News
now browsing by category
सुनुवार सेवा समाज वाषिर्क साधारण सभा सम्पन्न
चुप्लु दामलोच
२४ जेठ, यालाखोम । सुनुवार सेवा समाजको २४ औं वाषिर्क साधारण सभा विभिन्न भावि नीति तथा कार्यक्रम पारित गर्दै भव्यरुपमा सम्पन्न भयो । सिन्धुली, झापा, सुनसरी, र्सलाही, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, ओखलढुँगा, रामेछाप जिल्लाबाट ८१ भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रममा दालकुमारी सुनुवारले आफु विमारी भएकोले आदिवासी सभासद सभा -ककस) ले तीन पार्टर्ीीई दिने भनिएको ज्ञापन-पत्रमा सही गर्न नसकेको स्पष्टीकरण दिएका थिए । तर उनलाई पार्टर्ीी हृवीप जारी गरेको हुँदा उक्त ज्ञापन पत्रमा सही नगरेको धारण कतिपयको छ । Read More
सुसेस वार्षिक साधारणसभाको बन्द सत्र शुरु
सुनुवार सेवा समाज केन्द्रीय समितिको वार्षिक साधारणसभाको दोस्रो सत्र भर्खरै शुरु भएको छ । यस क्रममा विभिन्न जिल्लाबाट आउनुभएका प्रतिनिधिहरुको आसनग्रहणको क्रम जारी रहेको छ ।
केही समयपश्चात बन्दसत्रको औपचारिक कार्यक्रम शुरुहुँदै छ ।
सरकार तथा संविधान सभा तीन दलका नेताहरुको प्रा.लि. बनाएको तर्क
चुप्लु दामलोच
२१ जेठ, यालाखोम । आज अहिले कोइँच लगायत आदिवासी जनजातिहरुले मंगलबाजार पाटन दरबारक्षेत्रमा जनसभा तथा झाँकी प्रस्तुत गर्दै छ । नेपालको राजनीतिमा सरकार तथा संविधान सभा तीन दलका नेताहरुको प्रा.लि. बनाएको तर्क आदिवासी जनजातिको रहेको छ । यही कुराको पर्दाफास गर्न अहिले आदिवासी जनजाति नेताहरुले स्थानीयस्तरमा कार्यक्रम गर्ने भएको छन् । Read More
जलविधुत विकास तथा स्वतन्त्र पूर्व सुसुचित मञ्जुरीको अधिकार
सुनुवार डट ओआरजि समाचारदाता
२० जेठ, यालाखोम । कोइँच (सुनुवार)को पुख्र्यौली थलोको प्राकृतिक स्रोत माथिको नाङ्गो हस्ताक्षेप भएको विरुध्द एसियाको आदिवासीहरुको प्रतिनिधिमूलक संस्था एसियन इन्डिजिनिस पिपुल्स प्याक्ट थाइल्याण्ड बाट लिखु ४ को अध्यायन प्रतिवेदन प्रकाशित भएको छ । कोइँच बस्तीमा लिखु ५, खिम्ती २ जल विधत अर्को परियोजना अध्ययन क्रममा छ । यो अध्ययन सुनुवार सेवा समाज, लाहुर्निप र एआइपिपि लागि शंकर लिम्बु, भिम राईको बिशेष सल्लाह र निर्देशनमा कोइँचबु काःतिच (उत्तम) र रणवीर सुनुवारले गरेका छन् । अध्ययन रिर्पोट हेर्न यहाँ किल्क गर्नुहोस्
पर्ूव आदिवासी जनजाति सभासद्सभा (ककस) को प्रेस विज्ञप्ती
र्सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अभिमतबाट गठन भएको विश्वमा नै नमूना मानिएको समावेशी र समानुपातिक प्रतिनिधित्व भएको संविधानसभा नेपालका तीन राजनीतिक दल र मधेशी मोर्चाका नेताहरुको अकर्मण्यता र प्रतिगामी अडानका कारण मृत घोषित भएको छ । Read More
वाच्पु शाँदार पिदारका केहि झलकहरु
ओखलढुंगा जिल्ला पोकलि गा.वि.स वाच्पुमा शाँदार पिदार यसपाली परम्परागत नभै सबै गाउँले मिलेर सुनुवार सेवा समाजको आयोजनामा चोखो शाँदार पिदार गरेका छन् । केहि झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos

