All about Sunuwar

आदिवासी जनजाति राजनीतिक सम्मेलनको आजबाट

चुपलु दामलोच
२० आसार, यालाखोम । आदिवासी जनजाति राजनीतिक राष्ट्रिय सम्मेलन आजबाट एस आर पार्टी प्यालेस धुम्बाराहीमा शुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपालका आदिवासीहरुको वकिल समूह -लाहुर्निप), आदिवासी जनजाति गैर सरकारी संस्था महासंघ -एनजिओ फोनिन), निवर्तमान आदिवासी सभासद -ककस) को संयुक्त आयोजनामा भएको राजनीतिक सम्मेलनमा वर्तमान संरचनाको ७५ जिल्लाका नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका पदाधिकारी, विभिन्न आदिवासी जनजातिको प्रतिनिधिमूलक संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिका पार्टीमा आवद्ध राजनीतिकर्मी, पर्ूर्रव, आदिवासी जनजाति मानवाधिकारकर्मी तथा आदिवासी जनजातिलाई लक्षित गरी सञ्चालित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता थियो । यस राजनीतिक सम्मेलनमा राजकुमार लेखि थारु, आङ्काजी किसान शेर्पा, बमकुमारी बुढा, खगेन्द्र माखिम, ज्योति दनुवार, पासाङ शेर्पा, डा. चैतन्य सुब्बा र डा. कृष्ण भट्टाचन सम्मिलित अवधारणापत्र तयारी कार्यदलले तयार परेको आदिवासी जनजाति राजनितिक सम्मेलन अवधारणा पत्रलाई, डा. कृष्ण भट्टाचन र डा. चैतन्य सुब्बाले प्रस्तुत गरेका थिए । (हेर्नुस् विस्तृत अवधारण पत्र  http://www.durdaa.com/?p=569 )सम्मेलन भोलिसम्म हुने छ । दुर्इ दिने बृहत सम्मेलनपछि वृहत् छलफलबाट निस्को निस्कर्षलाइ समेटेर भोलि आदिवासी जनजाति सम्बन्धि एक राजनीतिक घोषणपत्र जारी गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *