News
now browsing by category
छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आजबाट समाप्त
सुनुवार डट ओआरजी
असार २८ बाट शुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आज असार ३१ मा टुङगीएको छ । कोइँच (सुनुवार) द्वुरा निर्देशित क्योङ , भूमे , अ वल्र्ड लस्ट इन अ हेज अफ स्मोक र चुडामणी सुनुवार द्वुरा अभिनित सुम्निमा आज असार ३१ गते महोत्सवमा देखाइएको थियो भने सवि शिवानी सेकुवा कर्नरले कोइँच (सुनुवार)का खाना प्रदर्शन गरेको थियो। Read More
छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरु
सुनुवार डट ओआरजी
असार २८ बाट छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरु
भएको छ । महोत्सव राष्ट्रिय सभाग्रिहमा र पर्यटन बोर्डमा चार दिन सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको सहभागीता रहेको छ । महोत्सवमा विभिन्न विषयमा गोष्ठी, हस्तकला, पुस्तक तथा खाना प्रदर्शन गरिएको छ ।
देशव्यापी मानवअधिकारकर्मी परिचालित
चुप्लु दाम्लोच
२२ असार, यालाखोम । अहिले देशव्यापी आदिवासी जनजातिको मानव अधिकारकर्मी प्रतिरक्षकहरु परिचालन भएका छन् । नेपालका आदिवासीहरुको मानव अधिकारकर्मी वकिल समूह, (लाहुर्नीप) ले गत वर्ष Read More
संघीय विरोधीहरु नै पहिचान विरोधी हुन् : बाहुनले जे निर्णय गर्दा पनि जातिवादी हुँदैन
चुप्लु दाम्लोच
२१ असार, यालाखोम । यो देशका बाहुनहरु सबै पार्टीका सिर्सा नेता हुनु नै संविधान सभा विगठन भयो । जात एउटै भएको हुँदा कुरा मिल्यो । बाहुनहरु म्युजिकल चेयर रेस खेले जस्तै पालो गर्दै नेपालको राजनीति गरे – नेपाली काङ्ग्रेसका आदिवासी नेता इन्द्रबाहादुर गुरुङ्ले । Read More
सुनुवार सेवा समाजका अध्यक्षको राजिनामा
चुप्लु दाम्लोच
२० असार, यालाखोम । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले पहिचानसहितको संघीयताको पक्षमा पार्टीले साथसहयोग र भूमिका नखेलेको भन्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो पदबाट राजीनामा दिएका छन् । सुनुवार सेवा समाजले बोकेको एजेण्ड पहिचानको राजनीति भएको तर आफुले आस्था राखेको पार्टीले त्यस एजेण्ड -मुद्दा) लाई बोक्न नसक्ने भएको हुँदा राजीनामा दिएको बताएका छन् । Read More
आदिवासी जनजाति राजनीतिक सम्मेलनको आजबाट
चुपलु दामलोच
२० आसार, यालाखोम । आदिवासी जनजाति राजनीतिक राष्ट्रिय सम्मेलन आजबाट एस आर पार्टी प्यालेस धुम्बाराहीमा शुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपालका आदिवासीहरुको वकिल समूह -लाहुर्निप), आदिवासी जनजाति गैर सरकारी संस्था महासंघ -एनजिओ फोनिन), निवर्तमान आदिवासी सभासद -ककस) को संयुक्त आयोजनामा भएको राजनीतिक सम्मेलनमा वर्तमान संरचनाको ७५ Read More
लिखु ४ जलविद्युत परियोजनामा एक बालकको मृत्यु दुइ घाइते
चुप्लु दामलोच
१७ असार, रागिन । लिखु ४ जलविद्युत परियोजनाको टेक्टरले किच्दा एक बालक घटनास्थलमै मृत्यु भएको छ भने दुइ बालक सक्त घाइते भएका छन् । घाइते बालकलाई ओम हस्पिटल चाबहिलमा उपचार गराइँदै छ । आदिवासी जनजाति कोइँचको संस्था सुनुवार सेवा समाजले लिखु ४ जलविद्युत परियोजनाका बारेमा त्यसको नकारात्मक तथा सकारात्मक पक्षको बारेमा विस्तृत अध्ययन गर्दै आदिवासी जनजातिको पूर्व सूसुचित जानकारी सहित परियोजनामा सहभागिता नभएको दाबी गर्दै असहमति जनाइ सकेको छ । अहिले रगनीमा बाटोमा लाश राखिएको छ । दाहसंस्कार गरिएको छैन । Read More
