All about Sunuwar

News

now browsing by category

 

आर्थीक सहयोगको निम्ति हर्दिक अनुरोध ।

रामेछाप जिल्ला भूजि गा.वि.स वडा नं. ६ फास्तुनिवासी बर्ष२०की अन्जना सुनुवार घाँस काटने क्रममा साथीहरुले ढुंङगा लडाउदा भागने क्रममा भिरबाट लडी गम्भीर घाईते भएकोले हाल बीर आस्पतालमा उपचार गर्न वीर अस्पतालमा भर्ना भएकी छिन् । उक्त घटना कार्तिक १४ गते घटेको घाईतेकी आमा बुबाबाट जानकारी प्राप्त भएको छ  भने निज घाईतेलाई जिरीबाट रु १२००० तिरी एम्बुलेन्समा ल्याउनु परेकोले हाल उपचार खर्च पनि अभाव भनि सहयोगको निम्ति गुहार माग्नु भएकोले सुनुवार सेवा समाज केन्द्रीय समिति याँहहरुमा आर्थीक सहयोगको निम्ति हर्दिक अनुरोध गर्दछौं ।

आर्थिक सबलतातिर कोइँच जुर्मुराए

सुनुवार डट ओआरजि समाचारदाता । वर्षौंदेखि कोइँच (सुनुवार) हरु आर्थिकरुपले पिछाएका छन् । जसको कारण आफ्नो पुख्र्यौली भूमि वेचेर गर्जो टार्दै गर्दा अन्तमा घरवारविहिन भएर सुकुम्वासी भएको पनि सबै सामु छर्लङ्ग छ । यसरी पूख्र्यौली सम्पत्ती हुँदा हुँदै पनि आर्थिकरुपले विचलनमा पर्दै आएका कोइँचहरु अहिले आर्थिक उन्नतिको लागि एक जुट भएका छन् ।
भर्खरै सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. नामक वचत तथा ऋण सहकारी संस्था स्थापना गरेका छन् । जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौंमा दर्ता भएका संस्थाको कार्यक्षेत्र आम सुनुवारहरु दाजुभाई–दिदीवहिनीहरु बसोबास भएको स्थानहरु हुन् । हाल यस संस्थाको कार्यालय कोटेश्वरमा रहेको छ ।
च्याउसरी उम्रिएका सहकारी संस्थाहरु वीचमा अर्को एक सहकारी संस्था आउनु कुनै नौलो कुरा भने होइन तर पनि कोइँचहरुलाई मात्र लक्षित गरेर स्थापित वचत तथा ऋण सहकारी संस्था भएको हुँदा यसको महत्व विशेष खलको छ भन्छन् सहकारीका अध्यक्ष विश्वकिरण सुनुवार । कोइँचको पहिचानको लागि व्यवसाय गर्ने जुनसुकै कोइँचलाई ऋण दिन सकिने व्यवस्था रहेको वताउँदै यस संस्थाले अगामि दिनमा कोइँचलाई आर्थिक सवलता बनाउने ध्येय रहेको अध्यक्ष सुनुवारको भनाइ रहेको छ ।
उहाँ अगाडि थप्नुहुन्छ, ‘हामी कोइँचहरु गरिव होइनौं तर चाहिएको वेला ल त भनेर भने जति धन पनि निकाल्न सक्दैनौं । न हामी गरिब भन्न लायक छौं न त धनी । हामी मध्यम वर्गीय समुदाय भएको हुँनाले नै हाम्रो उन्नति हुन सकिरहेको छैनौं । ठूलो योजना बनाउँछौं ठूलो पुँजी हुँदैन । सानोतिनो काम गर्न मनै लाग्दैन । अहिलेको जमना भनेको व्यापार व्यवसायको हो । सधैं जागिर खाएर र पुख्र्यौली सम्पत्तिको तुजुकले जीवन निर्वाह गर्न सकिने अवस्था छैन । यसैले सबै कोइँचसँग छरिएर रहेको पैसालाई एकत्रित गरी ठूलो लगानी गर्नका लागि पनि यो सहकारीको जन्म भएको हो । सँगसँगै कोइँच युवायुवतीहरुको लागि स्वरोजगार तथा नयाँ जागिरको निर्माण गर्नु पनि हाम्रो लक्ष्य रहेको छ ।’

हार्दिक श्रद्धाञ्जली

सुनुवार डट ओआरजि तथा दुरदा डट कमका संस्थापक वृहस्पति सुनुवारका आदरणीय ससूरा ओखलढुङ्गा जिल्ला, रगनी गा.वि.स. वडा नं. ५, केर–वाका जनकबहादुर सुनुवारको यही आश्मिन २० गते असामायिक निधन भएको हुँदा सम्पूर्ण परिवारमा पर्न गएको दुःख पिडा प्रति समावेदना प्रकट गर्दै दिवांगत आत्मको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं ।
जन्म : २००५।
मृत्यु : २०६९।०६।२०
सुरज सुनुवार, सुनुवार डट.ओआरजि,
रणवीर सुनुवार क्युइँतबु कल्याण कोष,
समीर मुखिया, चुप्लु समाज,
कोइँचबु काःतिच, दुरदा डट कम

सहयोगको लागि हार्दिक अपील

भनिन्छ, मृत्यु शास्वत सत्य हो । हामीलाई पनि लाग्थ्यो मृत्यु त्रूmर भए पनि पीडक भने होइन । हजुर, लाउँ–लाउँ, खाउँ–खाउँ भन्ने उमेरमा अनावश्यक पीडा दिएर जबर्जस्ती मृत्यु संघारमा धकेल्न खोज्नु अवश्य पनि न्यायसंगत होइन । हो, यस्तै परिस्थितिको सिर्जना भएको छ रामेछाप जिल्ला प्रिती गाउँ विकास समिति वडा नं. ६ का बिलबहादुर सुनुवारको नाति लालबहादुर सुनुवारको छोरा वर्ष ३७ को गुणदास सुनुवारलाई । दुवै मिर्गौला पूर्णरूपमा क्षति भएका सुनुवारका विगत एक वर्षदेखि राष्ट्रिय मिर्गौला उपाचार केन्द्र वनस्थली काठमाडौंमा हप्ताको दुई दिन प्रति दिन
रु. ५,०००।– शुल्क तिरेर डाइलसिस गराइरहेका छन् । लामो समय महँगो उपचार गर्नु परेकोले थप उपचार तथा मिर्गौला प्रत्यारोपणको लागि आर्थिक अभाव भएको हुँदा आर्थिक सहयोग गरिदिन सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरिन्छ । इच्छुक शुभचिन्तकहरूले गुणदास सुनुवारको नाममा रहेको एनसिसि बैंक चाबहिलको खाता नं. ०६८३३१S मा सिधै सहयोग रकम जम्मा गर्न सक्नुहुने छ ।

चुप्लु समाज, सुनुवार डट ओआरजि, सुनुवार सेवा समाज, गुणदास सुनुवार सहयोग समिति । Click here for more detail

सुनुवार सेवा समाज काठमाडौं जिल्ला सम्मेलन सम्पन्न

सुनुवार डट ओआरजि समाचारदाता । १३ असोज । सुनुवार सेवा समाज काठमाडौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले गोपालबहादुर सुनुवार अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यकारिणी समितिको समेत निर्वाचन गरेको छ । सो समितिमा उपाध्यक्षमा मानबहादुर सुनुवार, सचिवमा उत्तमकुमार सुनुवार, सह-सचिव आषिश वाइ.सि. सुनुवार, कोषाध्यक्ष शोभा सुनुवार, सदस्यहरु प्रेम सुनुवार, यमराज सुनुवार, राज कुमार रापाचा, शोभा सुनुवार, पदम कुमारी सुनुवार, महेश सुनुवार, लक्ष्मी सुनुवार रहेकाछन् ।

सुनुवार सेवा समाजलाई हालसम्म प्राप्त सहयोग

सुनुवार डट ओआरजि समाचारदाता ।
भदौ २८ । सुनुवार सेवा समाज केन्द्रीय समितिलाई २०६८ सालदेखि हालसम्म रु. १०८००० (रु. एक लाख आठ हजार) सहयोग प्राप्त भएको छ । कटारी, उदयपुरका दलबहादुर सुनुवार हाल नयाँ बानेश्वर, जिआरयू ब्रुनाईमा कार्यरत, ले सभाहलको कुर्सी किन्न रु. ५०,००० (पचास हजार) सहयोग गर्नु भएको थियो भने अपुग रकम रगनी, ओखलढुंगाका डबिन सुनुवार, हाल अमेरिकन एम्वेसीमा कार्यरत, ले रु. १०,००० (रु. दश हजार), र गुप्तेश्वर, रामेछापका पोष्टबहादुर सुनुवार हाल अमेरिकन एम्वेसीमा कार्यरत, ले रु. १०,००० (दश हजार) सहयोग उपलब्ध गराउँनु भएको छ ।
त्यसैगरी नेपालको प्रमुख समस्या भनेको लोडसेडिङ हो । यसको निराकरणको लागि प्रेमकुमार सुनुवार (क्याबनाइलु), गुप्तेश्वर १, रामेछापका हाल व्रिटिश आर्मी युकेमा कार्यरत, ले संस्थामा इन्भर्टर किन्न रु. ३०,००० (तीस हजार) सहयोग गर्नु भएको थियो भने गोपालबहादुर सुनुवार भूजि २ रामेछाप हाल न्यु साकुरा अप्टिकल, ज्ञानेश्वरमा व्यवसाय गरीरहेको, ले रु. ६,००० (छ हजार) को सभाको लागि सिलिङ फ्यान सहयोग गर्नु भएको थियो । थप सिलिङ फ्यान राख्न श्याम सुनुवार (रिल्मा याअता), प्रिती ८ हाल तल्छीखेल ज्ञानचोकमा सविसिवानी सेकुवा कर्नर तथा धराने कालो बङ्गुर र कुखुराको मासु पसल व्यवासय सञ्चालन गर्दै आएका, ले रु. २००० (दुई हजार) सहयोग गर्नु भएको छ ।
यी नगद सहयोग गर्ने कोइँचको आलवा विभिन्न क्षेत्रबाट सरसहयोग गर्ने सम्पूर्ण कोइँच (सुनुवार) लाई हार्दिक साधुवाद प्रकट गर्दै सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले सम्पूर्ण पहिचानप्रेमी कोइँच एक ठाउँमा उभिन हार्दिक आब्हान पनि गर्नु भयो ।
यस वर्ष देखि आम कोइँच (सुनुवार) ले सुनुवार सेवा समाज लगायत आम कोइँच (सुनुवार) को चाडपर्व कहिले, कुन, कुन चाड पर्छ र धर्म, कला संस्कृति संरक्षणको लागि कस्को भूमिका के हुने ? र कोइँचको थर के कति छन् भन्ने कुराको दस्तावेजीकरण गरिएको हुँदा आम कोइँच (सुनुवार) लाभन्वित हुने पनि बताउनु भयो ।

पहिरोका कारण कोइँच विस्थापित : चुपचाप सरकारी निकाय

चुप्लु दाम्लोच
भदौ २४ । कोइँचको शुशुच थरीहरुको मुल वस्ती ओखलढुंगा पात्ले गा.वि.स. वडा नंं ८ को जेसेमा पहिरोको कारण आठ घर सुनुवार विस्थापित भएका छन् । भदौ ८ गते पहिरो गए पनि सरकारी निकायले कुनै उद्धार कार्य गरेको छैन । सुनुवार सेवा समाज पात्ले गाउँ समितिका अध्यक्ष लालबहादुर सुनुवारले जिल्ला प्रशासनले राहत दिन तथा उद्धारको लागि चाहिने भएकोले तस्वीर खिच्ने क्यामरा समेत नभएको प्रहरीले जनाएको छ ।
जिल्लामा राजनीतिक दलमा यज्ञराज सुनुवार तथा प्रदिप सुनुवार भए पनि सुनुवारले कुनै राहत पाएका छैनन् ।