All about Sunuwar

देशव्यापी मानवअधिकारकर्मी परिचालित

चुप्लु दाम्लोच
२२ असार, यालाखोम । अहिले देशव्यापी आदिवासी जनजातिको मानव अधिकारकर्मी प्रतिरक्षकहरु परिचालन भएका छन् । नेपालका आदिवासीहरुको मानव अधिकारकर्मी वकिल समूह, (लाहुर्नीप) ले गत वर्ष विराटनगरमा देशव्यापी भेला गरी विभिन्न पेशामा संलग्न तथा आदिवासी जनजाति मुद्दामा प्रतिवद्ध आदिवासी जनजातिहरुलाई मानव अधिकार सम्बन्धी प्रशिक्षण दिएर २५ जना आदिवासी जनजाति मानव अधिकार प्रतिरक्षकहरु चयन गरी परिचालन गरेको थियो । आज भएको देशव्यापी प्रतिरक्षक भेलामा विभिन्न आदिवासी जनजातिको प्रतिनिधिमूलक संस्थाका प्रतिनिधि र मानवअधिकार प्रतिरक्षक वीच छलफल र मानव अधिकारको उलङ्घन वारे छलफल भएको थियो । लाहुर्निपले एसियन इन्डिजिनिअस पिपुल्स प्याक्टसँग मिलेर यो कार्य गरिरहेको छ । यस कार्यबाट विस्तारै आदिवासी जनजातिका मानव अधिकार कसरी हनन् भएको छ – के, कति मानव अधिकार हनन् भएको छ – कुन कुन जातिले आदिवासी जनजातिको मानवअधिकार हनन् गरेका छन् भन्ने तथ्यहरु सङ्कलन भएको छ । विस्तारै अब आदिवासी जनजातिको अधिकार हनन् भएका तथ्यहरु अन्तराष्ट्रियस्तरबाट उठन हुने भएको छ । सुनुवार सेवा समाज, लाहुर्निप र एआइपिपिले प्राकृतिक स्रोत माथिको अधिकार कसरी हनन् भएको छ भन्ने प्रतिवेदन लिखु ४ जलविद्युत परियोजना र आदिवासी कोइँचको सरोकार भर्खरै थाइल्याण्डबाट प्रकाशित भई अन्तराष्ट्रियकरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *