All about Sunuwar

लिखु ४ जलविद्युत परियोजनामा एक बालकको मृत्यु दुइ घाइते

चुप्लु दामलोच
१७ असार, रागिन । लिखु ४ जलविद्युत परियोजनाको टेक्टरले किच्दा एक बालक घटनास्थलमै मृत्यु भएको छ     भने दुइ बालक सक्त घाइते भएका छन् । घाइते बालकलाई ओम हस्पिटल चाबहिलमा उपचार गराइँदै छ । आदिवासी जनजाति कोइँचको संस्था सुनुवार सेवा समाजले लिखु ४ जलविद्युत परियोजनाका बारेमा त्यसको नकारात्मक तथा सकारात्मक पक्षको बारेमा विस्तृत अध्ययन गर्दै आदिवासी जनजातिको पूर्व सूसुचित जानकारी सहित परियोजनामा सहभागिता नभएको दाबी गर्दै असहमति जनाइ सकेको छ । अहिले रगनीमा बाटोमा लाश राखिएको छ । दाहसंस्कार गरिएको छैन । पुतलीसडक अबस्थित ग्रीन भेर्न्चर्स प्रा.लि. प्रति स्थानीय जनताको विश्वास छैन । यसैले क्षतिपूर्ति मात्र होइन कम्पनीले भावी दिनमा पनि त्यस्तो लापरबाही नगर्ने प्रतिवद्धता जनाउनु पर्ने बताएका छन् । कम्पनीका सुवास सङ्घाइ भने रगनीमा कुनै सम्झौता नहुने पीडित पक्ष काठमाडौंमा डाकेर उसको मागको सुनुवाइ गर्ने तर लाशको दाहसङ्स्कार गर्नु पर्ने अड्डी लिएका छन् । सडकमा अडाएर राखेको टेक्टरलाई केटाकटीहरुले चढेर खेल्नेक्रममा सो घटना घटेको हो । डाइभरले सुरक्षा नअप्नाइ सडकमा टेक्टर पार्किङ गरेकोले यस्तो अप्रिय घटना घटेको हो ।
आदिवासी जनजातिको कोइँचको भूमिमा निर्माणाधिन सो जलविद्युतले कोइँचलाइ भने फाइदा भन्दा वेफाइदा गर्ने एक अध्यययन प्रतिवेदनले जनाएको छ । हाल बाबुराम भट्टाइले नेपाली सेना राखेर पनि परियोजना सम्पन्न गर्ने धम्की दिएका छन् । यो योजनाले एनेकपा माओवादी आदिवासी जनजातिको विरुद्धमा छ भन्ने बलियो प्रमाण पेश गरेको छ । राष्ट्रिय अन्तराष्ट्रिय कानुनले आदिवासी जनजातिको हक अधिकार सुनिस्चित गर्नुको साट्टो मानव अधिकार हनन् गर्ने देखिएको छ । एनेकपा माओवादी नाम मात्रको शोषित उत्पीडितहरुको पार्टी हो भन्नु दिउँसै रात पार्नु जात्तिकै हो । उत्पीडित शोषित कोइँचको मानव अधिकार सुरक्षित गर्नु भन्दा पनि भारतीय व्यापारीको संरक्षण गर्नु कसको लागि प्रधानमन्त्री बाबुरामले काम गरेका हुन् ? सबैले सोच्नु पर्ने भएको छ । यस घटनाले भावि दिनमा जटिल समस्या निम्ताउने सुनिस्चित भएको छ ।

4 Comments to लिखु ४ जलविद्युत परियोजनामा एक बालकको मृत्यु दुइ घाइते

  1. यो अत्यन्त दुखदायी घटना हो छेती पूर्ति ठुलो कुरा हैन तेहको एस्थानिया बासिन्दाहरु प्रति पटक पटक को एस्तो ज्यादती हामी साहना सक्दैनौ यो ग्रीन भेन्चर नामको कम्पनीलाई अलिकति तेहाका जनताहरुले आफ्नो परिचय गराउने पर्नेछ सार्बजानिक सुनुवाई मीतिंग लगायत कुनै पनि कार्यक्रम मा एसले ठुला ठुला गान्ने मान्ने लै मात्र बोलाएर सुटुक्क गर्ने अब तेहको युबाहरु नताते एसको ज्यादती निकै नै सहनु पर्ने हुन्छ सो सबै एकजुट भएर लड्नको लागि मा सबैमा आग्रह गर्दछु

  2. यो अत्यन्त दुखदायी घटना हो छेती पूर्ति ठुलो कुरा हैन तेहको एस्थानिया बासिन्दाहरु प्रति पटक पटक को एस्तो ज्यादती हामी साहना सक्दैनौ यो ग्रीन भेन्चर नामको कम्पनीलाई अलिकति तेहाका जनताहरुले आफ्नो परिचय गराउने पर्नेछ सार्बजानिक सुनुवाई मीतिंग लगायत कुनै पनि कार्यक्रम मा एसले ठुला ठुला गान्ने मान्ने लै मात्र बोलाएर सुटुक्क गर्ने अब तेहको युबाहरु नताते एसको ज्यादती निकै नै सहनु पर्ने हुन्छ सो सबै एकजुट भएर लड्नको लागि मा सबैमा आग्रह गर्दछु

  3. यस्ता घटना हरु भनेको कुरा भै राखने कुरा हरु हुन् विकासको क्रममा बिनास पनि हुन्छ तर तेहका अरु जनताले पाउने सुबिधा पाका छन् कि छैनन् भन्ने कुरा चै ठुलो कुरा हो र जति चाडो त्यो जोजना लाई सफल पर्न सक्यो तेती धेरै राम्रो कुरा हो एउटा सुनुवार बस्तीको आर्थिक संग पनि जोरियाको छ यो योजना न भय फेरी पनि हामी चाही १०० वर्ष पछि पर्ने कुरामा दुइ मत छैन…….

  4. यस्ता घटना हरु भनेको कुरा भै राखने कुरा हरु हुन् विकासको क्रममा बिनास पनि हुन्छ तर तेहका अरु जनताले पाउने सुबिधा पाका छन् कि छैनन् भन्ने कुरा चै ठुलो कुरा हो र जति चाडो त्यो जोजना लाई सफल पर्न सक्यो तेती धेरै राम्रो कुरा हो एउटा सुनुवार बस्तीको आर्थिक संग पनि जोरियाको छ यो योजना न भय फेरी पनि हामी चाही १०० वर्ष पछि पर्ने कुरामा दुइ मत छैन…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *