News
now browsing by category
क्युइँतबु कल्याण कोषको सातौं वार्षिक साधारण सभा सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
भदौ २३ । कोइँच (सुनुवार) को विभिन्न थरीहरु मध्ये क्युइँतिचको प्रतिनिधिमूलक संस्था क्युइँतबु कल्याण कोषको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभामा गंगाबहादुर सुनुवार, मनोरमा सुनुवार, टिकाराम मुलिचले शुभकामना दिनु भएको थियो । संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको सो सभामा प्रमुख अतिथि सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले सबै कोइँचहरु एक भई कोइँच पहिचानको लागि लड्नु पर्र्ने बताउनु भयो ।
कोइँच परम्परागत विधिबाट उद्घाटन भएको सो कार्याक्रममा क्युइँतबु कल्याण कोषको नियमित प्रकाशन जत्नमुइँलि पनि सार्वजानिक गरिएको थियो । साथै सिन्धुली अमलेकी ८७ प्रतिशत अंक ल्याई कोइँच विद्यार्थीमा सर्वोत्कृष्ट विद्यार्थी प्रिया क्याःब सुनुवारलाई प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो ।
रिचमोण्ड नेपाली मेलामा किराँत सुनुवार सेवा समाज यूकेको सहभागिता ।
तमु धि एशोसियसन यूकेको आयोजनामा रिचमोण्ड एथलेटिक्स ग्राउण्ड, लण्डनमा २६ अगस्त २०१२को दिन हजारौ नेपालीहरुको सहभागितामा नेपाली मेला सम्पन्न भएको थियो । उक्त मेलामा किराँत सुनुवार सेवा समाज यूकेले आफनो भेष भूसामा ढोल, झ्याम्टा बजाउदै श्याँदर शिली प्रस्तुत गनेुका साथै कोइँच महिलाहरुले मार्चपास गरेका थिए । कार्यक्रममा जेनी सुनुवार र अभिशेक सुनुवारले नाच प्रतियोगीतामा भाग लिएका थिए । कार्यक्रमका झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos
केन्द्रीय तथ्याङ्क विभागद्वारा सुनुवार सेवा समाजसँग परामर्श
चुपलु दामलोच । केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना-२०६८ को तथ्याङ्कलाई अन्तिम तालिकीकरण गर्ने तयारीका क्रममा सुनुवार सेवा समाजलगायत दशनामी र कपडी जातिसँग विभाग निर्देशकले परामर्श लिइएको छ । उक्त छलफल कार्यक्रममा सङ्कलित तथ्याङ्कको प्र्रशोधन अन्तिम तयारीमा रहेकाले कसरी आफ्नो जाति वा समुदायको सही आँकाडा निकाल्न सकिन्छ र उक्त प्रशोधन कार्यका लागि सम्बन्धित जाति वा समुदायको प्रतिनिधि कसरी चयन गर्ने भन्ने बारेमा केन्द्रित रह्यो ।
राष्ट्रिय जनगणनामा गणकहरुले कतिपय स्थानहरुमा सही प्रश्न नसोधी आफूखुशी लगत भरेको र प्रश्न गर्दा पनि सही उत्तर नआएको भनी आफ्नै ढङ्गले तथ्याङ्क फाराम भरेको हुनाले लगतमा सोधिएका प्रश्नहरुको जवाफ गणकले टिप्दा आएका भिन्नतालाई कसरी समाधान गर्न सकिन्छ भन्ने परामर्शसहित अन्तिम प्रशोधनमा सम्बन्धित प्रतिनिधिको चयनका बारेमा छलफल भयो ।
राष्ट्रिय जनगणना-२०६८ मा सुनुवार सेवा समाजले विभिन्न जिल्लाहरुमा जनगणनासम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउन किङलो चुप्लु रेडियो उपत्यका काठमाडौं तथा हजुरको रेडियो रामेछापबाट जनचेतनामूलक प्रचार सामाग्रीहरु प्रसारण गरिएको थियो ।
उक्त परामर्श कार्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवार प्रथम उपाध्यक्ष रनबीर सुनुवार र संस्कृति तथा अनुसन्धान विभाग प्रमुख उत्तमकुमार सुनुवारको उपस्थिति रहेको थियो ।
सुनुवार सेवा समाजले जनसंख्या तथ्याङ्क प्रशोधनका लागि केन्द्रीय तथ्याङ्क विभागलाई विभिन्न बुँदागत जानकारीसहित ज्ञापनपत्र बुझाएको थियो ।
निर्वाचित भक्तपुर जिल्ला समिति पदाधिकारी तथा सदस्याहरु
सुनुवार डट ओआरजि समाचारदाता
यालाखोम, भाद्र ८ । सुनुवार सेवा समाज, भक्तपुर कार्य समिति दोस्रो जिल्ला अधिवेशन समापन भएको छ । कार्यक्रमा प्रमुख अथिति मन प्रसाद सुनुवार, सभापति गंगा सुनुवार हुनुहुन्थ्यो भने अथितिमा टिकाराम मुलिचा, लोकप्रिय सुनुवार, रनबिर सुनुवार, भुपेन्द्र सुनुवार, गोपाल सुनुवार, चन्द्र प्रकाश सुनुवार (शाङखु), मनोज सुनुवार हुनुहुन्थ्यो । अधिवेशनबाट सर्वसम्मति निम्नानुसार पदाधिकारी तथा सदस्याहरु निर्वात भएका छन् ।
१. अध्यक्ष ः गंगा बा. सुनुवार
२. उपाध्यक्ष ः बीर बा. सुनुवार
३. सचिव ः सुदिप सुनुवार
४. सहसचिव ः दुर्गा माया सुनुवार
५. कोषाध्यक्ष ः केवलमान सुनुवार
सदस्यहरु ः Read More
ओखलढुङ्गाका १८ औं बिश्व आदिवासी दिवस कार्यक्रमका झलकहरु
ओखलढुङ्गाका आदिवासी जनजातिले मनाएका १८ औं बिश्व आदिवासी दिवस कार्यक्रमका झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos
ओखलढुङ्गा जिल्ला समिति सुनुवार सेवा समाजको दोश्रो जिल्ला सम्मेलनका झलकहरु
ओखलढुङ्गा जिल्ला समिति सुनुवार सेवा समाजको दोश्रो जिल्ला सम्मेलनका झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos
ओखलढुङ्गाका आदिवासी जनजातिको शक्ति पर््रदन
१८ औं आदिवासी दिवसको अवसरमा पहिलो पटक ओखलढुङ्गाका आदिवासी जनजातिले शक्ति पर््रदन गरे । यो ऐतिहासिक आदिवासी दिवस मनाउन वल्लो किरात संघीय राज्य परिषद तथा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषदका सदस्य वल्लो किरात संघीय राज्य परिषद तथा सुनुवार सेवा समाजका उपाध्यक्ष रणवीर सुनुवार पनि पुग्नु भएको थियो । ओखलढुङ्गा सिद्धीचरणको जन्मभूमि भनेर चिनिन्छ । रुम्जटारको राडीको नामले चिनिन्छ तर आदिवासी र्राई -बाहिङ, वाम्बुले, जेरुङ), कोइँच -सुनुवार) को आदिभूमि भनेर चिनिएको थ्एिन । हुन त यस जिल्लाबाट बलबहादुर, गोपाल, केसव र्राई, चन्द्रबहादुर, चम्पक सुनुवार नीति निर्माण तहमा नपुगेका पनि होइनन् तर उनीहरुले कहिल्यै आदिवासी जनजातिको केही काम गरेनन् । ओखलढुङ्गा जिल्लाको नाम समेत कपोलकल्पित नाम हुँदा हुँदै पनि चुपचाप बसे । वास्तवमा असली आदिवासी नाम भनेको चुप्लु हो, थियो । तर यस वर्ष१८ औं आदिवासी दिवसको अवसरमा हजारौंका आदिवासी जनजातिहरुले हर्षोल्लास साथ आविदसी दिवस त मानाए सँग सँगै राजनीतिक पार्टीलाई ‘हामी आदिवासी जनजाति अब राजनीतिक पार्टीको पिछालग्गु भएर बस्दैनौं । आफ्नो अधिकार प्राप्तीको लागि जस्तो सुकै संघर्ष गर्न तयार छौं।’ भनेर शक्ति पनि प्रदर्शन गरे ।
आदिवासी जनजाति दिवस मनाउन विगतमा जिविस हल आधा पनि नभरिने अवस्था थियो भने यस वर्ष गोरुमारे भञ्जेङबाट कोइँच -सुनुवार), राइ, तामाङ, गुरुङ, पहरी, शेर्पा, भूजेलले आफ्नो साँस्कृतिक झाँकी प्रस्तुत् गर्दा ओखलढुङ्गा बजार -रामबजार देखि गणेशथानसम्म अटुट लर्कन थियो ।) ढाकेको थियो । प्रमुख अतिथि मनप्रसाद सुनुवारले नेकपा एमाले र नेपाली काङ्ग्रेसका दुवै नेता सुनुवार भए पनि उनीहरु आविदसी जनजातिको मानवअधिकार प्रति गम्भीर नभएको बताउनु भयो । अब आदिवासी जनजाति हुनको लागि आदिवासी जनजातिको पहिचानको लागि संघर्ष गर्ने र उनीहरुको अधिकारको लागि बोल्ने जो विचारले आदिवासी जनजाति हुनु पर्छ, अनुहारले मात्र आदिवासी जनजाति भन्नले पटक पटक धोका खाएकोले सबै विचार गर्नु पर्ने समय आएको छ । जातिय पहिचान सहितको संघीयता चाहने शक्तिहरुसँग मात्र आदिवासी जनजातिहरुले सहकार्य र मोर्चाबन्दी गर्ने छ भन्ने थप तर्क राख्नु भयो । अतिथि तमु हृयुला छोँ धिका उपाध्यक्षले पनि आदिवासी जनजातिहरु अब राजनीतिक शक्ति सञ्चय गरेर सडक तताउन लाग्नु पर्ने बताउनु भयो ।
