस्