All about Sunuwar

संघीय विरोधीहरु नै पहिचान विरोधी हुन् : बाहुनले जे निर्णय गर्दा पनि जातिवादी हुँदैन

चुप्लु दाम्लोच
२१ असार, यालाखोम । यो देशका बाहुनहरु सबै पार्टीका सिर्सा नेता हुनु नै संविधान सभा विगठन भयो । जात एउटै भएको हुँदा कुरा मिल्यो । बाहुनहरु म्युजिकल चेयर रेस खेले जस्तै पालो गर्दै नेपालको राजनीति गरे – नेपाली काङ्ग्रेसका आदिवासी नेता इन्द्रबाहादुर गुरुङ्ले । त्यस्तै गरी पहिचानको मुद्दा छाड्ने जुनसुकै पार्टीसँग हाम्रो सहमति हुने छैन – हितमान शाक्यले भने । राज पुनःसंरचना तथा राज्य शक्ति बाँडफाँड समितिले पाँच पहिचानको आधार र ४ सामर्थ्यको आधार राखेर मिनि संविधान सभाबाट सर्वसम्मतिले पास गरेको कुरालाइ पनि तीन चार पार्टीका बाहुन नेताले उल्टाउने काम गरे । यो घटनाले बाहुनहरु आदिवासी जनजातिको अधिकार प्रति उत्तरदायी थिएनन् । – लोकेन्द्र विष्ट मगरले भने । अब नेपाली जनताको भाग्य निर्माण गर्ने थलो पेरिस डाँडा, सानेपा, बल्खु मात्र हो भन्ने भ्रम नपाले हुन्छ । अब हाम्रो भाग्य हामी आपै+m निर्णय गर्छौं । देशभरिका आदिवासी जनजाति चावहिलमा जम्मा भएर नयाँ राजनीतिक दलको लागि छलफल र बहस गरिरहेका छन् । हामी अब हाम्रै लागि लड्ने छौं । – मल्ल के सुन्दरले आफ्नो विचार राखे ।
आज इन्द्रेनी फुडल्याण्ड कम्प्लेकस, नयाँ बानेश्वरमा नेपाल मगर संघ, थारु कल्याणकारी सभा, नेपाल तामाङ घेदुङ, नेवाः देय दबु, किराँत राइ यायोक्खा, तमुहृयुल छोज धीँ, किराँत याक्थुम चुम्लुङ र नेपाल शेर्पा संघको संयुक्त आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको  शान्ति निर्माण परियोजना, जावलाखेल, ललितपुरको सहयोगमा आयोजित कार्यक्रममा घेदुङका अध्यक्ष कुमार योन्जनले वर्तमान राजनैतिक परिस्थिति, आदिवासी जनजाति अधिकारर दिगो शान्ति विषयक संवाद कार्यक्रमको विषय प्रवेश गरेका थिए । सो विषय प्रवेशमा वर्तमान विगठीत संविधान सभाको पुनःस्थापना पहिलो सर्त र त्यसो हुन सकेन भने निर्वाचनमा जानुको अर्को विकल्प नभएको धारण प्रस्तुत् गरिएको थियो ।
अमिक शेरचन, पृथ्वी सुब्बा गुरुङ, रकम चेम्जोङ, झकबहादुर थापाले पनि बोल्नु भएको थियो भने प्रा. बालकृष्ण माबुहाङले सो भनाइको टिप्पणी गर्नु भएको थियो । कार्यक्रम सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *